Baigyanik Media

Advertisement

Skip Ad

शुभेक्षा खड्का भन्छिन्– छोरीहरुका लागि बाबुहरु मेरुदण्डजस्तो हुनुपर्छ

काठमाडाैं । मिस नेपाल-२०१२ की सेकेण्ड रनरअप शुभेक्षा खड्काको बुझाइ हो यो। बाबु छोरीका लागि हौसला हुँदा एउटी छोरीले सपना देख्नेमात्र होइन साकार बनाउन सक्छिन् ।नेपाली बाबुहरुले आफ्ना छोरीहरुको अध्ययनमा लगानी गरिदिए उनीहरु आत्मनिर्भर भएर स्वाभिमानी जीवन बाँच्न पाउने उनको बुझाइ छ। आत्मनिर्भर भएपछि खुम्चिन पर्दैन। आफ्नो आगामी फिल्म ‘चित्रा’का बारेमा गफ्फिदा उनले यस्तो बताएकी हुन्। बाबुछोरीको सम्बन्धको कथा भन्ने यो सिनेमामा आफू महत्वपूर्ण भूमिकामा रहेको उनको भनाइ छ। फिल्मको विषय सबैका लागि रुचिकर हुने उनी बताउँछिन् । फिल्मलाई लिएर आशावादी उनीसँग गरिएको भलाकुसारी यस्तो छ –  अभिनेत्री शुभेक्षा खड्काले ‘चित्रा’मा अभिनय गरेको पात्र कस्तो हो?

यो एउटा फ्रेस पात्र हो जसले सिनेमामा रमाइलो ल्याउने काम गर्छ, जुन बाबुछोरीको कथा देखाउन खोजिएको छ त्यसमा ‘मसला’को काम गरेको छ । हेर्दा सरल पात्र तर ट्विस्ट लेराउने पात्रका रुपमा फिल्ममा मलाई पाउन सकिन्छ।यसरी ट्विस्ट र मसला बनेको पात्रलाई आफूले कतिको न्याय गरेछु भनेर पाउनुभयो मैले दुई वटा फिल्म गरिसकें र इमानदारिताका साथ भन्नु पर्दा ‘चित्रा’माचाँहि सुटिङका दिनहरु कम भएपनि राम्रो भूमिकामा गरेकाले खुशी थिएं। अहिले डबिङमा हेर्दा मैले राम्रो गरेको रहेछु भनेर झनै खुशी भएकी छु।

 

फिल्महरुमा तपाईं कस्तो खाले भूमिकाको पर्खाइमा हुनुहुन्छ?

यस्तो खालको भन्ने छैन तर नयाँ खाले  कथा होस्, त्यसमा मेरो मात्रै भूमिका राम्रो होइन कि संमग्रमा नै राम्रो कथा बोकेको फिल्म होस् भन्ने मेरो चाहाना छ । एउटा यस्तो कथा जहाँ दर्शकले फिल्म हेरेर घर पुगिसकेपछि पनि त्यसले दिएको मनोरञ्जनको स्वाद स्मरणीय रहिराखोस् । भूमिका जस्तोसुकै होस् तर दमदार कथा भएको फिल्म होस्  ।‘चित्रा’बाट तपाईंको अपेक्षा के हो?

हामीले प्रेमकथाहरु हेर्दै आइरहेका छौं। अहिले सामाजिक कथामाथि पनि फिल्महरु आइराखेकै छन् । त्यसमा ‘चित्रा’चाँहि पारिवारिक कथा हो, जसले बाबुछोरीको कथा देखाउँछ। मैले पर्दामा बाबुछोरीमाथि नै केन्द्रित भएर बनेको फिल्म नदेखेको धेरै भयो। यसले गर्दा पनि यो फिल्मबाट दर्शकले नयाँ स्वाद पाउनुहुन्छ।

बाबुछोरीको सम्बन्धलाई तपाईं आफू कसरी हेर्नुहुन्छ?

बुबाहरुको साथ छोरीहरुलाई भयो भने त्यो मेरुदण्डका रुपमा नै हुन्छ। आमाले त माया गर्नु नै हुन्छ तर बुबाहरुचाँहि भावनात्मक रुपमा कम उपलब्ध हुन्छन् भनिन्छ। तर उहाँहरुले छोरीको जीवनमा जस्तै पढाइसँगै करियरका हिसाबले सहयोगी हुँदाचाँहि एकदमै ठूलै र महत्वपूर्ण हुनजान्छ, त्यो छोरी अर्कै हुन्छे ।तपाईंको आफ्नो जीवनमाचाँहि बुबाको भुमिका के छ?

एकदमै सहयोगी। उहाँ त मलाई सुरुसुरुमा यो क्षेत्रमा आएर राम्रो राम्रो फिल्म खेल्नुपर्छ भनेर प्रेरणा र भरोसा दिने व्यक्ति हो । मेरो हरेक सपनामा सहयोग गर्नुभएको छ।फिल्मबाहेको केही त्यस्ता सम्झनाहरु छन् जसका लागि तपाईं आफ्नो पितालाई उहाँले यो गर्दिनाले म यहाँ छु भनेर सम्झिराख्नु हुन्छ?

