
कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को कार्यालय सचिबको जिम्मेवारी सम्हालेका मदन जोशीलाई स्वागत गरिएको छ । यसअघि सचिबको जिम्मेवारी सम्हालेकी दुर्गा ढुंगानालाई पालिका खटाइएपछि वडा नम्बर ६ को कार्यालय सचिबको जिम्मेवारी जोशीलाई दिइएको थियो ।
मंगलबार जोशीलाई वडा नम्बर ६ को कार्यालयमा स्वागत गरिएको हो । वडाका सदस्य धनशरा सुनारको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अथिती वडा अध्यक्ष रामकृष्ण डगौरा थारु रहनुभएको थियो । सो क्रममा सचिब जोशीलाई स्वागत गर्दै वडा अध्यक्ष थारुले वडाबासीको सेवा प्रवाहमा सक्रिय रूपमा लाग्न सुझाव दिए ।
स्वागत तथा सम्मान कार्यक्रममा नव नियुक्ति वडा सचिब जोशीले सेवा प्रबाहमा कुनै कमि हुन नदिने प्रतिबद्धता जनाए । जोशी साबिक बर्दगोरिया गाउँपालिकाको पञ्जिकरण शाखामा एम.आइ.एस. अपरेटर रहेका थिए । वडा सचिव र पञ्जिकरण शाखा प्रमुख जोशीले वैज्ञानिक मिडिया संग कुरा गर्दै पञ्जिकरण शाखा प्रमुख नआए सम्म वडा सचिव र शाखा प्रमुखकाे जिम्वारी सम्हालि रहने बताएका छन्।
कार्यालय सहयोगी रितु कुमारी चौधरीले स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रमको सञ्चालन बर्दगोरिया ६ नम्बर वडा सदस्य नेहा चौधरीले गरेकी थिइन ।