राप्रपा नेपालको आह्वान- राजसंस्था पुनर्स्थापना गर्न सामूहिक नेतृत्वको आधारमा मोर्चा निर्माण गरौँ

काठमाडौं । राप्रपा नेपाालले राजसंस्था पुनर्स्थापना गर्न सामूहिक नेतृत्वको आधारमा मोर्चा निर्माण गर्न आह्वान गरेको छ । सोमबार बिहान बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र स्थापना गर्न चाहने, संघीयता खारेज गर्न चाहने, सुशासन र समृद्धि चाहने सबै एकतावद्ध हुनुपर्ने र यसका लागि सामूहिक नेतृत्व र सबैको ससम्मान सहभागितको आधारमा मोर्चा निर्माण गरेर जनआन्दोलनको दवावमा परिवर्तन सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ ।बैठकका निर्णयहरु जानकारी दिन जारी गरिएको विज्ञप्ति  ः

 

मिति  : २०८० मंसीर ११ गते

राप्रपा नेपालका अध्यक्ष श्री कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले देहाय बमोजिम निणर्यहरु गरेको छ :

१)  संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्थाको अन्त्य चाहने, संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र स्थापना गर्न चाहने, संघीयता खारेज गर्न चाहने, सुशासन र समृद्धि चाहने सबै एकतावद्ध हुनुपर्छ भन्ने समयको माग र जनताको चाहनालाई दृष्टि गर्दै वृहत राष्ट्रिय मोर्चा निर्माण गर्न सम्पूणर् राष्ट्रवादी, देशभक्त र प्रजातन्त्रवादी दल र समुहलाई राप्रपा नेपाल आह्वान गर्दछ । समान बिचारधारा भएकाहरु छरिएर होईन, जुटेर काम ग¥र्यौ भने देशमा सकारात्मक परिवर्तन संभव छ । अहिले नेतृत्व वा समुहगत स्वार्थका निम्ति झगडा गर्ने बेला होईन । सामुहिक नेतृत्व र सबैको ससम्मान सहभागितको आधारमा मोर्चा निर्माण गरौँ, तथा जनआन्दोलनको दवावमा परिवर्तन सुनिश्चित गरौँ भन्ने राप्रपा नेपाल सबैमा आग्रह गर्दछ ।

 

२)  बैठकले देहाय बमोजिमको राजनीतिक प्रस्ताव पारित गरेको छः

२.१)  २०६३ सालको राजनीतिक परिवर्तन पछि नेपालको निम्ति संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र तथा सर्वधर्म समभाव र पूणर् धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्र उपयुक्त हुन्छ भन्ने बिचार बोक्ने दल राप्रपा नेपाल मात्र थियो ।

संविधानसभाले तयार गरेको संविधानको पहीलो मस्यौदामा “गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता अपरिवर्तनीय हुनेछ” भन्ने लेखिएकोमा राप्रपा नेपाल कै बलमा उक्त प्रावधान हटाई राष्ट्रिय अखण्डता, सार्वभौमिकता र जनतामा निहित सार्वभौमसत्ता वाहेक जनताको अभिमतबाट सबै बिषयहरु परिवर्तन हुनेसक्ने व्यवस्था कायम भएको हो । यो प्रावधानको कारण नेपाली जनताले चाहेमा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता समेत परिवर्तन गर्न पाउने अधिकार स्थापित भएको छ ।

२.२) विगत केही समय यता राजसंस्था र हिन्दुराष्ट्र स्थापना तथा संघीयताको खारेजीको पक्षमा सशक्त जनप्रदर्शनहरु भएका छन् । यि जनप्रदर्शनहरुमा उर्लेको जनलहरले निम्न बमोजिम स्पष्ट सन्देश दिएको छ –
क)  ‘संघीय गणतन्त्रको नाउँमा कायम रहेको वर्तमान व्यवस्था असफल भएको छ । विद्यमान भ्रष्ट व्यवस्था र भ्रष्ट शासकहरुबाट जनता मुक्ति चाहन्छन् । जनता विकल्पको खोजीमा छन्,
ख)  संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र, सनातन हिन्दुराष्ट्र, सुदृढ स्थानीय स्वायत्त शासन तथा भ्रष्टाचारमुक्त सुशासन र समृद्धि जनताले खोजेको विकल्प हो ।

२.३)    विगतमा राजसंस्था र हिन्दुराष्ट्र स्थापना तथा संघीयता खारेजीको पक्षमा राप्रपा नेपाल मात्र रहेकोमा हाल विभिन्न दल र समुहहरु समेत यो बिचार र एजेण्डामा खडा हुनु खुसी र उत्साहको विषय हो । वर्तमान अवस्थामा समान बिचारधारा र एजेण्डा बोकेका शक्तिहरु विभाजित हुँदा स्वभाविकरुपले लक्ष्य प्राप्ति कठिन हुन्छ । त्यसर्थ, वृहत राष्ट्रिय मोर्चा निर्माण वर्तमान समयको आबश्यकता हो ।

२.४)   संवैधानिक राजसंस्था र हिन्दुराष्ट्रको स्थापनाबाट कुनै पनि राजनीतिक दल, समुह वा नेताहरु चिन्तित र विचलित हुनु पर्दैन । राजसंस्थासहितको प्रजातन्त्रको अवधारणा निरंकुश शासन प्रणाली होईन । यो परिवर्तनकारी बिचार र शक्ति तथा परम्परागत बिचार र शक्ति बिच सामञ्जस्ताको मान्यता हो । यो राष्ट्र बचाउने र बनाउने राष्ट्रिय मेलमिलापको नीति हो । राजसंस्था स्थापित गरेर दल वा प्रजातन्त्र विस्थापित गर्ने वा कमजोर बनाउने होईन । जनसम्प्रभुताको मान्यता अनुरुप शासन जनताबाट निर्वाचित प्रतिनिधिले गर्ने र राजसंस्था अभिभावकको रुपमा रहने मान्यता नै राजासहितको प्रजातन्त्रको मुल मर्म हो ।

