राष्ट्रपति जाँदा जाजरकाेटमा राहात सामाग्री नै बितरण गर्न नपाएकाे खुलासा

जाजरकोट । भूकम्पबाट जाजरकोटवासी ठूलो पीडामा छन् । त्रिपालको सहारामा रात कटाउँदै आएका पीडितलाई गास र बासकै चिन्ता छ । भूकम्पले घरसँगै खाद्यान्न र कत्ताकपडा पुरिएका छन् । अधिकांश पीडितसँग एकसारो कपडाको भरमा छन् । पीडाको आहालमा डुबेका पीडितलाई खाद्यान्नसँगै लत्ताकपडाको ठूलो खाँचो छ । सहयोगी निकायले दिएको केही थान चामल र त्रिपाल मात्र पाएका छन् । परिवार र आफन्त गुमाएका नागरिकका आशु पुछिदिने कोही छैन । सरकारले घोषणा गरेको राहत सामग्री पीडितको हातमा पुगेको छैन ।

 

तर भीआइपी (राज्यका उच्च पदस्त)हरु भूकम्प पीडितको आँशुमा रमिता गरिरहेका छन् । भूकम्प गएकै भोलिपल्ट कार्यकारी नेतृत्व (प्रधानमन्त्री) नै घटनाको स्थलगत अनुगमन गरिसकेपछि पनि अनुगमनका नाममा भीआइपीको लस्कर रोकिएको छ । पीडितलाई तत्काल राहत दिनुको पु¥याउनुका सट्टा भीआइपीहरुले शक्ति प्रदर्शन जस्तै गरेर बेर्थको अनुगमन गरेर राज्य शक्ति र स्रोतको दुरुपयोग गरेका छन् ।

 

आतंक नै मच्चाउने गरी भीआइपीहरुले अनुगमनका नाममा स्वार्थको राजनीतिक गरेका छन् । जिल्लामा दिनहु भीआइपीको ओइरो लागेपछि प्रशासनिक निकायले सुरक्षा व्यवस्थापनमा कठिनाइ भएको छ । सिंगो प्रशासनिक निकाय नै भीआइपीको सुरक्षामा लागेपछि राहत वितरणमा ढिलाई भएको छ ।

पीडित ओत लाग्ने टेन्ट हटाएर राष्ट्रिपतिको स्वागत

 

भूकम्प पीडित ओत लाग्ने त्रिपाल उठाएर राष्ट्रिपति रामचन्द्र पौडेलको स्वागत गरिएको छ । मंगलबार भूकम्प प्रभावित क्षेत्रको अनुगमन गर्न राष्ट्रपति जाजरकोट आएका थिए । त्रिभूवन माविको प्राङ्गणमै राष्ट्रपति सवार हेलिकोप्ट बसाल्ने भएपछि त्यहाँ भूकम्प पीडित ओत लाग्न बनाइएका टेन्टहरु हटाउनु परेको थियो । राष्ट्रिपति आउनुअघि धुलो नउडोस भनेर प्राङ्गणमा पानी हालिएको थियो । तर थोरै भागमा पानी हालिएका कारण राष्ट्रिपति सवारी हेलिकोप्टरले पीडितका लागि पठाइएका राहत सामग्री धुलाम्य बन्न पुगे । सरकारलाई निर्देशन दिने बाहेक भूकम्प पीडितका लागि राष्ट्रपति स्वयमले केही पनि गर्न पाउँदैनन् । निर्देशन दिने वा जानकारी लिने काम राष्ट्रपतिले काठमाडौँमै बसेर गर्न सक्थे ।

