काठमाडौै । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीले जलवायु परिवर्तनले पारेको असरका बारेमा नेपालले अौपचारिक रूपमा विश्वसामु अाफ्नो अावाज बुलन्द गर्न पर्ने विचार ब्यक्त गरेेका छन्। पार्टीको परराष्ट मामिला विभाग र वन तथा वातावरण विभागद्वारा जलवायु परिवर्तन न्याय कोप-२८ मा नेपालले लिनुपर्ने अडान विषयक संयुक्त रूपमा अायोजित विज्ञहरूसँगको छलफल कार्यक्रममा बोल्दै जलवायु परिवर्तनको असरले हिमाली क्षेत्रमा परावणीय संकट निम्तिन सक्ने बताउदै नेपालले संकट टार्न विश्व समुदायको ध्यान अाकर्षण गर्न ढिला गर्न नहुने बताए ।
`हिमाललाई तीब्र असर पुर्याउने काम विकसित देशले गरिरहेका छन। त्यस बापत विकसित देशले केही रकम दिएर मात्र पुग्दैन । विकसित देशले हिमाललाई कसरी बचाउने भन्ने तर्फ ध्यान दिने बेला अाएको छ,´ उनले भने ।
कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य तथा परराष्ट मामिला विभाग प्रमुख डा. राजन भट्टाराईले जलवायु परिवर्तनका असरको विषय कुटनैतिक हिसाबमा प्रभावकारी लविङ गर्ने बेला अाएको बताउदै देशले संयुक्त रूपमा समस्या समधान गर्ने अावाज उठाउनु पर्ने बेला अाएको जोड दिए।
पार्टी वन तथा वातावरण विभाग प्रमुख भारती पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वन्यजन्तु विभागका महानिर्देशक डा. सिन्धु ढुंगानाले कार्यपत्र प्रस्तुत गरेका थिए भने डा. विमला राई पौडेल, घनश्याम पाण्डे कञ्चन लामा डा महेश्वर ढकाल नवराज पुडासैनी लगायतले अा-अाफ्नो विचार राखेेेका थिए ।

































































































































































