Baigyanik Media

Advertisement

Skip Ad

क्यानले सार्वजनिक गर्‍यो क्रिकेटको वार्षिक क्यालेण्डर

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२४ को वार्षिक खेल तालिका सार्वजनिक गरेको छ । क्यानले बिहीबार वर्षभर आयोजना गरिने खेल तालिका सार्बजनिक गरेको हो ।क्यानद्वारा सार्वजनिक गरिएको वार्षिक क्यालेन्डरमा जनवरी ५ देखि १२ सम्म दक्षिण अफ्रिकामा यू–१९ हाई प्रफरमेन्स क्याम्प सञ्चालन हुने, जनवरी १३ देखि फेब्रुअरी ११ सम्म दक्षिण अफ्रिकामा पुरुष यू–१९ विश्वकप आयोजना हुने, फेब्रुअरी ५ देखि मार्च २५ सम्म क्यानडाविरुद्धको सिरिज खेल्ने तथा फेब्रुअरी मलेसियामा एसीसी महिला प्रिमियर कप खेल्ने उल्लेख छ ।

 

 

यसैगरी फेब्रुअरी २७ देखि मार्च ५ सम्म नेपालले नामिबिया र नेदरल्यान्ड्सँग त्रिकोणात्मक टी–२० सिरिज खेल्ने, मार्चमै हङ्कङमा चार राष्ट्र सम्मिलित टी–२० सिरिज खेल्ने, मार्च १९ देखि अप्रिल ३० सम्म घरेलु मैदानमा आयरल्यान्डको ‘ए’ टोलीसँग पाँचवटा एकदिवसीय खेलको सिरिज खेल्ने तथा मार्च–अप्रिलमा बंगलादेश, श्रीलंका र अफगानिस्तानको ‘ए’ टोलीसँग टी–२० सिरिज खेल्ने छ ।

 

 

त्यस्तै अप्रिलमा एसीसी मेन्स प्रिमियर कप टी–२० प्रतियोगिता, अप्रिल-मे मा महिला द्विपक्षीय टी–२० शृंखलामा सहभागिता जनाउने, जुनमा अमेरिका र वेस्ट इन्डिजमा आईसीसी टी–२० पुरुष विश्वकप खेल्ने तथा जुलाई–अगस्तमा नेपाली टिम बेलायत भ्रमणमा जाने वार्षिक क्यालेन्डरमा उल्लेख गरिएको छ । बेलायत भ्रमणका क्रममा नेपालले एकदिवसीय र टी–२० सिरिज खेल्ने उल्लेख गरिएको छ ।

 

 

त्यस्तै  जुलाई–अगस्तमा महिला द्विपक्षीय टी–२० सिरिज खेल्ने, सेप्टेम्बरमा पुनः महिला द्विपक्षीय टी–२० सिरिज आयोजना गर्ने, सेप्टेम्बरमै एसीसी महिला एसिया कप खेल्ने, सेप्टेम्बरमै नेपाल, क्यानडा र ओमन सम्मिलित पुरुष टी–२० क्रिकेट सिरिज खेल्ने तथा अक्टोबरमा पुरुष यू–१९ एसिया कप खेल्ने पनि वार्षिक क्यालेन्डरमा उल्लेख रहेको छ ।यसैगरी अक्टोबरमा अमेरिकामा आयोजक राष्ट्र र स्कटल्यान्डसँग टी- २० सिरिज खेल्ने, नोभेम्बरमा आईसीसी महिला यू–१९ विश्वकपको छनोट प्रतियोगिता खेल्ने, नोभेम्बर १६ देखि डिसेम्बर ७ सम्म नेपाल प्रिमियर लिग आयोजना गर्ने, डिसेम्बरमा महिला द्विपक्षीय टी–२० सिरिज आयोजना गर्ने तथा डिसेम्बरमा नै पुरुष प्रथम श्रेणीको तीन दिवसीय प्रतियोगिता आयोजना गर्ने वार्षिक क्यालेन्डरमा समावेश गरिएको छ । डिसेम्बरमा नै पुरुष टी–२० इमर्जिङ टिम एसिया कप खेल्ने उल्लेख छ ।

 

 

