Baigyanik Media

Advertisement

Skip Ad

मनोरन्जनको नयाँ विधा पाक-मनोरन्जनको रुपमा ‘सेफ नेपाल’

काठमाडौं ।  प्राकृतिक सम्पदाले धनी देश नेपाल साँस्कृतिक विविधता, भेषभुषा, रहन सहन, भाषा आदी मात्र नभएर पाक-सँस्कृतिमा पनि त्यती नै धनी छ । पाक-कला, पाक-सँस्कृति, बिभिन्न पक्वान्न र त्यसको वरिपरी रहेर टेलिभिजनको पर्दामा अहिले एउटा एकदमै नौलो कार्यक्रम संचालनमा रहेको छ । कान्तिपुर टेलिभिजनमा हरेक शुक्रबार राती ९ बजे “सेफ नेपाल” नामक कार्यक्रम आउने गर्दछ। उक्त कार्यक्रम खाना पकाउने कला र खाना पकाउने कलाकारहरु बिचको प्रतिस्पर्धात्मक कार्यक्रम । यो नेपालकै पहिलो त्यस्तो कार्यक्रम हो जहाँ पकाउने, चखाउने, र सो क्रममा उत्कृष्ट प्रस्तुती दिने जमर्कोमा प्रतिस्पर्धिहरु लागेको देखिन्छ । अनगिन्ती टिभी रियालीटी शोहरु एक पछी अर्को गरी बिभिन्न टेलिभिजनमा आइरहदा “सेफ नेपाल” देशकै पहिलो फुड रियालिटी शो भएको दाबी यस कार्यक्रमका रचयिता एवं निर्माता धर्मराज पाण्डेको रहेको छ । “देशमा ३ दर्जन भन्दा धेरै टेलिभिजन च्यानल देखिन्छन्, पत्रकारिता जगत पनि ठुलो छ तर न त कुनै टेलिभिजन या पत्रपत्रीकाले नेपाली खानाको कार्यक्रम गरेको छ, न त कसैले यसलाई समाचारको बिषय नै देख्दछ”, निर्माता पाण्डे भन्छन । उनि भन्छन्, “पाक-पत्रकारिताको अवधारणा नै नभएको र पाक-कलालाइ मनोरन्जन को बिधामा कसैले नराखेकोले हामिलाई यो शो एक मनोरन्जनात्मक कार्यक्रम हो भनेर दर्शक माझ पुर्याउन धेरै अप्ठेरो भएको छ, पाक-कला या पाक-मनोरन्जन बारे बुझेर लेखिदिने कोही रहेनछन्” ।निर्माता धर्मराज पाण्डेको भनाइ धेरै हद सम्म सही पनि हो । टेलिभिजनका समाचारहरु राजनिती या त अन्य बिषय केन्द्रीत हुने गर्दछन् । मानव जिवनको प्रमुख आवश्यकता खाना को बिषय खासै समाचारको बिषय नभएको जस्तो नै देखिन्छ । पकाउने कार्य पनि एक कला हो तर यो कला बारे हामी तेती चर्चा पनि गर्दैनौ । खाना हाम्रो जिवन सँग जोडिएको छ, जिवन शैली र रहन-सहन सँग जोडिएको छ, सँस्कृती र धर्म सँग जोडिएको छ, भौगोलिक विविधता सँग जोडिएको छ, पर्यटन र अर्थतन्त्र सँग पनि जोडिएको छ । तर संचार माध्यम सँग भने खाना जोडिन नसकेको गुनासो रहेको छ, सेफ नेपाल टिभी शो का निर्माता पाण्डेको ।

 

