दानवीर सामुदायिक वनको भवन उद्घाटन

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर १ मा रहेको श्री दानविर सामुदायिक वन उपभोक्ता समुहले आफ्नो सामाजिक लेखा परिक्षण सार्वजनिक गरेको छ ।बिहिवार गाउँपालिका उपाध्यक्ष कमल साउँदको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सामुदायिक वनले आफ्नो ५ औं र छैटौं समाजिक लेखा परिक्षण सार्वजनिक गरेको हो।कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ को २ करोड ६६ लाख २२ हजार ३ सय ६६ आय, २ लाख ५४ हजार ८ सय ५५ व्यय । यस्तै आर्थिक वर्ष २०७८/०७९ को २६ लाख ८४ हजार ५ सय ६७ को आय, १० लाख ९४ हजार ५ सय ६० व्याय, र आर्थिक वर्ष २०७९/०८० को १२ लाख ६४,००० को आय र २२ लाख ६१ हजार ३ सय ६४ व्याय विवरण प्रस्तुत गरिएको थियो ।यस्तै आजनै कार्यक्रमका प्रमुख अतिथि कमल साउँदले उक्त दानविर सामुदायिक वनको निर्मित भवनको उद्घाटन समेत गरेका हुन । वडा नम्बर १ का वडा अध्यक्ष पिरम बुढाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नैसरा पुन मगरले गरेकी थिइन ।यस्तै सामुदायिक वनले आफ्नो पश्चिमेली कला संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यका साथ देउडा खेलको समेत आयोजना गरेको थियो । कार्यक्रममा देउडा कलाकार कृष्ण न्यौपाने र कल्पना खडकाको बेजोड घम्साघम्सी देउडा खेल भएको थियो। कार्यक्रममा आएका उपभोक्ताहरूको अनुसार दानवीर सामुदायिक वन उपभोक्ता समूहले आम्दानी भएको रकम सामाजिक क्षेत्रमा खर्च गर्दै आएको बताउँछन्। उक्त सामुदायिक वनले ढलापडा काठ, दाउरा, बिक्री गरेर आउने रकम सामाजिक क्षेत्रको विकासमा लगानी गरि उदाहरणिय काम , थालेको हो ।केही वर्ष अघि सामुदायिक वनले आफ्ना विपन्न १३६ घरधुरीका उपभोक्ताहरुको लागि आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले १० लाख बराबरको बाख्रा वितरण गरेको थियो ।भौगोलिक रुपले पिछडिएको मोहन्याल गाउँपालिकाको बिकास र समृद्धि तथा यहाँका स्थानीयको जीवन स्तरमा दानबिर सामुदायिक वनले पुर्याएको योगदान उच्च रहेको उपभोक्ताहरु बताउँछन् । यस सामुदायिक वनले यहाँको विकास र परिवर्तनका लागि गाउँमा सडक बाटो निर्माण देखि स्थानीयको जीवनमा सुधार ल्याउन र आर्थिक सवलीकरणका लागि गरेको योगदानले स्थानीय नागरिक ,उपभोक्ता तथा सरकारलाई समेत महत्त्वपूर्ण सहयोग पुग्दै आएको छ । दानविर सामुदायिक वनले आफ्ना उपभोक्ताको सहजताका निम्ति सडक बिस्तार, सडकमा होम पाइप राख्ने, बालबालिकाको शैक्षिक स्तरमा टेवा पुर्‍याउन अध्यतनरत सामुदायिक स्कुललाई आर्थिक सहयोग गर्दै आएको छ ।सामुदायिक वनको आफ्नै लगानीमा ५ किलोमिटर मोटरबाटो निर्माण गरेको छ । आम्दानीको ९ लाख रुपैयाँ लगानीमा पैदलमार्ग (गोरेटो बाटो) को मर्मत तथा स्तरोन्नति गरि मोटरबाटोको रूपमा विकास गरिएको सो सामुदायिक वनका कार्यबाहक अध्यक्ष कल्पना थापाले बताउनुभयो । सामुदायिक वनहरूले आफ्ना उपभोक्ताहरूलाई प्रतिघर ३ हजार रुपैयाँ बराबरको बिद्युत् मिटर वितरण गरि सकेको छ।समुदायस्तरमा वन उपभोक्ता समूहले वन विकास कार्यक्रमसंगै स्थानीय जनताको प्रत्यक्ष सरोकार र आवश्यकतालाई मध्येनजर गरि सार्वजनिक हित तथा विकास निर्माणकार्यमा प्राथमिकता दिएर लगानी गरिएको उहाँले बताउनुभयो ।भौगोलिक रूपले विकट रहेकोे मोहन्याल गाउँपालिका अन्तर्गतका ग्रामीण सुगम बस्तीमा अझैसम्म सडक सञ्जाल, बिजुली र खानेपानीको पहुँच तथा सुविधा विस्तार हुन सकेको छैन । सडक सुविधाको पहुँचबाट बन्चित सो वडामा आवतजावतमा सहजताका लागि स्काभेटरको प्रयोग गरि १० दिन लगाएर बाटो काट्ने, चक्लाचौडा बनाउने र केही वर्ष अघि सम्याउने कार्य गरिएको उपभोक्ता समूहले जनाएको छ ।२२६ हेक्टर क्षेत्रफलमा फैलिएको सो सामुदायिक वनले निर्माणाधीन सेतीलोकमार्ग सडक क्षेत्रभित्र पर्ने सडकले ओगटेको १ हजार २ सय ५० रुखहरु यसअघि कटानी गरेको थियो । २३ हजार ९ सय २२ क्युफिट काठ ठेक्कापट्टा प्रक्रियामार्फत बिक्रीवितरण तथा वन पैदावार गरि प्राप्त भएको २८ लाख आम्दानीमध्येबाट उक्त सडक निर्माणकार्यमा खर्च गरिएको उपभोक्ता समूहले जनाएको छ ।

