शनिबार जोशीपुर गाउँपालिका–३ बन्जरियास्थित शंकर सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको वार्षिक साधारणसभामा अध्यक्ष चौधरी प्रमुख अतिथि बनेका थिए । कार्यक्रम सकिएपछि उनले आफ्नो पदीय मर्यादा बिर्सेर एक महिलासँग अभद्र व्यवहार गरेका छन् । उनीहरु मदिरामा लठ्ठ भएर नृत्य गरिरहेको भिडियोमा देख्न सकिन्छ ।
अहिले उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा उनी मदिरा सेवन गरि अनियन्त्रित भएको देखिन्छ । उनको छेउमा एक महिला पनि मदिराको बोतल लिएर नाचिरहेकी छिन् । नाच्ने क्रममा अध्यक्ष चौधरीले ति महिलासँग गएर अंकमाल गर्छन् । जुन महिलालाई अध्यक्ष चौधरीलाई नै रमाइलो गराउन भन्दै कार्यक्रममा ल्याइएको खुलेको छ ।
ति महिलालाई सवडिभिजन वन कार्यालयका एक कर्मचारीले त्यहाँसम्म पुर्याएको खुलेको छ । गत स्थानीय तहको निर्वाचनमा अध्यक्ष चौधरी नागरिक उन्मुक्ति पार्टीबाट गाउँपालिकामा निर्वाचित भएका थिए ।
भिडियो हेर्नुहोस् :