निर्माता पाण्डे कारीब १६ वर्ष देखी बिभिन्न पेशामा संलग्न रही पर्यटन र अतिथि सत्कार उद्योगलाई नजिक देखी नियालेको अनुभव सुनाउछन् । नेपाली पाक-उद्योगमा बिकास नै नभएको र खानामा देखिनु पर्ने कलाकारिता प्रस्फुटन नै हुन नसकेको देख्दा निर्माता पाण्डे बिदेशको जस्तै पाक-कला सम्वन्धी शो नेपालामा पनि गर्ने कोशीस गरेको अनुभव पनि सुनाउछन् । “मैले २०१६ मा मास्टर सेफको फ़्रेञ्चाइज नेपालामा ल्याउन चाहेको थिए, तर नेपाली बाजार सानो भएकोले त्यस्तो शो अहिले पनि गर्न असम्भव नै छ । त्यसैले नेपालको आफ्नै शो “सेफ नेपाल” को परिकल्पना गरिएको हो” उनले बताए।

“सेफ नेपाल” को पहिलो संस्करण पाक-कलाका सौखिनहरु माझको प्रतिस्पर्धात्मक शोको रुपमा तय  गरिएको छ । जम्मा १८ भागमा प्रशारण हुने यस कार्यक्रमको १३ भाग प्रशारण भइसकेको छ । अनलाईन अडिसन लिएर प्रतिस्पर्धिहरु एकत्रित गरिएको यस कार्यक्रममा १०० प्रतिस्पर्धी छनोट गरी प्रत्यक्ष अडिसनको लागी बोलाईएको थियो । प्रत्यक्ष अडिसनमा प्रतिस्पर्धिहरुले “सेफ नेपाल” कै स्टुडियोमा खाना बनाइ निर्णायकत्रय मास्टर सेफ सन्तोष साह, सेफ गणेश ढकाल र भान्से लक्ष्मण भण्डारीलाई आफ्नो स्वाद चखाएका थिए । सो अडिसन राउण्डबाट २४ जना छनोट भइ बिभिन्न प्रतिस्पर्धामा खारो उतृदै अहिले उत्कृस्ट १० प्रतिस्पर्धिहरु पाक-कलाको प्रतिस्पर्धामा हुनुहुन्छ । नेपाललाई पहिलो फुड रियालिटी शो र पहिलो उत्कृस्ट १० प्रतिस्पर्धी दिँदै नेपाली टिभी मनोरन्जनको विधामा पाक-मनोरन्जन पनि थपेर निर्माता पाण्डेले राम्रो काम गरेका छन् ।

 

पाक-कलाको बिषयमा थप कुरा गर्दै गरौंला, पाक-पत्रकारिताको पनि महत्वका साथ समाचार लेखौंला तर अहिले भने मनोरन्जन लिने कार्य पहिले गरौँ । धर्मराज पाण्डेको निर्माणमा बनेको धर्म पिक्चर्सको प्रस्तुती नेपालको पहिले फुड रियालिटी टिभी शो “सेफ नेपाल” हेरेर मनोरन्जन लिगौँ, हाम्रा पाक-कलाकारहरुको कला नियालौँ, अनि नेपाली खाना, खाना संस्कृतिको देश र विदेशमा प्रचार गरौँ । “सेफ नेपाल” को पुराना भागहरु यसैको युट्युव च्यानलामा गएर हेर्न सकिने रहेछ । नयाँ भाग हरेक शुक्रबार राती ९ बजे कान्तिपुर टिभिमा प्रशारण हुने गरेको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वीरगञ्जमा पालाको व्यापार बढेन

वीरगञ्ज (पर्सा),  वीरगञ्ज महानगर–११ रानीघाटका १४ वर्षीय आलोक प्रजापति तीन वर्षदेखि वीरगञ्जको घण्टाघरचोकको छेवैको फुटपाथमा दीपावली, तिहार र छठ पर्वमा प्रयोग हुने माटाका भाँडाकुँडा बेच्दै आइरहनुभएको छ । तर अघिल्ला वर्षका दीपावलीमा जस्तै यसपालि माटाका भाँडाकुँडाको व्यापार भने उत्साहजनक नभएको गुनासो गर्नुहुन्छ । “अघिल्ला...

