काठमाडौं । प्रमुख तीन दलका शिर्ष नेताहरूका बिचमा भेटबार्ता भएको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबाको बिचमा भेटबार्ता भएको हो ।साथमा सो बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकको पनि उपस्थिति रहेको थियो। आसन्न राष्ट्रियसभा निर्वाचन र समायिक राजनीतिक बिषयमा छलफल भएको बताईएको छ।






























































































































































