 
                        काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सम्मानमा आयोजित रात्रीभोजमा राप्रपा नेपालका अध्यक्ष कमल थापा नजाने भएका छन् । गए राती काठमाडौं आएका महासचिव गुटेरेसको सम्मानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयोजना गरेको रात्री भोजमा थाप नजाने भएका हुन । ‘संक्रमणकालिन न्यायका लागि यो सरकार गम्भिर छैन, उसैको निम्तोमा नेपाल आएको छ, त्यसमाथी हमास–इजरायल युद्धमा लाखौं निर्दोष मारिएका छन्, राष्ट्र संघ भनेको त ग्लोबल गर्भमेन्ट पनि हो, त्यसको नेतृत्वमा रहेको प्रमुख ब्यक्ति त्यताको मुद्धा छाडेर नेपाल आउनुको कुनै औचित्य देख्दिन्,’ थापाले भने, ‘त्यसैले प्रयोजन बिहिन भ्रमणमा आएका महासचिवको सम्मानमा आयोजित रात्रीभोजमा नजाने निर्णय लिएको छु ।’ उनका अनुसार महत्वपुर्ण मुद्धा छाडेर राष्ट्र संघका प्रमुख यसरी कुनै उपलब्धी हुन नसक्ने र औचित्यहिन भ्रमणमा आउनुले उनी विश्व शान्ति प्रति संबेदनशिल नदेखिएको सन्देश गएको छ । महासचिव गुटेरेसको सम्मान प्रधानमन्त्री प्रचण्डले आज बेलुकी सोल्टी होटेलमा रात्रीभोजको आयोजना गरेका छन् ।
 
         
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                































 
                     
                     
                     
                     
                    

























































































































