Baigyanik Media

Advertisement

Skip Ad

युरोपको माल्टामा नेपाली चर्चित कलाकारको बेजोड प्रस्तुती

माल्टा (युरोप) युरोपको माल्टामा नेपाली चर्चित कलाकारले आफ्नो बेजोड प्रस्तुती दिएकाछन् । ब्लुहर्स इन्टरटेनमेन्टको आयोजनामा शनिबार माल्टामा भएको संगीत र मनोरन्जनको साँझ,हाँस्न र नाँच्नको लागि भन्ने कार्यक्रममा नेपाली चर्चित कलाकारले आफ्नो बेजोड प्रस्तुती दिएकाहुन् । चर्चित गायक रामचन्द्र काफ्ले, जुनु रिजाल काफ्ले, हास्यकलाकार जितु नेपाल (मुन्द्रे), गोपाल नेपाल (फिस्टे) र शिवहरी आर्चायले आफ्नो प्रस्तुती मार्फत माल्टामा कार्यक्रममा सहभागी नेपाली दर्शकलाई भरपुर मनोरन्जन दिएका थिए ।कामको व्यस्तताबाट समय निकालेर कलाकारको प्रस्तुती हेर्न आएका दर्शक हाँस्दै नाँच्दै एकआफसमा रमाइ रहेका थिए । रातीको करिब ९ बजिसेकोको थियो । लाईटकोे उज्यालो प्रकाशले रातपनि दिनजस्तै माल्टाको शहर देखिन्थ्यो । रातीको समयमा पनि कलाकारको प्रतीक्षा गरेर बसिरहेका दर्शकको बीचमा एक्कासी हास्यकलाकार जितु नेपाल (मुन्द्रे) मञ्चमा देखिए । उनले जब नमस्कार गर्दै दर्शकलाई स्वागत गरे दर्शक दृघाबाट पनि वेलकम माल्टा भन्दै तालिका पर्रा छुटेका थिए । मुन्द्रले सुरुमा माल्टा देशको नीति नियम र सिस्टम (प्रक्रियाको) प्रशंसा गरेका थिए । यति राम्रो देशमा कामको सिलसिलामा आउने नेपाली झनै राम्रो भएको बताउँदै यो देशको सिस्टम सिकेर भविष्यमा आफ्नै देशमा केही गर्नुपर्ने स्मरण गराएका थिए । उनले भने, “मैले माल्टामा कतैपनि सडकमा प्रहरी देखिन, कतैपनि ट्राफिक जाम देखिन सबै अनुशासनमा आफ्नो कर्तव्य पालना गरेको देख्दा निकै खुसि लाग्यो ।” मलाईत यतापनि बालेन जस्तै व्यक्ति रहेछन् भन्ने लाग्यो । कलाकार मुन्द्रले माल्टामा रहेका नेपालीलाई तिखो व्यंग्यपनि गरे । विकसित देशमा आएका नेपालीहरुले समयको पालना गरी समयमै कार्यक्रम संचालन गर्छन होला सोचेको थिए तर सोचेजस्तो भएन भन्दा दर्शकहरुले नेपाली समय हो भन्दै उल्टै व्यंग्य गरेका थिए । तर कार्यक्रममा सहभागी सामाजिक अगुवा व्यक्ति भने भित्रभित्रै नेपालीको समयको लापारबाही गर्ने यस प्रसङ्ग र प्रवित्तिमा गम्भिर बनेका थिए । मुन्द्रले दर्शकको उपस्थिति थोरै देखेपछि व्यंग्यगर्दै दर्शक थोरै नभएको तर हल ठूलो भएको बताउँदा दर्शक मजाले हाँसेका थिए । अरु देशमा नेतालाई