नवलपरासी । पश्चिम नवलपरासी प्रहरीले भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको अबैध सामान सहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार रामग्राम नगरपालिका वडा न.७ उजैनी स्तुपस्थितबाट जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी सहायक निरीक्षक शेर बहादुर थापाको कमाण्डमा खटि गएको टोलीले लु ४ प ४४०० नम्बरको मोटरसाइकल र चालक पाल्हीनन्दन वडा न. ५ गेर्मा बस्ने वर्ष ३७ को बिकाउ बानियाँ , भारतीय नम्बर पलेटको मोटरसाइकल यु.पी ५३ एच ३१९९ नम्बरको मोटरसाइकल चालक सोही ठाउँका वर्ष २२ को पिन्टु बानियाँ र यु.पी ५३ डि ४५७८ नम्बरको मोटरसाइकल चालक सोही ठाउँका वर्ष ३८ को रामजान शेखलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उक्त तीनवटा मोटरसाइकलमा सुर्ती सुपर पावर ३ क्विन्टल अवैध फेला परेपछि सामान सहित तीनवटै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिईएको हो ।
उक्त बरामद सुर्ती सुपर पावरको मुल्य ५ लाख ४० हजार बराबर र तीनवटै मोटरसाइकलको मुल्य ४५ हजार बराबर रहेको छ । नियन्त्रणमा लिईएको मोटरसाइकल र सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो ।























































































































































