मोफसलमा जमेकी लक्षणा राईको बढ्दो व्यस्तता

काठमाडौंं। हास्य टेलिशृंखला‘दोबाटे’की कलाकार लक्षणा राईको निकै व्यस्तता बढेको छ । दोबाटेमा ‘थसुल्ली’को भूमिकामा प्रस्तुत भइरहेकी लक्षणा दर्शकलाई हसाइरहेकी छिन् । उनलाई विभिन्न टेलिफिल्महरुबाट अफर आईरहेको बताउँछिन् । मोरङ पथरीशनिश्चरेकी उनी दोबाटेमा मात्र हैन विल्सन विक्रम राईद्धारा निर्देशित ‘फुर्के नम्बर १’मा पनि ठेट जनजाति टोनमा दर्शकलाई मनोरञ्जन दिएकी छिन् ।  उनलाई काठमाडौंमा बसेर भन्दा मोफसलमै बसेर काम गर्न मन पर्ने बताउँछिन् । उनी भन्छिन्, ‘अब मोफसल भन्ने शब्दको अर्थ नै गलत छ जस्तो लाग्छ । इन्टरनेटको युगमा जहाँ बसेर नि काम गर्न सकिन्छ, के मोफसल के राजधानी ।’ सानैदेखि कलाकारभन्दा पनि गीतकार बन्ने रहर बोकेकी थसुल्लीले कलाकारिता क्षेत्रमा आउनु चिठ्ठा परेको मान्छिन् । उनले हास्य कलाकार बन्छु भनेर कहिल्यै नसोचेको बताउँछिन् । ‘तत्कालीन समय झापा दमकको ‘हिमशिखर’ टेलिभिजनबाट ‘दोबाटे’ प्रसारण हुने भएपछि पत्रकार गोपाल काफ्ले दाइले काम गर्छाै भनेर सोध्नुभयो,’ सुरुवाती दिन सम्झिन्दै उनले भनिन्,  ‘झट्ट काम गर्न मन लागेन । दाइले तिमी सक्छौले भनेर कर गर्नुभयो। ममीले पनि गर भन्नुभयो। त्यसपछि टेलिसिरियलमा काम गर्न तयार भएँ । आज त्यही कारण यो क्षेत्रमा छु ।’


कहिल्यै स्टेज कार्यक्रममा सहभागी भएकी थिइनँस्कुल पढ्दाताका सानातिना कार्यक्रममा सहभागी भए । पहिलो दिन क्यामरा फेस गर्दा एकदमै डर लाग्यो । अहिले त बानी परिसक्यो, जे दिएपनि ‘वानटेक’ मै ‘ओके’ हुन्छ । शिक्षण पेशामा समेत क्रियाशील राई आफु अभिनयमा छुच्ची भए पनि भित्र भने निकै भाबुक रहेको बताउँछिन् । उनले भनिन्, ‘कसैको दुःखको देख्न सक्दिनँ, आँशु झरिहाल्छ । अझ बुढापाका मानिसहरुको दुःख देख्दा मन नै बहकिन्छ । सक्दो सहयोग गर्न मन लाग्छ ।’
आफुलाई लक्षणाभन्दा पनि थसुल्ली भनेर चिन्ने गरेको उनी बताउँछिन् । ‘अहिले कतै कार्यक्रममा जाँदा सबैले ‘थसुल्ली दिदी’ भनेर बोलाउँछन्, लक्षणा नाम नै हराइसक्यो,’ उनी भन्छिन् । अब त थसुल्ली भन्दा नै रमाइलो लाग्छ ।कलाकारिता क्षेत्रमा आउने प्रेरणा आफ्नो शिक्षक गुणराजबाट प्राप्त भएको उनी बताउँछिन् । भन्छिन्, ‘सरले हिजोका दिनमा केही गर नाम राख भनेर हौसल्ला दिनुहुन्थ्यो । एकदमै सर्पोट गर्नुहुन्थ्यो । उहाँले डोहो¥याएर मात्र हैन, काँधमै बोकेर हिँडाउनु भयोभन्दा फरक पर्दैन ।’तर, उनै शिक्षक गुणराजले भने उनको सफलता देख्न पाएन् । थसुल्ली भन्छिन्, ‘उहाँले मेरो यो सफलता आज देख्न पाउनुभएको भए कति गौरव गर्नुहुन्थ्यो होला । उहाँलाई एकदमै मिस गर्छु ।’सरकारले टिकटक बन्द गरेकोमा उनलाई मन परेको छैन । उनले अभिनय गरेका क्लिप्सहरु टिकटकमा धेरै हिट भएका छन्। सरकारले टिकटक बन्द गरेकोमा दुख लागेको बताउँछिन् । ‘टिकटकमा बेथिति मात्र छैन, कलाप्रतिभाहरु हिट भएका छन्,’ उनले भनिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापा-१ मा रास्वपाकी निशा डाँगी निर्वाचित