धेरै क्षणहरु छन् । विशेष गरी मिस नेपालमा भाग लिदाको कुरा मेरो सम्झनामा छ । सन् २०१२ मा मिस नेपालमा सहभागी हुँदा म भर्खर १८ वर्ष पुगेकी थिएँ। त्यो समयमा म टेलिभिजनमा काम गर्थे तर पारिश्रमिक त्यस्तो राम्रो थिएन । मैले महिनाको ६ हजार कमाउँथे, त्यो पनि समयमा आउँथेन र मसँग कुनै बचत पनि थिएन । मिस नेपालको बेलामा तालिम सत्रहरुमा जाँदा आफूलाई अब्बल देखाउन अलिअलि खर्च गर्नुपर्थ्यो। पहिरन, मेकअप तथा गाडी भाडामा पैसा खर्च हुन्थ्यो । मलाई याद छ, उहाँले मलाई सजिलो होस्, गार्हो नहोस् भनेर हातैमा ठूलो रकम थमाउँदै ल तिमीलाई केमा खर्च गर्नुपर्छ मजाले खर्च गर्नु भनेर दिनुहुँदाचाँहि त्यतिबेला म धेरै भावुक बनेकी थिएं । उहाँको पोस्टिङ त्यतिबेला पोखरा ब्यारेकमा थियो। हातमा पैसा दिएर गएपछि म एकछिन अक्क न बक्क परें। पछि कुद्दै ढोकामा पुगेर अँगालो हाल्न पुगें ।पछि फिर्ता गर्नुभयो त पैसा?

(हास्दै) त्यही पैसा भनेर त फिर्ता गरिन तर अरु प्रकारले गरें। त्यो बेलाको पैसा बराबरको मूल्य त मैले कहाँ चुकाउन सकूँला र?नेपाली समाजमा बाबुआमाले छोरीको कमाइ खानु हुँदैन भन्ने छ। यो कुराचाँहि तपाईंलाई कस्तो लाग्छ ?हामी यस्तो बराबरी र समानताको कुरा गर्छौं, अनि छोरी राम्रो कमाउँछिन् अनि पुर्‍याउनसक्ने अवस्थामा छिन् भने किन परिवारलाई सहयोग नगर्ने? त्यसो भन्नु बाबुआमाको एउटा आत्मस्वाभिमानको कुरा होला तर मिल्छ भने आफ्नो बाबुआमालाई गर्नुपर्छ।मिस नेपालपछि विभिन्न खाले सामाजिक कामहरु गर्ने सिलसिलामा नेपालका विभिन्न ठाउँहरु पुग्नुभएको छ। आम नेपाली छोरीकहरुको जीवन कस्तो पाउनुभयो? उनीहरुका लागि बाबुहरुले के गर्नुपर्छ जस्तो लाग्छ?१० वर्ष अगाडिको अवस्था र अहिले त धेरै नै परिवर्तनहरु भएका छन् । समाज र मानिसहरुको मानसिक्तामा राम्रै विकास भएको छ। तर मलाई अझै पनि बुबाहरुले छोरीहरुको पढाइमा लगानी गरिदिनुभयो भने उसले जीवनभर आर्थिकरुपमा जीविकापार्जन गर्नसक्छिन्। एउटा परिवार धान्न सक्ने गराउनुपर्छ। जब उनी आर्थिक रुपमा स्वावलम्बी भएर कुनै परिवारमा जान्छिन्, त्यहा

 

उनले कसैको भर पर्नपर्दैन। अहिले यसो हेर्दा त्यही भर पर्ने अवस्थाले त छोरीहरु कमजोर हुने मुख्य कारण देखिएको छ नि । पैसा कमाइदैन, उहाँले कमाउनुभएको छ, खुवाउनुभएको छ, लगाइदिनुभएको छ भनेर खुम्चिने गर्नुपरेको छ। आत्मनिर्भर भएपछि आफ्नो निर्णय गर्नसकियो। त्यसैले बाबुहरुले आफ्ना छोरीहरुको पढाइमा लगानी गर्नुपर्छ।

 

भोलिका दिनमा तपाईं आमा बनेपछि छोराछोरीलाई लैगिंक समानताको कुनचाँहि कुरा नबिर्सी सिकाउनुहुन्छ?सानोसानो कामहरु गर्नुपर्छ, छोरीमान्छेले मात्र घरको खाना बनाउने, सफाइको काम गर्ने नभइ छोराले पनि गर्नुपर्छ भनेर सिकाउँदै हुर्काउँने गर्नेछु। अर्को कुरा बाहिर निस्कदा सबैलाई सम्मान गर्नुपर्छ, कसैलाई कुना कुराको आधारमा भेदभाव गर्न हुँदैन भनेर सिकाउँछु।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वीरगञ्जमा पालाको व्यापार बढेन

