काठमाडौं, । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनको पुर्व प्रधानमन्त्री ली खछ्याङको निधनमा दुःख ब्यक्त गरेका छन । जनवादी गणतन्त्र चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङ निधनको दुखद खबरले गहिरो दुःख ब्यक्त गरेका हुन ।‘जनवादी गणतन्त्र चीनका पूर्व प्रधानमन्त्रीको निधनले नेपालले असल साथी गुमाएको छ,’ प्रधानमन्त्री प्रचण्डले समवेदना प्रकट गर्दै भनेका छन, ‘नेपाल सरकार र मेरो आफ्नै तर्फबाट उहाँको शोकसन्तप्त परिवार, सरकार र चीनका जनताप्रति गहिरो समवेदना।’ चीनका पुर्व प्रधानमन्त्री लीको हिजो सांघाइमा हृदयघातका कारण निधन भएको थियो ।

























































































































