फुल बर्साउछन् हाम्रो देशमा त नेताका गाडी जलाउछन् भनेपछि दर्शकले उर्फिउर्फि हुटिङ गरेका थिए । कलाकार मुन्द्रेको जोडदार प्रस्तुती पछि चर्चित गायक जुनु रिजाल काफ्ले मञ्चमा आईन् । उनले सुरुमै गजलका छापामार भनेर चिनिएका टिकापुरका गजलकार धिरज त्रिवेणीको गलज एक सुन्दर शहर थियो पिपलछेउमै बर थियो, न दोष तिम्रो न दोष मेरो दोषीत हाम्रो नजर थियो भन्ने गजल सुरिलो स्वरमा गाउँदा दर्शकहरुले वावा गर्दै आनन्दले रमाएका थिए । त्यसपछि दोस्रो गीत सपनीमा आयौ प्रदेशी मेरो दाहिने हात समायौ, लगाइतका आधा दर्जनभन्दा गीत प्रस्तुत गरेकी थिइन् । पत्रकार संगको छोटो भलाकुसारीमा गजलकार धिरज त्रिवेणीलाई सम्झदै अहिले गुमनाम भएकोमा निकै दुःख लागेको उनले बताएकी थिईन् । तेस्रो प्रस्तुतीमा हास्यकलाकार शिवहरी आर्चाय र गोपाल नेपाल (फिस्टे)ले नेपालको राजनीतिको बारेमा व्यंग्य गरेका थिए । राजनीतिमा सुधार नआएसम्म जनताको जीवनस्तरमा सुधार नआउने प्रस्तुती देखाएका थिए । अन्त्यमा चर्चित कलाकार रामचन्द« काफ्लेले हिउँचुलिमा घाम लाग्यो घमाईलो, आफ्नै गाउँ आफ्नै ठाउँ लाग्छनी रमाइलो माया फेवा तालैमा भन्ने गीत गाउँदा दर्शक झुम्मीझुम्मि नाँचेका थिए । करिब एकदर्जन जति गीत गाएका काफ्लेको प्रस्तुतीमा दर्शकले भुरपुर मनोरन्जन लिएका थिए । श्रीमान् रामचन्द« काफ्ले र श्रीमती जुनु रिजाल काफ्लेले संगै गाएको गीतमा दर्शक निकै रमाएको सुदुरपश्चिम सेवा समाज माल्टाका महासचिब शिशिर जनालले बताए ।कार्यक्रममा ६ बर्षकी एलिना भण्डारीले दमदार नृत्य प्रस्तुत गरेकी थिइन भने नेपाल माल्टा व्याण्ड समुहका कलाकारले पनि आफ्नो कला प्रस्तुत गरेका थिए । ब्लुहर्स इन्टरटेनमेन्टको आयोजनामा शनिबार माल्टामा भएको संगीत र मनोरन्जनको साँझ,हाँस्न र नाँच्नको लागि भन्ने कार्यक्रमका संयोजक डिएस राणाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गैर आवासीय नेपाली संघ माल्टाका कार्यवाहक अध्यक्ष मधु घोताने गुरुङ रहेका थिए । असिम लोप्चन तामाङले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य सचिब अमर रावतले राखेका थिए । कार्यक्रम सफल पार्न नेपालबाट आएका कलाकार र अन्य सहयोग गर्नेलाई सम्मान गरेको सन्तोस पाठकले जानकारी दिएकाछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कागती बिक्री गरेर तीन लाख आम्दानी