राष्ट्रिपति आएपछि दिनभरी राहत ढुवानी रोकियो

राष्ट्रपति भूकम्प प्रभावित क्षेत्रमा आएपछि मंगलबार दिनभर राहत ढुवानी रोकिएको छ । राष्ट्रिपति प्रभावित क्षेत्रमा रहुन्जेल अर्काे हेलिकोप्टर स्टेन्टवाइ (उद्दारका लागि तयारी अवस्था) मै राख्नुपर्ने भएका कारण दुई वटै हेलिकोप्टरले राहत सामग्री ढुवानी गर्न पाएनन् । एउटा हेलिकोप्टरले राष्ट्रिपतिलाई घुमाउनु पर्ने र अर्काे हेलिकोप्टर स्टेनवाइ राख्नु पर्ने भएपछि मंगलबार दिनभर राहत सामग्रीको ढुवानी रोकिएको प्रशासनिक स्रोतले जनाएको छ । राष्ट्रपति नआएको भए मंगलबार सुर्खेत, नेपालगञ्ज र दाङबाट नेपाली सेनाले राहत सामग्री हेलिकोप्टरबाट बारेकोट, कुसे र नलगाडका प्रभावित क्षेत्रमा ढुवानी गर्ने कार्यतालिका थियो ।

 

राहत ढुवानी गर्ने हेलिकोप्टरमा नेताहरुको मस्ती
भूकम्पबाट बढी प्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिममा राहत सामग्री पुरयाउने कमाण्ड संघीय सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्रीले सम्हालिरहेका छन् । संकटको समयमा यही क्षेत्रकै नेता भएका कारण उपप्रधानमन्त्री खड्काले अभिभावकीय भूमिका निर्वाह गरिरहेका छन् । एक हिसावले भन्दा पीडित बस्तिमै राहत पुरयाउन ठूलो योगदान छ । प्रभावित बस्तिमा पुगेर अनुगमन गर्ने राहत नपुगेको भए तत्काल ठाउँका ठाउँ टेलिफोन गरेर राहत पुरयाउन निर्देशन दिँदै आएका छन् । राहत वितरण कै लागि उनी काठमाडौँ नगएर सुर्खेतबाट संघीय सरकारको कमाण्ड सम्हाली रहेका छन् । घाइतेको उद्दार र पीडित नागरिकको बस्तिसम्म राहत पुरयाउन नेपाली सेनाका सबै हेलिकोप्टरहरु सुर्खेतमै राखिएका छन् ।

 

दुर्भाग्य, राहतका लागि सुर्खेतमा राखिएका हेलिकोप्टरमा भने अनुगमनका नाममा नेताहरु मस्ति गर्न थालेका छन् । सोमबार मात्रै अनुगमनका नाममा नेताहरुले मस्ति गरेका छन् । प्रभावित क्षेत्रमा राहत पुरयाउनुको सट्टाको उपप्रधान मन्त्रीसहित, जलस्रोत उर्जा तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण जिसी, आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंह, नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही र नेपाली काँग्रेसका प्रदेश पार्टी सभापति ललितजंग शाही, नागरिक दैनिकमा कार्यरत नगेन्द्र उपाध्याय र कान्तिपुर टेलिभिजनमा कार्यरत देव रानाले शयर गरे ।

 

उनीहरु पीडित बस्तिमै नपुगेर नेताहरुले हेलिकोप्टरबाट नै प्रभावित क्षेत्रको अनुगमन गरे । जिल्ला सदरमुकामका कोही बस्तिमा स्थलगत अनुगमन गरेपनि रिम्ना, बारेकोट, कुसे र आठविसकोटमा हेलिकोप्टर बस्ने स्थानमै स्थानीयसँग राहत वितरण र प्रभावित नागरिकको जानकारी लिए ।

 

जुन अनुगमन कुनै पनि हिसावले आवश्यक थिएन् । बरु अनुगमनको सट्टा राहत सामग्री सम्बन्धित ठाउँमा पु¥याएको भए पीडितलाई केही राहत हुन्थ्यो । तर सोमबार दिनभर नेपाली सेनाको हेलिकोप्टर नेताहरुलाई प्रभावित क्षेत्रमा घुमाउनमै व्यस्त भयो । भलै सोही हेलिकोप्टरबाट रुकुमपश्चिमको आठविसकोटबाट सानोभेरी गाउँपालिका–४ का डाइमन्ड चन्दको उद्दार गरियो । भूकम्प परेर घाइते भएका उनको दाँया खुट्टा भाँचिएको थियो । आठविस अस्पतालमा खुट्टाको अप्रेशन सम्भव नभएपछि उनलाई उद्दार गरेर प्रदेश अस्पताल सुर्खेत पु¥याइएको हो ।

