शुक्रबारबाट सुरु भएको प्रतियोगितामा वडा भित्र रहेका खेलाडिहरुको प्रतिभा बाहिर ल्याउन फुटबल ,क्रिकेट र भलिबल प्रतियोगिता आयोजना गरिएको संजालका अध्यक्ष एकेन्द्र साउदले बताए ।वडा स्तरिय खेलकुदमा क्रिकेट तर्फ प्रथम पुरस्कार १० हजार र द्दितिय पुरस्कार ७ हजार रहेको छ । क्रीकेट प्रतियोगितामा ६ टिम सहभागी भएका छन ।
यसै गरि फुटबल प्रतियोगितामा प्रथम हुनेले १५ हजार बराबरको खसी र द्दितिय हुनेले ८ हजार बराबरको बोका पाउने छ । फुटबलमा ७ टिम सहभागी भएका छन भने भलिबलमा ६ टिम सहभागी छन् । भलिबल तर्फ प्रथम हुने लाई ५ हजार नगद सहित प्रमाणपत्र र मेटल रहेको छ । प्रतियोगिताको उद्घाटन गर्दै वडा अध्यक्ष शाहीले खेल र खेलकुदका माध्यमबाट युवापुस्तालाई शारीरिक ,मानशिक तथा अनुशासनका क्षेत्रमा क्रियाशिल बन्न मद्दत पुर्याउने बताए । उनले खेल र खेलकुद क्षेत्रको विकासका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।






















































































































































