 
                        कैलाली । राष्ट्रिय युवा संघ नेपालले कार्यकर्ता प्रशिक्षण अभियान देशैभर जारी छ । सोही अनुरूप शुक्रवार कैलालीको बर्दगोरिया गाउँपालिका र भजनी नगरपालिकामा प्रशिक्षण कार्यक्रम गरिएको छ ।
युवा संघ नेपाललाई सक्रिय र थप सशक्त बनाउँदै आगामी निर्वाचनको रणनीति निर्माण गर्न अभियान सञ्चालन गरिएको युवा सङ्घका केन्द्रीय सदस्य एवम् अभियानका उत्प्रेरक सुरेन्द्र शाही (विवेक) ले जानकारी दिए । युवा सङ्घको गाउँ तथा नगर कमिटी निर्माण गर्ने तत्पश्चात् हराउने प्रवृत्ति चलिरहेका बेला यो अभियान निकै सकारात्मक भएको र यसले निरन्तरता पाउनु पर्ने सहभागीहरूले बताएका छन् ।
 
         
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                



































 
                     
                     
                     
                     
                    



























































































































