काठमाडौँ । मधेश प्रदेश पोखरामा जारी केपी ओली टी- २० प्रतियोगिताको फाइनलमा पुगेको छ । विहिबार सम्पन्न सेमिफाइनल खेलमा एपीएफ क्लबलाई ११ रनले पराजित गर्दै मधेश प्रदेश फाइनलमा पुगेको हो । मधेश प्रदेशले दिएको १९८ रनको लक्ष्य पछाएको एपीएफले २० ओभरमा ९ विकेट गुमाउदै १८६ रन बनाएको थियो । यस अघि पहिला ब्याटिंग गरेको मधेश प्रदेशले २० ओभरमा ६ विकेट गुमाउदै १९७ रन बनाएको थियो । अब फाइनलमा मधेश प्रदेशको भिडन्त नेपाल आर्मीसँग हुने भएको छ । आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अनुसार फाइनल खेल शुक्रबार हुने छ ।
झापा, झापा निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार निशा डाँगी निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृत गोपी विश्वकर्माका अनुसार रास्वपाका उम्मेदवार डाँगीले ४५ हजार ६८० मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाँका अनुसार निकटतम प्रतिस्पर्धी नेपाली...























































































































































