Baigyanik Media

Advertisement

Skip Ad

‘पैसाले कलाकार बन्न सकिन्न, क्षमता भएरै आएको हुँ- सन्तोष अधिकारी

काठमाडाैं । दिपेन्द्र के खनाल निर्देशित ‘आमा’ सहित अर्पण थापा निर्देशित ‘घर’ तथा ‘तीन जन्तु’ मा सहनिर्माता बनेर सिनेमा निर्माणमा सक्रिय रहिरहेका पोखराका युवा सन्तोष अधिकारीले आफूले अभीनयमा डेब्यू गर्न लागेको सिनेमा ‘चित्रा’ को पहिलो गीत रिलिज कार्यक्रममा यस्तो तीतो प्रश्नको सामना गरे।तपाईं पैसा हालेर हिरो बन्न आउनु भएको हो ? यो प्रश्न उनका लागि अपेक्षाकृति थियो तर उनको नेपथ्यको जानकारी भएको भए सायद यसको उत्तर उनले दिनुपर्थेन होला।

 

पोखरामा जन्मिएर अष्ट्रेलियामा कर्म गरिरहेका सन्तोष थुप्रै इभेन्टका आयोजक हुन्। उनले नेपालसँगै अष्ट्रेलियामा थुप्रै फेसन शो सहितका इभेन्टहरु गरिसकेका छन्। उनले यसैका लागि एएसएपी नाम कम्पनी दर्ता गरेर काम गरिरहेका छन् । समीक्षकीय रुपमा तारिफ बटुलेको ‘आमा’, ‘घर’ लगायतका सिनेमाको सह निर्मातासहित रहिसकेका सन्तोषले ‘पैसा हालेर हिरो बनेको ?’ भन्ने प्रश्नलाई सहज लिए।

 

‘मैले कसैको निर्माण कम्पनीमा गएर मेरो पैसा यति छ, त्यो तपाईंहरुलाई दिन्छु, कृपया हजुरको फिल्ममा मलाई रोल दिनु भनेर काम गरेको छैन । त्यसलाई चाहिँ पैसा हालेर फिल्म खेलेको भनिन्छ,’ उनले भने ।उनी अभिनित तथा घनश्याम लामिछाने निर्देशित ‘चित्रा’ पौष २७ गते रिलिज हुँदैछ। फिल्मबाट उनी आशावादी छन्।

 

उनी हुन त पैसा भएका मानिस हुन तर लहड, रहर र पैसाको बलमा फिल्म खेल्न आएका हैनन्। उनले यसका लागि पर्दामा पैसा हालेको कलाकार भन्दा पनि कलाकार देखिउँ भन्नका लागि मात्र नभई तयारी गरेरै आएका हुन्।

 

‘जुन तपाईंहरुले मेरो विगत हेर्नुभएको छ भने थाहा पाउनु हुन्छ । घर, आमा, तीन जन्तु लगायत फिल्म बनाएको छु । ति फिल्ममा मरो कुनै पनि रोल देख्नु भएको छ । मैले जुन हिसाबले लगानी गरे मिन भने पेशा अनुरुप अस्याप इन्टरटेन्मेन्टबाट त्यहाँ गरेर निर्माता भएको हुँ । अब अभिनय मार्फत आउँदैछु । सबैको माया पाउनेमा विश्वस्त छु’, उनले आत्मविश्वासका साथ भने ।

 

विदेशबाट फर्किएपछि सन्तोषले अस्याप इन्टरटेन्मेन्ट दर्ता गरे । कम्पनी दर्ता गरेपछि केही इभेन्टहरुसँगै केही म्युजिक भिडियो गरे। उनले जति पनि म्युजिक भिडियोहरु गरे ती उनका लागि अभिनयका कक्षाहरु थिए। यसक्रममा उनले क्यामेरा एङ्गल, फेस फ्रन्ट, क्यारेकटर के कतिको सुहाउँछ ? आदि इत्यादी सिके।यी सबै सिकाइ उनका लागि एउटा तयारी थियो, पूर्वाअभ्यास, परिक्षा अघिको पढाइजस्तै ।

 

 

