काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दै छ । हिजो देखी सुरु भएको बैठकमा विधान संशोधन सम्बन्धी प्रस्तावमाथि छलफल भईरहेको छ ।पार्टी उपाध्यक्ष तथा सङ्गठन विभाग प्रमुख वेदुराम भुसालको संयोजकत्वमा कार्यदलले बनाएको बिद्यान संसोधन प्रस्ताव छलफलका लागि प्रस्ताव गरेको थियो । महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वालासहितको तीन सदस्यीय विधान संशोधन कार्यदलले पेश गरेको उक्त प्रस्ताव माथी आज पनि छलफल हुन लागेको हो ।‘‘सचिवालयको बैठकमा पेस भएको विधान संशोधनसम्बन्धी प्रस्ताव उपर नेताहरूले आफ्नो विचार राख्ने क्रम आज पनि जारी रहने छ’, पार्टी प्रवक्त जगन्नाथ खतिवडाले भने ।





























































































































