 

१ सय ३६ घरधुरीका उपभोक्ताले सामुदायिकवनमा आबद्ध भएर विभिन्न रूपमा वनको कार्यक्रमबाट सेवा उपभोग तथा लाभ लिइरहेको उपभोक्ता समूहले जनाएको छ ।

 

विगत आर्थिक वर्षमा वडामा रहेका समुदायमा आधारित सरस्वती बालविकास केन्द्र, भृकुटी बालविकास केन्द्र र मोहन्यालमा माविमा २ लाख ४० हजार रुपैयाँ विद्यालयको शैक्षिक विकासका लागि नगद सहयोग गरिएको बताइएको छ । आधारभूत स्वास्थ्य इकाइकाे भवन निर्माणकाे लागी १० लाख सहयोग गरेको थियो।

 

सामुदायिक वनले वार्षिक कार्य योजनाअनुसार नै उपभोक्ता समूहको आम्दानीको २५ प्रतिशत रकम सामुदायिक वन विकास, ३५ प्रतिशत रकम स्थानीय गरीब विपन्नवर्गको उत्थानका लागि र बाँकी ४० प्रतिशत रकम सार्वजनिक हित तथा प्रशासनिक कार्यमा खर्च गर्दै आएको जनाएको छ । सोहीबमोजिम सामुदायिक वन विकास अन्तर्गत वन संरक्षणका लागि चोरीपैठारी, वन्यजन्तुको सिकारी, वन चरिचरण, आगलागी नियन्त्रणका नियमित प्रयास र रेखदेखका कार्य गरिएको सामुदायिक वन उपभोक्ता समूहकी सचिव नैसरा पुनले बताउनुभयो ।

 

त्यससंगै वृक्षारोपण, सीमा अतिक्रमण नियन्त्रण, पोथ्रा रुखविरुवाको जथाभावी फँडानी रोक्न नियमित अनुगमन र जनचेतनामूलक कार्यक्रम गरिएको सचिव पुनले बताउनुभयो ।

 

उहाँले यसवर्षको वार्षिक कार्ययोजना अन्तर्गत सामुदायिक वनको आम्दानीबाट स्थानीय बासिन्दाको मागअनुसार आवातजावतमा सहज पहुँच पुर्याउन उपभोक्ता समूहले निर्णय गरि बाटो निर्माणकार्य गरिएको बताउनुभयो ।