हेलिकोप्टर आतंक बन्द गर्न नगर प्रमुखको आग्रह
यता भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले भीआईपीहरुको हेलिकोप्टर आतंक बन्द गर्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयर घर्तीले विभिन्न बहानामा भेरी नगरपालिकाको आकाशमा हेलिकोप्टर आतंक बन्द गर्न आग्रह गरेका हुन् ।

 

उनले संविधानले व्यवस्था गरेको स्थानीय विपद् व्यवस्थापन समितिको अधिकार मिच्न नखोज्न पनि चेतावनी दिएका छन् । भेरी नगरपालिका सदरमुकामसमेत रहेको नगरपालिका हो । यहाँ दैनिक नेपाली सेनाको हेलिकप्टरमा भीआईपीहरु सवारले पीडितलाई राहत वितरणमा ढिलाई भएपछि उनले यस्तो आग्रह गरेका हुन् ।

 

उत्खनन्को पर्खाइमा छन् ११ सय घरधुरी
 

 

भेरी नगरपालिका ३ विश्वविक्रम शाहका ६ ओटा घर पूर्णरुपमा क्षति भएका भएका छन् । घरमा रहेका सम्पूर्ण धनसम्पक्ति पुरिएका छन् । भूकम्प गएको चार दिनसम्म पनि उनले पुरिएका सामान निकाल्न पाएका छैनन् । पुरिएको सामान निकाल्दिनका लागि प्रहरीलाई आग्रह गरेका छन् । तर जिर्ण घरमा जोखिम रहेका कारण प्रहरीले पनि सामान निकाल्न सकेको छैन । ‘घरमा रहेका होटल रिद्धि, डाँफे बिल्डर्स र डाँफे युवा क्लवका सम्पूर्ण सामग्री पुरिएका छन्’ उनले भने, ‘तर कसले निकाल्दिने ?’

भेरी नगरपालिका ३ माथिल्लो थाप्लेकी जानकी भण्डारीको पनि भूकम्पले घर पूर्ण रुपमा क्षति भएको छ । भूकम्प परेर दुई जनाको ज्यान गएको छ । घरसँगै पुरिएको सामानहरु उत्खनन् गर्न पाएकी छैन । ‘उत्खनन गरिदिएको भए केही सम्पत्ति जोखिन्थ्यो’ भण्डारीका छोरा किरणकुमार भण्डारी भने, ‘समयमै उत्खनन् नहुँदा सबै गुम्ने भयो ।’

विश्वविक्रम र जानकीको मात्र होइन जिल्लाभर ११ सय घरधुरी उत्खननको पखाइमा रहेका छन् । भूकम्पले क्षतिभएका आठ हजार ३ सय ३६ घरधुरीमध्ये एक हजार एक सय ७० घरहरु उत्खननको पखाइमा रहेको विल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख सन्तोष रोकाले बताए । जसमध्ये भेरी नगरपालिकामा ३ सय ४४ घर, नलगाड नगरपालिकामा २ सय, छेडागाडमा एकसय, कुशेमा ९५, बारेकोट गाउँपालिकामा १ सय ६०, शिवालयमा एक र जुनीचाँदेमा २ सय ७० पूर्ण क्षति भएका छन् । पूर्ण क्षति भएका सबै घर उत्खनन् गर्नुपर्ने अवस्थामा छन् ।

 

उत्खननका लागि तीनसयजनशक्ति परिचालनको तयारी गरिएको सहायक जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले जानकारी दिए । प्रभावितलाई राहतको प्राथामिकताका कारण उत्खनन्मा ढिलाई भएको सहायक प्रमुख जिल्ला अधिकारी शमाले बताए । तीन पटै सुरक्षा निकाय तयारी अवस्थामा रहेकोले तत्काल उत्खननको लागि परिचालन गर्ने शर्माले बताए । प्रत्येक ठाउँमा १० जना पुरिएका घरहरु उत्खनन गर्ने तयारी गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो

काठमाडौँ, गोकर्णेश्वर उत्तर गया क्षेत्रमा पौषकृष्ण औँसीका अवसरमा श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि घुइँचो छ । गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्न आउने भक्तजनको घुइँचोका कारण जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकमा बिहानैदेखि जाम भएको छ । सो मार्गमा दुई घण्टा सवारी जाममा पर्दा समस्या भएको यात्रुको गुनासो छ । विभिन्न...

