काठमाडौं । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. चोपलाल भुसाल नियुक्त भएका छन्।मंसिर १३ गते बसेकोको मन्त्रिपरिषद् बैठकले भुसाललाई काउन्सिल अध्यक्षमा नियुक्त गरेको हो। अध्यक्षको कार्यकार चार वर्ष रहने व्यवस्था छ।नाक, कान, घाँटी रोग विशेषज्ञ समेत रहेका प्रा. डा. भुसालले अध्यक्ष पदको कार्यभार स्वास्थ्य मन्त्रालयबाट पत्र बुझेको र मंगलबार पदभार सम्हाल्ने बताइएको छ।यसअघि काउन्सिलको अध्यक्ष पदमा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. भगवान् कोइराला रहेकोमा उनको कार्यकाल गत कात्तिका १८ गते सकिएको थियो ।
         
        
                                                
                                                
                                                
                                                
                                                
                                                

































                    
                    
                    
                    
                    


























































































































