
कैलाली । सामाजिक सचेतना मुलक लघु चलचित्र “हाम्रो साहारा ” सोमबार कैलालीको बर्दगोरिया गाउँपालिकामा प्रदर्शन भएको छ । कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुवँरको प्रमुख अथितिमा सुरु भएको कार्यक्रममा पालिका अध्यक्ष कुवँरले चलचित्रको उद्घाटन चलचित्र लाई सुरु गरेर गरेका हुन । असहायका लागि सहयोगी हातहरु नेपालद्वारा संचालित साहारा घरको कथा बस्तुमा तयार पारिएको उक्त लघु चलचित्र सोमबार पहिलो प्रदर्शन बर्दगोरियामा भएको हो । यसै गरि अबको केहु दिनमा कैलाली जिल्ला मा रहेका विद्यलयमा प्रदर्शन गर्ने साहारा घरका सदस्य यबम यस चलचित्र का लेखक सुनिल भण्डारीले जानकारी दिएका छन् ।
जेसिज हल बौनियामा चलचित्र पदर्शन भएको हो । चलचित्रको बारेमा बर्दगोरिया गाउँपालिका अध्यक्ष कुवँरले यस्तो चलचित्र निर्माण गर्नु राम्रो हो पछीका दिनहरुको सम्झाना रहन्छ । अब निर्माण गर्ने कार्यमा म लगाएत हाम्रो बर्दगोरियाको टिमबाट हुने सहयोग हुने छ भन्ने प्रतिबद्धता जनाएका छन् । आज पदर्शन नि:शुल्क रुपमा भएको हो अब हामीले साहारा घरलाई सहयोग हुने जतिको रकम त्योक्ने छौ ।
साथै कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष मिथुन गौतम ,२ का वडाध्यक्ष गोबिन्द बि.क र वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य , सशस्त्र प्रहरी बेस क्याम्पमा प्रमुख DSP , ईलाका प्रहरी कार्यलय बौनियाका इन्चार्ज लिलाराम आचार्य ,समाजसेवी देबेन्द्र शाही बालकन्या स्काउट दल र आदर्श स्काउट दल लगाएतको उपस्थिति रहेको साहारा घरका अध्यक्ष बल बहादुर बिष्टले जानकारी दिनु भएको छ ।