भोजपुर,  यहाँको पौवादुङमा गाउँपालिका–४ बस्तिमका ४० वर्षीय नवराज घिमिरेले व्यावसायिक रूपमा कागतीखेती गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । घिमिरेले कागती बिक्रीबाट वार्षिक रु तीन लाखसम्म आम्दानी हुने बताउनुभयो । अहिले उहाँले करिब १० रोपनी क्षेत्रमा सानाठूला गरी ३५० बोट कागती रोप्नुभएको छ ।...

नेपाल सम्वत् हाम्रो स्वाभिमान, स्वतन्त्रता र राष्ट्रिय पहिचानको प्रतीक होः सभामुख घिमिरे

काठमाडौँ,  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाल सम्वत् ११४६ ले सबैलाई संवैधानिक उपलब्धिको रक्षा गर्दै समुन्नत, समावेशी र सुशासित नेपाल निर्माणतर्फ एकजुट भई अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । नेपाल सम्वत् ११४६ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर स्थिर रहँदा यूरोपियन यूरो, युके पाउण्ड स्ट्रलिङको भाउ घटेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ...

इजरायलद्वारा दक्षिण लेबनानमा हवाई आक्रमण

बेरुत, इजरायली लडाकु विमानहरूले सोमबार बिहान दक्षिण लेबनानका विभिन्न स्थानमा हवाई आक्रमण गरेको लेबनान राष्ट्रिय समाचार संस्था (एनएनए) ले जनाएको छ। प्राप्त जानकारी अनुसार, इजरायली ड्रोनहरू अल–जहरानी क्षेत्रका गाउँ, बेरुत सहर र त्यसका दक्षिणी उपत्यकामा निकै तल्लो उचाइमा व्यापक रूपमा उडान गरिरहेका थिए, जसले...

अलौकिक ‘पञ्चकुण्ड हिमताल’

म्याग्दी, उत्तर, पूर्व र पश्चिम तीनतिर उभिएका हिमाल । हिउँ नहुँदा वरपर सुक्खा र उजाड पहाड । हिमालका फेदीमा ताल । तालको रङ निलो । आकाश खुल्दा तालमा देखिने हिमालको नीलगिरि हिमालको छायाँ । सूर्याेदमा ‘सुन’ र रातमा जुन चम्किँदा ‘चाँदी’ झैँ टलक्क टल्कने...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौँ, सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच...

चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत

बागमती,  चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको करिब छ दशमलव १९ प्रतिशतमात्र खर्च गरेको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आव २०८२/८३ को साउनदेखि असोजसम्ममा तीन महिनामा कुल...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

गुञ्जिन छाडे पुराना भैली गीत

कञ्चनपुर, तिहारका बेला कञ्चनपुरसहित सुदूरपश्चिमका गाउँगाउँमा पुराना भैली (भैलो) गीत गुञ्जिन छाडेका छन् । आधुनिकताको प्रवेशसँगै घरघरमा पुगेर डिजेमा बजाइने देउसीभैली गीतमा नाच्ने प्रवृत्ति मौलाउँदै जाँदा पुराना भैली गीत गाउने चलन हट्दै जान थालेको हो । आधुनिक साउण्ड सिस्टममा गीतहरू बजाएर नाच्ने कार्यले पुरानो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

मौन पीडामा मानसिक समस्या बढ्दै

विराटनगर,  गत भदौ २३ र २४ मा भएकोे ‘जेनजी’ प्रदर्शनले सत्ता परिवर्तनमात्र गरेन आम जनजीवनमा ‘अब के हुन्छ’ भन्ने प्रभाव छाड्यो । प्रदर्शनले गहिरो असर छाडेको छ । चाडपर्वका सम्मुखमा भएका प्रदर्शनले धेरैलाई तनावसमेत दियो । विराटनगरकी गृहिणी मञ्जु साह यस वर्षको दसँै पर्वभन्दा...

नेपालगन्जमा ‘नेशनल स्विमिङ च्याम्पिनसीप’ हुँदै

नेपालगञ्ज।आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पिनसीप-२०२५ आयोजना गरिने भएको छ । नेपालगन्ज स्वीमिङ क्लब बाँकेको आयोजनामा नेपालगन्जस्थित रङ्गशाला परिसरको पौडी पोखरीमा प्रतियोगिता हुनेछ । क्लबलका अध्यक्ष केशवराज न्यौपानेले प्रतियोगितामा देशभरबाट दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहने जानकारी दिनुभयो ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९