कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा आगलागी हुँदा एक घर जलेर पुर्ण रूपमा नस्ट भएको छ । सोमबार साझ घरमा खाना पकाउने क्रममा एक्कासि आगलागी हुँदा वडा नम्बर ४ छतिवना टोल निवासी स्थानीय रामबहादुर भुलको घर जलेर पुर्ण रूपमा नस्ट भएको हो ।
सोमबार साझ ६ बजेतिर लागेको आगो दुई घण्टा पछि राती ८ बजे नियन्त्रणमा आएको थियो । आगलागी बाट घरमा भएको अन्न, भाडाकुडा ,घरमा राखेको नगद ६० हजार सबै जलेर नस्ट भएको पीडित परिवारले जनाएको छ ।
सडकबाट अलि टाढा रहेको र गाडी हिड्ने बाटो घरसम्म नहुदा आगलागी नियन्त्रणमा लिन स्थानीय र प्रहरीलाई समस्या भएको थियो ।


































































































































