उनलाई कम्पनी चलाउँदैमा त्यो चलाउने व्यक्तिले अभिनय गर्नुहुँदैन भन्ने कुरामा विश्वास गर्दैनन्। क्षमता छ भने किन नगर्ने ? उनी प्रश्न गर्छन् ।‘मेरै कम्पनीमा विभिन्न डिपार्टहरु छन् सबैमा मेरो दख्खल पुग्दैन, त्यहाँ मैले त्यसका लागि सक्षम व्यक्ति राखेको छु। उनीहरुले आफ्नो जेमा दख्खल छ त्यो गर्छन् र म पनि आफूले जानेको कुरा गर्छु, अभिनय पनि मैले सक्षम भएरै गरेको हुँ।’

 

उनी अष्ट्रेलियाको सिड्नी थिएटर स्कुलका विद्यार्थी हुन्। उनले त्यही नै आफ्नो अभिनयको कखरा सिके, त्यहाँको अण्तराष्ट्रिय सिकाइले उनलाई ‘चित्रा’ गर्ने आत्मविश्वासको जरा हालिदिएको हो, अब उनी त्यस्मा बलियो गरी खडा हुने सोचमा छन्।अहिले उनी धेरै बोल्नुभन्दा पनि कामले बोल्ने दिनको प्रतिक्षामा छन्।‘चित्रा’मा सन्तोष भन्दा पनि अरु मानिसहरुको लगानी छ । उनीहरुले उनीमाथि विश्वास भएरै लगानी गरेका हुन्।

 

उनलाई खहरे जस्तो क्षणिक हुनु छैन्, सेती नदीजस्तो अभिनय र सिनेमा निर्माणमा निरन्तर र गहिरो बग्नु छ। यसका लागि उनलाई ‘चित्रा’ रिलिजको प्रतिक्षा छ, किनकी रिलिज पछि नै उनीमाथि उठेका प्रश्नहरुले उचित जवाफ पाउनेछन्। अहिले उनी त्यही समय पर्खिरहेका छन्।

 

‘चित्रा’ले बाबु र छोरीको कथालाई सूक्ष्म रुपमा उठान गर्छ। सामाजिक कथामा एक्सन र ड्रामालाई प्रस्तुत गरिएको छ । फिल्मले हरेक घरको कथा भन्ने सन्तोष बताउँछन्। हरेक घरको कथा भएकाले दर्शकले यसलाई माया गर्नेमा उनी ढुक्क छन्।

 

‘चित्रा’मा सन्तोषसँगै मेनुका प्रधान, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरी, प्रकाश घिमिरे, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरल लगायतका कलाकारको अभिनय छ ।

 

चित्राका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष आफै कार्यकारी निर्मातामा रहेका छन् । अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको यस फिल्ममा राजनराज शिवाकोटीको संगीत छ भने स्वरमा उनलाई गायिका मिलन अमात्यले साथ दिएकी छिन् ।महेश पौडेलले छायाँकन गरेको फिल्ममा सम्पादनको भूमिकामा बनिश शाह र सन्देश शाह रहेका छन् ।

 

सन्तोष अधिकारी फिल्म्सको व्यानर एवम् अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको फिल्मको नेपालभरको वितरणको जिम्मा केदार पराजुलीको श्री कृष्ण फिल्म्सले लिएको छ। फिल्मको अष्ट्रेलियाको अधिकार अविनास रोका मगरले लिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वीरगञ्जमा पालाको व्यापार बढेन

वीरगञ्ज (पर्सा),  वीरगञ्ज महानगर–११ रानीघाटका १४ वर्षीय आलोक प्रजापति तीन वर्षदेखि वीरगञ्जको घण्टाघरचोकको छेवैको फुटपाथमा दीपावली, तिहार र छठ पर्वमा प्रयोग हुने माटाका भाँडाकुँडा बेच्दै आइरहनुभएको छ । तर अघिल्ला वर्षका दीपावलीमा जस्तै यसपालि माटाका भाँडाकुँडाको व्यापार भने उत्साहजनक नभएको गुनासो गर्नुहुन्छ । “अघिल्ला...