पन्ध्र शय्याका दुई आधारभूत अस्पताल सञ्चालनमा

तम्घास।    देशभरमा नै १५ शय्याका अस्पतालको निर्माणको समेत काम नसकिएको अवस्थामा गुल्मीमा भने १५ श्ययाका दुई आधारभूत अस्पताल सञ्चालनमा आएका छन् । तत्कालीन सरकारले गाउँका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले ०७७ मङ्सिर १५ गते देशभरका ३९६ पालिकामा पाँच, १० र १५ शय्याका...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६० पैसा र बिक्रीदर...

इजरायलद्वारा दक्षिण लेबनानमा हवाई आक्रमण

बेरुत, इजरायली लडाकु विमानहरूले सोमबार बिहान दक्षिण लेबनानका विभिन्न स्थानमा हवाई आक्रमण गरेको लेबनान राष्ट्रिय समाचार संस्था (एनएनए) ले जनाएको छ। प्राप्त जानकारी अनुसार, इजरायली ड्रोनहरू अल–जहरानी क्षेत्रका गाउँ, बेरुत सहर र त्यसका दक्षिणी उपत्यकामा निकै तल्लो उचाइमा व्यापक रूपमा उडान गरिरहेका थिए, जसले...

इजरायलद्वारा दक्षिण लेबनानमा हवाई आक्रमण

बेरुत, इजरायली लडाकु विमानहरूले सोमबार बिहान दक्षिण लेबनानका विभिन्न स्थानमा हवाई आक्रमण गरेको लेबनान राष्ट्रिय समाचार संस्था (एनएनए) ले जनाएको छ। प्राप्त जानकारी अनुसार, इजरायली ड्रोनहरू अल–जहरानी क्षेत्रका गाउँ, बेरुत सहर र त्यसका दक्षिणी उपत्यकामा निकै तल्लो उचाइमा व्यापक रूपमा उडान गरिरहेका थिए, जसले...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौँ, सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच...

चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत

बागमती,  चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको करिब छ दशमलव १९ प्रतिशतमात्र खर्च गरेको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आव २०८२/८३ को साउनदेखि असोजसम्ममा तीन महिनामा कुल...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

गुञ्जिन छाडे पुराना भैली गीत

कञ्चनपुर, तिहारका बेला कञ्चनपुरसहित सुदूरपश्चिमका गाउँगाउँमा पुराना भैली (भैलो) गीत गुञ्जिन छाडेका छन् । आधुनिकताको प्रवेशसँगै घरघरमा पुगेर डिजेमा बजाइने देउसीभैली गीतमा नाच्ने प्रवृत्ति मौलाउँदै जाँदा पुराना भैली गीत गाउने चलन हट्दै जान थालेको हो । आधुनिक साउण्ड सिस्टममा गीतहरू बजाएर नाच्ने कार्यले पुरानो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

मौन पीडामा मानसिक समस्या बढ्दै

विराटनगर,  गत भदौ २३ र २४ मा भएकोे ‘जेनजी’ प्रदर्शनले सत्ता परिवर्तनमात्र गरेन आम जनजीवनमा ‘अब के हुन्छ’ भन्ने प्रभाव छाड्यो । प्रदर्शनले गहिरो असर छाडेको छ । चाडपर्वका सम्मुखमा भएका प्रदर्शनले धेरैलाई तनावसमेत दियो । विराटनगरकी गृहिणी मञ्जु साह यस वर्षको दसँै पर्वभन्दा...

नेपालगन्जमा ‘नेशनल स्विमिङ च्याम्पिनसीप’ हुँदै

नेपालगञ्ज।आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पिनसीप-२०२५ आयोजना गरिने भएको छ । नेपालगन्ज स्वीमिङ क्लब बाँकेको आयोजनामा नेपालगन्जस्थित रङ्गशाला परिसरको पौडी पोखरीमा प्रतियोगिता हुनेछ । क्लबलका अध्यक्ष केशवराज न्यौपानेले प्रतियोगितामा देशभरबाट दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहने जानकारी दिनुभयो ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९