अर्घाखाँची, २५ असार । राष्टिय स्वतन्त्र पार्टीका उपसभापति डोल प्रसाद अर्याल यतिवेला अर्घाखाँची गुल्मी तथा पाल्पा क्षेत्रमा राजनीतिक भेटघाटमा व्यस्त छन् ।हिजो बिहान बाट राजनीतिक भेटघाट तथा छलफल शुरु गरिरहेका अर्यालले हिजो दिनभर अर्घाखाँची जिल्लाका विभिन्न स्थानहरुमा छलफल तथा भेटघाट गरेका थिए भने हिजो मात्रै शतिगंगा नगरपालिका वडा नं. ५ जुकेनामा पार्टी कार्यालय उद्घाटन गरेका थिए ।हिजो दिनभर कपिलवस्तुको चार नम्वर, गोरुसिंगे सहित अर्घाखाँची जिल्लाको पत्थरकोट, भेडामारे, ठाडा जुकेना तथा सुपा देउरालीमा भेटघाट गरेका अर्याल आजपनि दिनभर भेटघाट तथा छलफलमै व्यस्त रहे ।
पार्टीका केन्द्रीय सदस्य अर्जुन अधिकारी र लुम्विनी प्रदेश समितिको टिम सहित अर्घाखाँची पुगेको अर्यालले आज बिहानै सन्धिखर्कमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सहभागी बन्दै जिल्ला पार्टी कार्यालयको उद्घाटन गरेका थिए । जिल्ला सम्पर्क कार्यालय उद्घाटन संगै अर्याल सहितको टोलीले आज सन्धिखर्क नगरपालिका वडा नं. ५ को वाङ्ला हुँदै छत्रदेवका विभिन्न वडाहरुमा भेटघाट गरेको पार्टीका अर्घाखाँची संयोजक हरिप्रसाद भुसालले जानकारी दिए ।उपसभापती ज्यू यतिवेला स्थानीय जनताको बस्ती बस्तीमा पुग्नुभएको छ । नेता भुसालले भने हिजो र आज अर्घाखाँचीमा व्यस्त रहनुभएका अर्याल भोली भने गुल्मी, पाल्पा हुदै काठमाण्डौ फर्कनुहुनेछ ।
सदस्यहरुसंग भेटघाटको क्रममा निस्किएका अर्यालले २४ गते साँझ सन्धिखर्क सदरमुकाममा पत्रकारहरुसंग भेटघाट कार्यक्रम समेत गरेका थिए । पत्रकार सम्मेलनमा अर्यालले जनता पार्टी परिवर्तन गरिहाल्ने भन्दापनि मत परिवर्तनको लागि तयार रहेको आफुले पाएको बताएका थिए । पत्रकारहरुको विचमा शिलिन रुपमा प्रस्तुत भएका अर्यालले आगामी निर्वाचनमा आफ्नो दलले दुई तिहाइको लक्ष्य बनाएको भएपनि सहज रुपमा बहुमत प्राप्त गर्ने दावी गरेका थिए ।
अर्घाखाँची जिल्लाबाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित टोप बहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल चलान भएको बेला भएको उपसभापतिको जिल्ला भ्रमणलाई अर्घाखाँचीमा चासोका साथ हेरिएको छ । उपसभापति अर्यालले उपनिर्वाचन भएपनि अर्घाखाँचीमा रास्वपाले जित निकाल्ने दावी गरेका थिए ।




























































































































































