 
                        काठमाडौं । प्रतिनिधिसभा बैठकको अवरोध हटेको छ । गत बुधबारदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेर एमालेले गर्दै आएको संसद अवरोध सोमबारबाट हटेको छ । आफ्नो अभिव्यक्तिबारे प्रधानमन्त्री प्रचण्डले जवाफ दिने तीन दलका शीर्षनेताहरुबीचको बैठकमा सहमति भएपछि संसदको गतिरोध अन्त्य भएको हो । अहिले प्रतिनिधिसभा बैठक चलिरहेको छ ।
 
         
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                

































 
                     
                     
                     
                     
                    
























































































