आमनिर्वाचन सफल पार्नुपर्नेमा जोड

म्याग्दी,राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल अन्त्य गर्न आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन सफल बनाउनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले फागुन २१ गतेको चुनाव राजनीतिक निकासका लागि प्रस्थानबिन्दु भएको बताउनुभयो । “देशमा...

तनहुँ जलविद्युत् आयोजना प्रभावितद्वारा मुआब्जा माग

दमौली (तनहुँ),  तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित व्यास नगरपालिका–१३ बेलवासका स्थानीयले मुआब्जा माग गरेका छन् । आयोजनाका कारण व्यास नगरपालिका–१३ स्थित बेलबास सङ्कटमा परेको दाबी गर्दै त्यसको उचित क्षतिपूर्ति र मुआब्जा उपलब्ध गराउन उनीहरुले माग गरेका हुन् ।     बेलबासका स्थानीय ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...

सिरिया–इराक क्षेत्रमा अमेरिकी कारबाही तीव्र,७० भन्दा बढी लक्ष्यमा आक्रमण

वासिङ्टन, अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक राज्य समूहका लक्ष्यमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपतिले यसलाई ‘धेरै गम्भीर प्रतिशोध’ भएको बताउनुभयो । गत सप्ताहअन्तमा भएको आक्रमणमा तीन अमेरिकीको मृत्यु भएको थियो ।वासिङ्टनका अनुसार, पाम्यारा शहरमा भएको आक्रमण एकल आक्रमणकारीले गरेको थियो...

भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु

नयाँदिल्ली,उत्तरपूर्वी भारतमा एउटा यात्रु वहाक रेल हात्तीको झुण्डमा ठोक्किएर दुर्घटना हुदाँ सात वटा हात्तीको घटना स्थलमै मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन् ।भारतमा लगभग २२ हजार जङ्गली हात्ती मध्ये चार हजार भन्दा बढी रहेको आसम राज्यमा भएको उक्त दुर्घटनामा कुनै यात्रु घाइते नभएको बताइएको...

खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट

दमौली (तनहुँ),  जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका युवाहरू एकजुट भएका छन् । खेलमैदानमा विभिन्न बहानामा पटकपटक महोत्सव गर्न दिँदा खेलमैदान बिग्रिँदै गएपछि यहाँका युवा संरक्षणका लागि एकजुट भएका हुन् ।   खेलमैदान नहुँदा दमौलीमा खेलकुदका गतिविधि सञ्चालन गर्न कठिनाइ भइरहेको भन्दै खेलमैदानमा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा,  शिरानमा चाँदी जस्तै टल्किरहेका माछापुच्छ्रे« र अन्नपूर्ण हिमशृङ्खला । तल फेवा, बेगनास, रुपा, मैदीदेखि दिपागं र गुँदे, खास्टे, न्यरेनीसम्मका तालले शृङ्गारिएको पोखरा । यो सुन्दरतालाई आकाशबाट हेर्न चाहनेका लागि लोकप्रिय ‘अल्ट्रालाइट उडान’ अहिले सुस्ताएको छ । अल्ट्रालाइटको उडानमार्फत हावाको बेगसँग रमाउने पर्यटकको अहिले...

प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै

त्रिवेणी (नवलपरासी), ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित प्रथम कावासोती गोल्डकप फुटबल प्रतियोगिता–२०८२, आजदेखि सुरु हुँदैछ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१६, डण्डामा सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी पुलिस क्लब र आयोजक टिम कावासोती ‘ए’ बीच प्रतिस्पर्धा हुने आयोजक...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९