सामुदायिक वनको पहलमा गाउँसम्म मोटर सडकको विकास भएपछि स्थानीय बासिन्दामा खुसियाली छाएको थियो। सडकको स्तरोन्नतिले स्थानीयलाई आउजाउमा सहजता भएको स्थानीयहरुले बताए। मोटरबाटोको विकास भएपछि स्थानीय बजारसम्म आउजाउ गर्न र आफूहरूलाई दैनिक उपभोग्य सामग्री पिठ्युँमा बोकेर ल्याउनेलैजाने बाध्यता हटेको स्थानीयको भनाइ छ । ‘सडक नहुँदासम्म हामीले स्थानीय बजारबाट पैदल हिंडेर सामान ल्याउनुपर्ने बाध्यता थियो’, स्थानीयहरुले भन्नुभयो, ‘अब मालसामान ढुवानी र आउजाउमा धेरै सुविधा पुग्छ ।’

 

आम्दानीको रकम गाउँको शैक्षिक क्षेत्र ,सडक निर्माण तथा मर्मत खानेपानी ,विद्यालयको भौतिक पूर्वाधार विकास गर्न र विपन्न अवस्थाका उपभोक्ताको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि समेत खर्च गर्ने सामुदायीक वनका पदाधिकारीहरुले बताउनुभयो । समुदायस्तरमा वन उपभोक्ता समूहले वन विकास कार्यक्रमसंगै स्थानीय जनताको प्रत्यक्ष सरोकार र आवश्यकतालाई मध्येनजर गरि सार्वजनिक हित तथा विकास निर्माणकार्यमा प्राथमिकता दिएर लगानी गरिएको भनाई रहेको छ ।

 

वनको आम्दानी वनको विकास संगै सामाजिक क्षेत्रमा लगानी गरि उपभोक्ताको जिवबमा सुधारको कार्य थालनी गरिएको छ। उहाँले सामाजिक क्षेत्रमा वनको लगानीले स्थानीय उपभोक्तानै लाभान्वित हुँदै आएको उहाँले बताउनुभयो । उहाँले वन विकास ,वनको संरक्षण तथा सामाजिक क्षेत्रको वनको लगानीले उपभोक्ताले रोजगारी समेत पाउने गरेको बताउनुभयो ।

 

उहाँले सामुदायिक वनको आम्दानीले सवैभन्दा पहिलो प्राथमिकता वन विकास नै भएको सामुदायीक वनका पदाधिकारीहरुले बताए।

 

नेपालमा २२ हजार २ सय ६६ सामुदायिक वन उपभोक्ता समूह छन् । ती समूहले २२ लाख ३७ हजार ६ सय ७० हेक्टर क्षेत्रको वन व्यवस्थापन गरिरहेका छन् । कुल वन क्षेत्रमध्ये ३७ प्रतिशत सामुदायिक वनले ओगटेको छ । सामुदायिक वनमा २९ लाख ७ हजार ८ सय ७१ घरधुरी आवद्ध रहेको सामुदायिक वन उपभोक्ता महासंघले जनाएको छ ।

 

नेपालको वन क्षेत्र बढाउन सामुदायिक वनको उल्लेखनीय भूमिका छ । सामुदायिक वनको हरेक कार्यक्रम स्थानीय उपभोक्ताको हितलाई केन्द्रमा राखेर वन संरक्षण गरेको पाइन्छ । सामुदायिक वन स्थानीय उपभोक्ताको अभिभावकहुन सफल भएको छ । हरियाली र वन संरक्षण गरेर विकास गर्ने सकिन्छ भनेर समुदायिक वनको कामबाट सिक्न सकिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सवारी दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते

मध्यविन्दु (नवलपरासी),  नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–११ आश्रम चोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रवार साँझ धारापानीबाट दलदलेतर्फ आउँदै गरेको ग १ ज ५९३० नं को पिकअप भ्यान र विपरीत  दिशातर्फ जाँदै गरेको ग प्र ०४–००१ प ९१०६ नं को...

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

राँझा (बाँके),  बाँकेको खजुरा गाउँपालिका–३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशासनिक भवनको निर्माण अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाले यही माघ महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले बताउनुभयो । हालसम्म भवनको ८८ प्रतिशत निर्माणकार्य पूरा भइसकेको छ । समयमै काम...

