कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं, १९ कार्तिक । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।बैठक आइतबार बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्  । केन्द्रीय समिति बैठक तत्काल बस्न सम्भव नभएको बेला कार्यसम्पादन समितिले आवश्यक

 

निर्णय लिन सक्ने विधानको व्यवस्था अनुसार कार्य सम्पादन समितिकाे बैठक बस्न लागेकाे हाे  ।कार्यसम्पादन समितिमा पदाधिकारी, पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्य छन्। बैठकमा कर्णालीमा गएको भूकम्प र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने कांग्रेसले जनाएको छ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?