हिन्दुराष्ट्र नेपालको संस्कृति, पहिचान र एकताको आधार हो । हिन्दुराष्ट्र सर्वधर्म समभाव, पूणर् धार्मिक स्वतन्त्रता र विभिन्न धर्म बिच सहकार्यको अवधारणा हो । त्यसर्थ, हिन्दुराष्ट्र कायम हुँदा सबै धर्मको अस्तित्व र सहकार्यको वातावरण सुनिश्चित हुन्छ ।

संघीयताको वर्तमान स्वरुप परिवर्तन गरेर केन्द्रमा बलियो सरकार र स्थानीयतहमा अहिलेको भन्दा पनि बढि अधिकार सम्पन्न स्थानीय सरकार गरी दुई तहको सरकार कायम गर्नु उपयुक्त हुन्छ । देशको आर्थिक अवस्थाले धान्न नसक्ने तथा प्रयोजनविहिन प्रदेशतहको संरचना आबश्यक छैन ।

उपरोक्त मान्यता राष्ट्र र जनताको वृहत्तर हितमा हुन्छ । यसले प्रजातन्त्र बलियो बनाउँछ, शान्ति र स्थिरता कायम हुन्छ तथा आर्थिक समृद्धिको निम्ति अनुकूल वातावरण तयार गर्छ ।

२.५)   वर्तमान व्यवस्था असफल भएको तितो यथार्थ, देशको धरातलीय अवस्था र जनताको परिवर्तित चाहानाको सम्मान गर्दै सबै नेपाली अटाउने र सबैको पहिचान सुनिश्चित हुने नेपाली संस्करणको मौलिक प्रजातन्त्र स्थापना गर्ने कार्यमा सकारात्मक सहयोग गर्न तथा यथास्थितिबाट मुक्तिको जनचाहनालाई अवरोध र दमन नगर्न राप्रपा नेपाल सरकार र प्रमुख राजनीतिक दलहरुसँग आग्रह गर्दछ ।

२.६)    साथै, यो अभियानमा साथ, सहयोग र एक्यवद्धताको निम्ति राप्रपा नेपाल आम नेपाली जनतामा अपिल गर्दछ ।

३) पार्टीको केन्द्रीय कार्य समितिको बैठक यही मंसीर २४ र २५ गते काठमाण्डौमा बस्ने भएको छ । बैठकमा बृहत राष्ट्रिय मोर्चा निर्माण र भावि आन्दोलनको कार्ययोजना पेश गर्ने निणर्य गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

अक्टोबरमा मात्रै एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौँ, यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन उल्लेख्य देखिएको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अन्य देशबाट २३ हजार...

राष्ट्रिय समाचार समिति (रासस)

काठमाडौँ,  जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन एशोसिएसन अफ नेपाल ‘जिपीम्यान’को आज यहाँ सम्पन्न २७औँ साधारणसभाले डा विश्वराज दवाडीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमितिको निर्वाचन गरेको छ ।आगामी तीन वर्षका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा डा सुरेशप्रसाद नेपाल, उपाध्यक्षमा डा तीर्थमान श्रेष्ठ, महासचिवमा डा विकास गौचन,...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कअनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ४९ पैसा र बिक्रीदर...

पाकिस्तानद्वारा भारतीय सिख तीर्थयात्रीलाई चाडपर्वका लागि भिसा जारी

आणविक–सशस्त्र प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच मे महिनाको द्वन्द्वपछि पहिलोपटक भारतीय सिख तीर्थयात्रीहरूलाई पाकिस्तान प्रवेशका लागि भिसा प्रदान गरिएको छ । यो निर्णयले दुवै देशबीच स्थगित धार्मिक यात्रामा पुनः आशाको किरण ल्याएको छ । भारतीय सरकारको औपचारिक प्रतिक्रिया अहिलेसम्म सार्वजनिक नभए पनि भारतीय पत्रपत्रिकाहरूले शनिबार सरकारका...

अक्टोबरमा मात्रै एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौँ, यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन उल्लेख्य देखिएको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अन्य देशबाट २३ हजार...

मौसमः पश्चिमी वायुको प्रभाव कायमै

काठमाडौँ, नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकाअनुसार देशका पहाडी भू–भागमा आशिंक बदली रहनेछ । यसैगरी धेरै जसो स्थानमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विपन्न वर्गका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

भोजपुर,  समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।यसअघि भूकम्पले जीर्ण भएको विद्यालय भवन निर्माणका निम्ति उहाँले आर्थिक सहयोग गर्नुभएको थियोभने जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि रु ११...

डाइलाइसिस सेवाले मिर्गौला पीडितलाई राहत

गलकोट (बागलुङ),  नियमित मिर्गौलाको डायलाइसिस गराउँदै आउनुभएका यहाँका स्थानीय टेकनाथ शर्माले जिल्लाकै धौलागिरी प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा पाएपछि राहत महसुस गर्नुभएको छ । उहाँले जिल्लामै डाइलाइसिस सेवा पाउँदा खर्च र समय दुवै बचत भएको बताउनुभयो । सो अस्पतालले हाल ६० जना मिर्गाैला पीडितलाई नियमित...

बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढी बजारलाई  

कैलाली। कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।   निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९