पन्ध्र शय्याका दुई आधारभूत अस्पताल सञ्चालनमा

तम्घास।    देशभरमा नै १५ शय्याका अस्पतालको निर्माणको समेत काम नसकिएको अवस्थामा गुल्मीमा भने १५ श्ययाका दुई आधारभूत अस्पताल सञ्चालनमा आएका छन् । तत्कालीन सरकारले गाउँका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले ०७७ मङ्सिर १५ गते देशभरका ३९६ पालिकामा पाँच, १० र १५ शय्याका...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६० पैसा र बिक्रीदर...

अमेरिका र अष्ट्रेलियाबीच दुर्लभ खनिज तथा धातु खरिदका लागि सम्झौता, चीनको एकाधिकार तोड्ने बुझाइ

वासिङ्टन, (रासस/एएफपी) अमेरिका र अष्ट्रेलियाले दुर्लभ धातु र महत्त्वपूर्ण खनिजहरूको आपूर्ति बढाउन एक सम्झौतामा हस्ताक्षर गरेका छन्। यो कदम यस क्षेत्रमा चीनको प्रभुत्वलाई चुनौती दिने ट्रम्प प्रशासनको रणनीतिको हिस्सा हो। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले यस सम्झौताले ८.५ अर्ब अमेरिकी डलर बराबरको खानी र यससँग...

अमेरिका र अष्ट्रेलियाबीच दुर्लभ खनिज तथा धातु खरिदका लागि सम्झौता, चीनको एकाधिकार तोड्ने बुझाइ

वासिङ्टन, (रासस/एएफपी) अमेरिका र अष्ट्रेलियाले दुर्लभ धातु र महत्त्वपूर्ण खनिजहरूको आपूर्ति बढाउन एक सम्झौतामा हस्ताक्षर गरेका छन्। यो कदम यस क्षेत्रमा चीनको प्रभुत्वलाई चुनौती दिने ट्रम्प प्रशासनको रणनीतिको हिस्सा हो। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले यस सम्झौताले ८.५ अर्ब अमेरिकी डलर बराबरको खानी र यससँग...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौँ, सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच...

चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत

बागमती,  चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको करिब छ दशमलव १९ प्रतिशतमात्र खर्च गरेको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आव २०८२/८३ को साउनदेखि असोजसम्ममा तीन महिनामा कुल...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

गुञ्जिन छाडे पुराना भैली गीत

कञ्चनपुर, तिहारका बेला कञ्चनपुरसहित सुदूरपश्चिमका गाउँगाउँमा पुराना भैली (भैलो) गीत गुञ्जिन छाडेका छन् । आधुनिकताको प्रवेशसँगै घरघरमा पुगेर डिजेमा बजाइने देउसीभैली गीतमा नाच्ने प्रवृत्ति मौलाउँदै जाँदा पुराना भैली गीत गाउने चलन हट्दै जान थालेको हो । आधुनिक साउण्ड सिस्टममा गीतहरू बजाएर नाच्ने कार्यले पुरानो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

मौन पीडामा मानसिक समस्या बढ्दै

विराटनगर,  गत भदौ २३ र २४ मा भएकोे ‘जेनजी’ प्रदर्शनले सत्ता परिवर्तनमात्र गरेन आम जनजीवनमा ‘अब के हुन्छ’ भन्ने प्रभाव छाड्यो । प्रदर्शनले गहिरो असर छाडेको छ । चाडपर्वका सम्मुखमा भएका प्रदर्शनले धेरैलाई तनावसमेत दियो । विराटनगरकी गृहिणी मञ्जु साह यस वर्षको दसँै पर्वभन्दा...

नेपालगन्जमा ‘नेशनल स्विमिङ च्याम्पिनसीप’ हुँदै

नेपालगञ्ज।आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पिनसीप-२०२५ आयोजना गरिने भएको छ । नेपालगन्ज स्वीमिङ क्लब बाँकेको आयोजनामा नेपालगन्जस्थित रङ्गशाला परिसरको पौडी पोखरीमा प्रतियोगिता हुनेछ । क्लबलका अध्यक्ष केशवराज न्यौपानेले प्रतियोगितामा देशभरबाट दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहने जानकारी दिनुभयो ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९