काठमाडौं। संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूतमा सनिल नेपालको नाम अनुमोदन गरेको छ। समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले प्रस्तावित राजदूतमा नेपालको योग्यता, क्षमता, अनुभव र कार्ययोजनामाथि छलफल गरी नाम सर्वसम्मतिले अनुमोदन गरेको हो। गत २३ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाललाई पोर्चुगलका लागि प्रस्तावित राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो।
काठमाडौँ, गोकर्णेश्वर उत्तर गया क्षेत्रमा पौषकृष्ण औँसीका अवसरमा श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि घुइँचो छ । गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्न आउने भक्तजनको घुइँचोका कारण जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकमा बिहानैदेखि जाम भएको छ । सो मार्गमा दुई घण्टा सवारी जाममा पर्दा समस्या भएको यात्रुको गुनासो छ । विभिन्न...























































































































































