प्रहरीद्वारा मोटरसाइकल सहित ७ लाख भन्दा बढीको मालसामान बरामद

नवलपरासी । पश्चिम नवलपरासी प्रहरीले भन्सार छली चोरी पैठारीमा गरी ल्याएको अन्दाजि ७ लाख २२ हजार ३० रूपैयाँ मुल्य बराबरको अवैध मालसामान जिल्लाका बिभिन्न स्थानबाट बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी मातहतका ईलाका प्रहरी कार्यालय बेलाटारी , गुठी परसौनी प्रहरी चौकी , भुजहवा प्रहरी चौकी गोबरहिया र प्रहरी चौकी गेर्मी लगायत खटिएका प्रहरी टोलीले काँचो सिम्रीक, युरिया मल , बोईलर कुखुरा , चिनी , कुर्ता सुरुवाल , प्लाष्टिक रेनकोट , कम्बल र भारतीय नम्बरको १ थान मोटरसाइकल लगायतका बिभिन्न किराना मालसामानहरू प्रहरीले बरामद गरेको हो ।

उक्त बरामद गरेको अवैध मालसामान तथा मोटरसाइकल आवश्यक कार्वाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले बताएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?