Baigyanik Media

Advertisement

Skip Ad

कस्तो छ नेपाल र यमनबीचको हेड टू हेड ?

काठमाडौँ । फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल साँझ ७ बजे हुनेछ ।नेपाल फिफा वरियतामा १७३औँ स्थानमा छ भने यमन १५६औँ स्थानमा रहेको छ ।  नेपाल र यमनबीच अहिलेसम्म चार खेल भएका छन् । जसमा तीन खेलमा यमन विजयी भएको छ भने एक खेल ड्र भएको थियो ।

 

नेपाल र यमन पछिल्लो पटक २०१८ को मार्च २७ मा एएफसी एसियन कपका लागि खेलेका थिए, जसमा यमन २-१ ले विजयी भएको थियो ।  सो खेलमा नेपालका लागि नवयुग श्रेष्ठले गोल गरेका थिए । यो नै नेपालले यमनविरुद्ध गरेको अहिलेसम्मको एक मात्र गोल हो ।यसअघि २०१७ को जुन १३ मा नेपाल र यमनबीचको एसियन कपको छनौट खेलमा खेल गोलरहित बराबरीमा रोकिएको थियो ।

 

त्यसअघि नेपाल र यमनबीच २०१४ को मार्च २५ मा मैत्रीपूर्ण खेल भएको थियो । जसमा यमनले नेपाललाई २-० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै नेपाल र यमनबीच पहिलो खेल सन् २००० को फेब्रुअरी १० मा भएको थियो । एसियन कपको छनौट अन्तर्गतको सो खेलमा नेपाल ३-० ले पराजित भएको थियो ।विश्वकप एशिया छनोटको दोस्रो चरणमा नेपाल समूह ‘एच’ मा रहेको छ । नेपालको समूहमा युएई, बहराइन र यमन रहेका छन् ।

 

त्यस्तै विश्वकप छनोटको पहिलो चरणको खेलमा नेपालले लाओसलाई पराजित गर्दै दोस्रो चरणमा छनोट भएको हो । गत कात्तिक ३० गते दुबईमा भएको खेलमा नेपाल युएईसँग ४–० गोलअन्तरले पराजित भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पुष्प व्यवसायः आठ अर्ब ८३ करोड लगानी, ५३ हजारलाई रोजगारी

काठमाडौँ, नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सुरु भएसँगै फूल किनबेचसमेत बढेको छ । फूल र रङको पर्वको रुपमा रहेको तिहार सुरु भएसँगै फूलको किनबेच बढेको हो । पूजाआजादेखि विवाह, स्वागत, बिदाइदेखि मृत्युपछि समेत प्रयोग हुने फूलखेतीमा पछिल्लो समय नेपाल आत्मनिर्भर हुँदै गएको छ ।...

राष्ट्रियसभा अध्यक्ष दाहाल नेतृत्वको टोली जेनेभा प्रस्थान

काठमाडौँ ।   राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तरव्यवस्थापिका सङ्घ (आइपियु) को १५१औँ महासभामा सहभागी हुन जेनेभा प्रस्थान गर्नुभएको छ । राष्ट्रियसभाका सदस्यहरू गोपीबहादुर सार्की आछामी र मदनकुमारी शाह (गरिमा) सम्मिलित संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अध्यक्ष दाहाल आज बिहान जेनेभा प्रस्थान गर्नुभएको हो । यही कात्तिक...

विद्युतीय सामग्रीको व्यापार घट्यो

चितवन ।  नारायणगढको लायन्सचोकमा रहेको लामिछाने बिजुली पसलका सञ्चालक अशोक लामिछाने गत वर्षको तुलनामा यस वर्षको तिहारमा प्रयोग हुने झिलीमिली बत्ती (विद्युतीय सामग्री) को व्यापार आधा घटेको बताउनुहुन्छ । पछिल्लो समय घर निर्माणमा सुस्तता आउँदा व्यापार घटेको उहाँको बुझाइ छ । लामिछाने भन्नुहुन्छ, “गत...

बिहीबार विश्व खाद्य दिवस मनाइने

काठमाडौँ, सरकारले विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्त्वबारे जनचेतना जगाउन यही आज ४५औँ विश्व खाद्य दिवस मनाउँदै छ । कृषि विभागले संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ), खाद्यका लागि कृषि अभियानलगायत सङ्घसंस्थाको समन्वयमा दिवस मनाउन लागेको हो । यसवर्ष ‘स्वच्छ खाना...

प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्छ: गृहमन्त्री अर्याल

काठमाडौँ ।    गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्ने बताउनुभएको छ । आज यहाँ आयोजित ७०औँ प्रहरी दिवस एवम् अमर प्रहरीप्रति श्रद्धाञ्जली कार्यक्रममा उहाँले प्रविधिको बढ्दो प्रभावसँगै अपराध अनुसन्धानमा समेत चुनौती थपिँदै गएकाले प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्ने बताउनुभएको हो ।...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौँ, सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच...

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर,  प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।   ज्ञापनपत्रमा...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

कैलालीमा डर लाग्दो हत्या: केशर बुढाको टाउको लिएर प्रहरीमा पुगे दुई युवक!

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–८ जरहीमा गए राति रक्सीपाटी पछिको विवादका क्रममा एकजनाको घाँटी रेटी हत्या गरिएको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश दत्त अवस्थीका अनुसार सोही वडाका केशर बहादुर बुढाको घाँटी रेटेर हत्या गरिएको हो। घटना गए राति करिब...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

पूर्वविद्यार्थीद्वारा विद्यालयलाई शैक्षिक उपकरण सहयोग

म्याग्दी, मालिका गाउँपालिका–५ मगरदाङ्गमा रहेको गौबोमबस्त माविलाई विदेशमा बसोबास गर्ने पूर्वविद्यार्थीहरुले रु आठ लाख ५० हजार मूल्य बराबरको शैक्षिक उपकरण सहयोग गरेका छन् । प्रवासी दङ्गाले मञ्चले पितृ स्मृति सेवा कोषमार्फत आइतबार १३ थान कम्प्युटर, चार थान ब्याट्री, दुई थान सिसिटिभी क्यामेरा र दुई...

एक सय जनामा क्षयरोग सङ्क्रमण

ओखलढुङ्गा,  ओखलढुङ्गामा एक सय जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ देखि चालु आव २०८२/८३ को हालसम्ममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । कार्यालयका सूचना अधिकारी विवेक पोखरेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ६५ पुरुष र ३०...

नेपालले उपाधिका लागि सामोआसँग खेल्दै

काठमाडौँ।  नेपालले ओमानमा जारी आइसीसी पुरुष टी–२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनोटको उपाधिका लागि आज सामोआसँग खेल्दै छ । ओमानको अल अमिरत क्रिकेट मैदानमा उक्त खेल अपराह्न ४ः१५ बजे सुरु हुनेछ । जारी प्रतियोगिताअन्तर्गत नेपालको यो अन्तिम खेल हो । नेपाल अङ्क...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९