झापा,  झापा निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार निशा डाँगी निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृत गोपी विश्वकर्माका अनुसार रास्वपाका उम्मेदवार डाँगीले ४५ हजार ६८० मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाँका अनुसार निकटतम प्रतिस्पर्धी नेपाली...

समानुपातिकतर्फ १२ लाख ५५ हजार मतगणना

काठमाडौँ,  समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल १२ लाख ५५ हजार ४८२ मतगणना भएको छ ।निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायम छ । सो दलले हालसम्म कुल ६ लाख ४३ हजार ७५६ मत प्राप्त गरेको छ ।     यस्तै, नेपाली कांग्रेसले...

बैतडीको महरागाउँमा ‘इन्फ्लुएञ्जा बी’को सङ्क्रमण

दशरथचन्द (बैतडी), बैतडीको पुर्चाैंडी नगरपालिका–१० महरागाउँमा फैलिएको भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भएको पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भाइरस भएको पुष्टि भएको हो । भाइरल ज्वरोका कारण यही फागुन ११ गते महरागाउँका १३ वर्षीय विनोद महरा र १६ गते १०...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

भक्तपुरमा समानुपातिकतर्फको मतगणना सुरु

भक्तपुर, प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुरको निर्वाचन क्षेत्र नं २ बाट समानुपातिकतर्फको मतगणना सुरु भएको छ । प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भएपछि सर्वपक्षीय सहमति अनुसार आज साँझदेखि समानुपातिकतर्फको मतगणना सुरु भएको मतदान अधिकृत राधिका सुवालले जानकारी दिनुभयो ।   मतगणना अनुसार समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

सुर्खेत— १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

कर्णाली,  सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले उहाँ निर्वाचित हुनुभएको हो । यहाँ शाहीले...

कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित

दोधारा चाँदनी (कञ्चनपुर),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहरा विजयी हुनुभएको छ । उहाँले ३३ हजार ९५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी)ले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द

गलकोट (बागलुङ),  बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा सङ्क्रमण फैलिएपछि पालिकाभरका विद्यालय बन्द गरिएको छ । ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाका बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुरा फैलिएको छ ।   यस क्षेत्रका ५० जनामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिनुका साथै २२ जनाको बुर्तिबाङ अस्पताल उपचार...

कञ्चनपुर–२ बाट नवनिर्वाचित रास्वपा नेता बोहराद्वारा महाकाली अस्पतालको निरीक्षण

दोधारा चाँदनी (कञ्चनपुर),  कञ्चनपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपक बोहराले महाकाली प्रादेशिक अस्पताल निरीक्षण गरी सेवा–सुविधाबारे जानकारी लिनुभएको छ । आज निर्वाचित भएपछि उहाँ अस्पतालको सेवा सुविधाबारे जानकारी लिन अस्पताल पुग्नुभएको थियो । उहाँलाई...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९