वीरगञ्ज (पर्सा),  वीरगञ्ज महानगर–११ रानीघाटका १४ वर्षीय आलोक प्रजापति तीन वर्षदेखि वीरगञ्जको घण्टाघरचोकको छेवैको फुटपाथमा दीपावली, तिहार र छठ पर्वमा प्रयोग हुने माटाका भाँडाकुँडा बेच्दै आइरहनुभएको छ । तर अघिल्ला वर्षका दीपावलीमा जस्तै यसपालि माटाका भाँडाकुँडाको व्यापार भने उत्साहजनक नभएको गुनासो गर्नुहुन्छ । “अघिल्ला...

पन्ध्र शय्याका दुई आधारभूत अस्पताल सञ्चालनमा

तम्घास।    देशभरमा नै १५ शय्याका अस्पतालको निर्माणको समेत काम नसकिएको अवस्थामा गुल्मीमा भने १५ श्ययाका दुई आधारभूत अस्पताल सञ्चालनमा आएका छन् । तत्कालीन सरकारले गाउँका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले ०७७ मङ्सिर १५ गते देशभरका ३९६ पालिकामा पाँच, १० र १५ शय्याका...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६० पैसा र बिक्रीदर...

इजरायलद्वारा दक्षिण लेबनानमा हवाई आक्रमण

बेरुत, इजरायली लडाकु विमानहरूले सोमबार बिहान दक्षिण लेबनानका विभिन्न स्थानमा हवाई आक्रमण गरेको लेबनान राष्ट्रिय समाचार संस्था (एनएनए) ले जनाएको छ। प्राप्त जानकारी अनुसार, इजरायली ड्रोनहरू अल–जहरानी क्षेत्रका गाउँ, बेरुत सहर र त्यसका दक्षिणी उपत्यकामा निकै तल्लो उचाइमा व्यापक रूपमा उडान गरिरहेका थिए, जसले...

इजरायलद्वारा दक्षिण लेबनानमा हवाई आक्रमण

बेरुत, इजरायली लडाकु विमानहरूले सोमबार बिहान दक्षिण लेबनानका विभिन्न स्थानमा हवाई आक्रमण गरेको लेबनान राष्ट्रिय समाचार संस्था (एनएनए) ले जनाएको छ। प्राप्त जानकारी अनुसार, इजरायली ड्रोनहरू अल–जहरानी क्षेत्रका गाउँ, बेरुत सहर र त्यसका दक्षिणी उपत्यकामा निकै तल्लो उचाइमा व्यापक रूपमा उडान गरिरहेका थिए, जसले...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौँ, सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच...

चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत

बागमती,  चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको करिब छ दशमलव १९ प्रतिशतमात्र खर्च गरेको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आव २०८२/८३ को साउनदेखि असोजसम्ममा तीन महिनामा कुल...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

गुञ्जिन छाडे पुराना भैली गीत

कञ्चनपुर, तिहारका बेला कञ्चनपुरसहित सुदूरपश्चिमका गाउँगाउँमा पुराना भैली (भैलो) गीत गुञ्जिन छाडेका छन् । आधुनिकताको प्रवेशसँगै घरघरमा पुगेर डिजेमा बजाइने देउसीभैली गीतमा नाच्ने प्रवृत्ति मौलाउँदै जाँदा पुराना भैली गीत गाउने चलन हट्दै जान थालेको हो । आधुनिक साउण्ड सिस्टममा गीतहरू बजाएर नाच्ने कार्यले पुरानो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

मौन पीडामा मानसिक समस्या बढ्दै

विराटनगर,  गत भदौ २३ र २४ मा भएकोे ‘जेनजी’ प्रदर्शनले सत्ता परिवर्तनमात्र गरेन आम जनजीवनमा ‘अब के हुन्छ’ भन्ने प्रभाव छाड्यो । प्रदर्शनले गहिरो असर छाडेको छ । चाडपर्वका सम्मुखमा भएका प्रदर्शनले धेरैलाई तनावसमेत दियो । विराटनगरकी गृहिणी मञ्जु साह यस वर्षको दसँै पर्वभन्दा...

नेपालगन्जमा ‘नेशनल स्विमिङ च्याम्पिनसीप’ हुँदै

नेपालगञ्ज।आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पिनसीप-२०२५ आयोजना गरिने भएको छ । नेपालगन्ज स्वीमिङ क्लब बाँकेको आयोजनामा नेपालगन्जस्थित रङ्गशाला परिसरको पौडी पोखरीमा प्रतियोगिता हुनेछ । क्लबलका अध्यक्ष केशवराज न्यौपानेले प्रतियोगितामा देशभरबाट दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहने जानकारी दिनुभयो ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९