काठमाडौं । नेकपा एमालेले मंसिर १४ देखि पुस २ गतेसम्म गरेको १९ दिने महाकाली मेची यात्राबारे सातबुँदे निष्कर्ष निकालेको छ।आइतबार पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा यात्राबारे सातबुँदे निष्कर्ष निकालेको एमाले अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिए। आज आयोजित विशेष पत्रकार सम्मेलनमा ओलीले नेपाली जनता लोकतन्त्र, गणतन्त्र र
समाजवादको पक्षमा रहेको एमालेको पाइएको बताए।सुशासन, समृद्धि र विकास नै मुलुकको सर्वोपरी प्राथमिकता भएको भन्दै एमालेले समृद्धि र विकासको जगमा मात्र लोकतन्त्र बलियो हुने निष्कर्श निकालेको छ।
सङ्कल्प यात्राका क्रममा सयौँ माग पत्र, ज्ञापन पत्र र ध्यानाकर्षण पत्र प्राप्त भएकाले एमाले सरकारमा नभए पनि यसलाई प्रतिपक्षीको माध्यमबाट सधैँ घचघच्याउने एमालेले जनाएको छ।





























































































































































