काठमाडौं। राष्ट्रियसभा बैठक बस्दैछ । संङघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ । संङघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार बिहिवारको बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यहरूको कार्यभार तोकिएको सबन्धी पत्रहरूको ब्योहोरा जानकारी गराइने छ । साथै, बिधायन ब्यवस्थापन समितिका सभापति जयन्ती देवी राइले ‘बिधुतीय ब्यापार बिधेयक २०८०’ सबन्धी समितिको प्रतिबेदन सभा समक्ष पेश गर्ने कार्यसुचीमा उल्लेख गरिएको छ ।


























































































































































