काठमाडौं । समाजवादी मोर्चाको पहिलो बैठक जारी रहेको छ । आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा समसामायिक विषयमा छलफल जारी रहेको हो । बैठकमा मोर्चाको आगामी कार्ययोजनाबारे छलफल भइरहेको छ । बैठकमा प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दलगायत सहभागी छन् ।






























































































































