अमेरिकन डलरको मूल्य बढ्यो

काठमाडौँ,  नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा तोकिएको...

राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

न्युयोर्क, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणा माथि खेद जनाउदै चिन्ता व्यक्त गर्नु भएको छ । विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्तिरक्षा बजेटमा...

काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने

काठमाडौँ,  नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिजुली कटौती गर्न लागेको हो ।काठमाडौँ उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाले राष्ट्रपति भवन शितल निवासको वितरण प्रणाली भूमिगत गर्ने...

भारतीय सहयोगमा विद्यालय भवन निर्माण

गाईघाट (उदयपुर), भारत सरकारको सहयोगमा त्रियुगा नगरपालिका–१० बोक्सेमा बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ । तीन तलको २४ कोठे उक्त भवन निर्माणका निम्ति नेपालस्थित भारतीय राजदूतावासले रु चार करोड ८७ लाख प्रदान गरेको विद्यालयका प्राचार्य जङ्गबहादुर खड्काले राससलाई जानकारी दिनुभयो । नवनिर्मित भवनमा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

गण्डकीमा मातृ स्वास्थ्यमा सुधार

गण्डकी,  नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षणको पछिल्लो प्रतिवेदनअनुसार गण्डकी प्रदेशमा संस्थागत प्रसूतिदर ८९ प्रतिशत छ । जुन राष्ट्रिय औसत ७९ प्रतिशतभन्दा बढी हो । सरकारले सन् २०३० सम्ममा संस्थागत प्रसूतिको दर ९० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । यसअनुसार गण्डकी प्रदेश उक्त लक्ष्यको नजिक रहेको...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षितः दुई दर्जन योजना अलपत्र

काँक्रेविहार (सुर्खेत),  चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता आधारमा स्रोत सुनिश्चित गरेको जनाएको छ । चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १०९ वटा आयोजनाको स्रोत सुनिश्चितका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा बिल पठाए पनि हालसम्मा ८५ वटा...

शिवशक्ति ग्रामीण विद्युत् सहकारीको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेपछि स्थगित

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डा तथा खैरेनी क्षेत्रमा अवस्थित शिवशक्ति ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेका कारण स्थगित गरिएको छ।   संस्थाले २०८२ साल नौ महिना २९ गतेका लागि वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गर्दै कुल...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

भारतीय सहयोगमा विद्यालय भवन निर्माण

गाईघाट (उदयपुर), भारत सरकारको सहयोगमा त्रियुगा नगरपालिका–१० बोक्सेमा बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ । तीन तलको २४ कोठे उक्त भवन निर्माणका निम्ति नेपालस्थित भारतीय राजदूतावासले रु चार करोड ८७ लाख प्रदान गरेको विद्यालयका प्राचार्य जङ्गबहादुर खड्काले राससलाई जानकारी दिनुभयो । नवनिर्मित भवनमा...

पर्वतमा ७३ जना ज्येष्ठ नागरिकले पाए निःशुल्क आँखाको ज्योति

पर्वत,  यहाँको कुश्मामा सञ्चालित निःशुल्क आँखा परीक्षण शिविरमा ५७४ जनाको परीक्षण गर्दा ७३ जनामा मोतिबिन्दुको समस्या देखिएको छ ।नेपाल नेत्रज्योति सङघ, हिमालय आँखा अस्पतालद्वारा लायन्स क्लब अफ हिमालय, कुश्मा र लायन्स क्लब अफ पर्वत अल्पेश्वरसँगका सहकार्यमा गत हप्ता यहाँ दुईदिने निःशुल्क आँखा परीक्षण शिविर...

प्रधानमन्त्री कप क्रिकेटको जिल्लास्तरीय छनोट सञ्चालन गर्न निर्देशन

बैतडी,  प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटको सुदूरपश्चिम प्रदेशको जिल्लास्तरीय छनोट प्रतियोगिता सञ्चालन गर्न निर्देशन दिइएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टका अनुसार जिल्ला छनोट प्रतियोगिता आज देखि आगामी माघ ११ गतेसम्म सम्पन्न गर्न सबै जिल्लाहरूलाई निर्देशन दिइएको हो । जिल्ला छनोट...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९