बर्दगोरिया कलेजलाई नमुना कलेज बनाउछौं : अध्यक्ष कुँवर
वैज्ञानिक मिडिया प्रकाशित मिती :
शुक्रबार, साउन १२, २०८०
कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले बर्दगोरिया कलेजलाई यस क्षेत्रको नमुना कलेजको रुपमा स्थापित गर्ने बताएका छन । शुक्रबार बौनिया बजार व्यवस्थापन समितिको हलमा आयोजित त्रिभुवन बिश्वविद्यालयबाट मान्यता प्राप्त गरेको बर्दगोरिया कलेजको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले सो कुरा बताएका हुन ।
पालिकामा एक पछि अर्को महान कार्य तथा बिकास र समृद्धिको मार्गलाई अगाडी बढाउदै जानू भएका अध्यक्ष कुँवरले त्रिभुवन बिश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको बर्दगोरिया कलेजलाई आफ्नो आगामी ४ वर्षे कार्यकालमा यस क्षेत्रकै नमुना कलेजका रुपमा स्थापित गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन । कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले भने शिक्षा बिना मानसिको जीवन अन्धकारमय हुने हुदा पालिकाको शैक्षिक सुधारमा यहाँका शिक्षा प्रेमी तथा समाजसेवीको महत्त्वपूर्ण साथ सहयोग चाहिने समेत बताए ।
पालिका अध्यक्ष कुँवरले चालू शैक्षिकसत्रबाट सामुदायिक विद्यालयमा कक्षा १ देखि १० सम्म निशुल्क शिक्षा लागू गर्न सफल भएको बताउदै संचालनको तयारिमा रहेको बर्दगोरिया कलेजलाई नमुना कलेजका रुपमा स्थापित गरि ५० प्रतिशत सम्म शुल्क छुट गरि विद्यार्थी पढाउने आफ्नो रहेको बताए । अन्तमा पालिका अध्यक्ष कुँवरले भने यस बर्दगोरियाको बिकासका लागी सबै एकजुट भएर भएर अगाडी बढ्नुको बिकल्प छैन ,त्यसैले आफुले सबै पार्टीलाई समान र आपसी भाईचाराको रुपमा सम्बन्ध अगाडी बढाउदै गएको बताए ।
कलेज ब्यबस्थापन सनितिकी सदस्य पबित्रा जैसी गिरिको स्वागत मनतब्य संगै सुरु भएको कार्यक्रममा बिशिस्ट अतिथी पालिका उपाध्यक्ष गणेश राज गिरी ,पुर्व गाउपालिकाका अध्यक्ष वलिराम चौधरी ,वडा नम्बर १का वडा अध्यक्ष मिथुन गौतम ,मोहन्याल गाउपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष प्रेम बुढा ,नेपाली काङ्ग्रेसका कृष्ण बिस्ट,एमालेका मिलन ओलि ,नेकपा माओवादी केन्द्रका रुपक सुनार,रास्टिय स्वतन्त्र पार्टीका केशव भण्डारी ,रास्टिय प्रजातन्त्र पार्टी का नवीन जोशी ,बसन्त मुरारी नमूना माध्यमिक बिधालयका प्राधानाध्यापक भुमी प्रकाश बम ,बालकन्या माध्यमिक बिधालय ब्यबस्थापन समितिका अध्यक्ष हेमन्त जोशी ,बौनिया बजार ब्यबस्थापन समितिका अध्यक्ष अमरबहादुर बम ,कालिका ग्रामीण बिधुत सहकारी सस्थाका अध्यक्ष देवराज सिह स्वार लगायतका बक्ताले बर्दगोरिया कलेज लाई सबैले आ- आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा कलेजलाई सहयोग गर्ने सहयोगीदाता,बिशिस्ट सदस्य ,आजिवन सदस्य लाई सम्मान गरिएको थियो ।कार्यक्रमको संचालन कोशेली एफ.एम का प्रबन्ध निर्देशक लिलाजङ्ग शाहिले गरेका थिए ।
बरहथवा (सर्लाही), आँखा उपचार केन्द्र लालबन्दीलाई लायन्स क्लब इन्टरनेसनलले रु दुई करोडभन्दा बढीको आधुनिक उपकरण हस्तान्तरण गरेको छ । बुधबार एक औपचारिक कार्यक्रमबीच मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले केन्द्रलाई रु दुई करोड २० लाख २१ हजार ८६० बराबरको अत्याधुनिक उपकरण हस्तान्तरण गर्नुभयो ।
स्तरोन्नतिका...
कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. ३ मा बढ्दो लागुऔषध दुर्व्यसन तथा यस वडामा पटक–पटक भइरहेका आगलागीका घटनालाई नियन्त्रण र न्यूनीकरण गर्ने उद्देश्यले सल्लाह–सुझाव संकलनका लागि आज बुधबार वडास्तरीय आमभेला सम्पन्न भएको छ।
वडा कार्यालयको प्राङ्गणमा आयोजित उक्त आमभेलाको सभाध्यक्षता वडा अध्यक्ष मनऋषी...
काठमाडौँ, नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४७ रुपैयाँ २ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ५१ पैसा र बिक्रीदर...
न्युयोर्क, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणा माथि खेद जनाउदै चिन्ता व्यक्त गर्नु भएको छ । विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्तिरक्षा बजेटमा...
काठमाडौँ, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित समुदायबाट अत्यन्त न्यून उम्मेदवार रहेका छन् । नेपाली कांग्रेसले बझाङबाट सहमहामन्त्री प्रकाश रसाइली स्नेहीलाई मात्रै उम्मेदवार बनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट डडेल्धुरामा चक्र स्नेहीलाई र बर्दिया–२ बाट बाट विमला विकलाई उम्मेदवार बनाइएको छ ।...
काठमाडौँ, चालु आर्थिक वर्षको छ महिनामा प्रेस काउन्सिल नेपालमा एक सय ६३ उजुरी दर्ता भएका छन् । काउन्सिलका अनुसार आर्थिक वर्ष २०८२÷८३ को पुस मसान्तसम्म १६३ वटा उजुरी दर्ता भएका छन् । दर्ता भएका उजुरीमध्ये पत्रकार आचारसंहिताको प्रक्रियाबमोजिम पत्राचार भएपश्चात् ७७ वटा खण्डन सम्प्रेषण भएका,...
काठमाडौँ, यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...
धनुषा, मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...
मकवानपुर, बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...
ढोरपाटन (बागलुङ), हरेक वर्ष माघ ३ गते नाच्ने गरिन्छ पुतली नाच । पुतली नाचका लागि माघ २ गते साँझदेखि नै भल्कोट गाउँमा स्थानीयको चहलपहल हुने गर्छ । बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोट गाउँमा प्रचलनमा रहेको यो नाच सयौँ वर्ष पुरानो मानिन्छ । बाइसेचौबीसे राजाको पालादेखि...
लुम्बिनी, १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...
काँक्रेविहार (सुर्खेत), चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता आधारमा स्रोत सुनिश्चित गरेको जनाएको छ । चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १०९ वटा आयोजनाको स्रोत सुनिश्चितका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा बिल पठाए पनि हालसम्मा ८५ वटा...
कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा बढ्दो लागु पदार्थ दुव्र्यसन तथा पटक–पटक भइरहेका आगलागीका घटनालाई नियन्त्रण र न्यूनीकरण गर्ने उद्देश्यले वडास्तरीय भेला आयोजना गरिने भएको छ।
वडा क्षेत्रमा लागु पदार्थ सेवनका कारण सामाजिक समस्या बढ्दै जानुका साथै गाउँटोलमा आगलागीका घटना दोहोरिन...
गाईघाट (उदयपुर), भारत सरकारको सहयोगमा त्रियुगा नगरपालिका–१० बोक्सेमा बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ । तीन तलको २४ कोठे उक्त भवन निर्माणका निम्ति नेपालस्थित भारतीय राजदूतावासले रु चार करोड ८७ लाख प्रदान गरेको विद्यालयका प्राचार्य जङ्गबहादुर खड्काले राससलाई जानकारी दिनुभयो ।
नवनिर्मित भवनमा...
काठमाडौँ, वीर अस्पतालमा आकस्मिक कक्ष (शय्या) विस्तार गरिएको छ । अस्पतालका निर्देशक डा दिलीप शर्माले विरामीको चापलाई ध्यानमा राखेर २५ वटा आकस्मिक कक्ष विस्तार गरिएको जानकारी दिनुभयो । यसअघि तीस आकस्मिक कक्षबाट अस्पताल सञ्चालनमा थियो । “अस्पतालमा एउटै कक्षमा दुई दुई बिरामी राखेर उपचार गर्नुपर्ने...
कीर्तिपुर (काठमाडौँ), क्रिकेट सामग्री उत्पादनमा प्रख्यात भारतीय कम्पनी एस जीले नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एक वर्षका लागि सम्पूर्ण क्रिकेट सामग्री उपलब्ध गराउने भएको छ ।राजधानीलगायत देशका विभिन्न भागमा क्रिकेट सामग्री बिक्री वितरण गर्दै आएको हिमालयन विल्लोको सहजीकरणमा यो प्रायोजन भएको हो ।...
काठमाडौँ, एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...