घरेलु गतिविधितर्फ डिसेम्बरमा प्रधानमन्त्री कप महिला क्रिकेट आयोजना गर्ने, फेब्रुअरीमा मनमोहन मेमोरियल यू–१६ प्रतियोगिता आयोजना गर्ने, जनवरी–फेब्रुअरीमा प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने तथा जनवरी–फेब्रअरीमा नै महिला यू–१९ राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने वार्षिक क्यालेन्डरमा उल्लेख छ । यसैगरी फेब्रुअरी, मार्च र अप्रिलमा दुई दिवसीय र तीन दिवसीय पुरुष एलिट ट्रफी आयोजना गर्ने, फेब्रुअरीमा सुशिल कोइराला च्याम्पियन्स ट्रफी आयोजना गर्ने, फेब्रुअरी–मार्चमा इन्डो–नेपाल टी–२० प्रतियोगिता आयोजना गर्नेलगायतका कार्यक्रम क्यानले सार्वजनिक गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वीरगञ्जमा पालाको व्यापार बढेन

वीरगञ्ज (पर्सा),  वीरगञ्ज महानगर–११ रानीघाटका १४ वर्षीय आलोक प्रजापति तीन वर्षदेखि वीरगञ्जको घण्टाघरचोकको छेवैको फुटपाथमा दीपावली, तिहार र छठ पर्वमा प्रयोग हुने माटाका भाँडाकुँडा बेच्दै आइरहनुभएको छ । तर अघिल्ला वर्षका दीपावलीमा जस्तै यसपालि माटाका भाँडाकुँडाको व्यापार भने उत्साहजनक नभएको गुनासो गर्नुहुन्छ । “अघिल्ला...

पन्ध्र शय्याका दुई आधारभूत अस्पताल सञ्चालनमा

तम्घास।    देशभरमा नै १५ शय्याका अस्पतालको निर्माणको समेत काम नसकिएको अवस्थामा गुल्मीमा भने १५ श्ययाका दुई आधारभूत अस्पताल सञ्चालनमा आएका छन् । तत्कालीन सरकारले गाउँका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले ०७७ मङ्सिर १५ गते देशभरका ३९६ पालिकामा पाँच, १० र १५ शय्याका...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६० पैसा र बिक्रीदर...

इजरायलद्वारा दक्षिण लेबनानमा हवाई आक्रमण

बेरुत, इजरायली लडाकु विमानहरूले सोमबार बिहान दक्षिण लेबनानका विभिन्न स्थानमा हवाई आक्रमण गरेको लेबनान राष्ट्रिय समाचार संस्था (एनएनए) ले जनाएको छ। प्राप्त जानकारी अनुसार, इजरायली ड्रोनहरू अल–जहरानी क्षेत्रका गाउँ, बेरुत सहर र त्यसका दक्षिणी उपत्यकामा निकै तल्लो उचाइमा व्यापक रूपमा उडान गरिरहेका थिए, जसले...

इजरायलद्वारा दक्षिण लेबनानमा हवाई आक्रमण

बेरुत, इजरायली लडाकु विमानहरूले सोमबार बिहान दक्षिण लेबनानका विभिन्न स्थानमा हवाई आक्रमण गरेको लेबनान राष्ट्रिय समाचार संस्था (एनएनए) ले जनाएको छ। प्राप्त जानकारी अनुसार, इजरायली ड्रोनहरू अल–जहरानी क्षेत्रका गाउँ, बेरुत सहर र त्यसका दक्षिणी उपत्यकामा निकै तल्लो उचाइमा व्यापक रूपमा उडान गरिरहेका थिए, जसले...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौँ, सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच...

चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत

बागमती,  चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको करिब छ दशमलव १९ प्रतिशतमात्र खर्च गरेको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आव २०८२/८३ को साउनदेखि असोजसम्ममा तीन महिनामा कुल...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

गुञ्जिन छाडे पुराना भैली गीत

कञ्चनपुर, तिहारका बेला कञ्चनपुरसहित सुदूरपश्चिमका गाउँगाउँमा पुराना भैली (भैलो) गीत गुञ्जिन छाडेका छन् । आधुनिकताको प्रवेशसँगै घरघरमा पुगेर डिजेमा बजाइने देउसीभैली गीतमा नाच्ने प्रवृत्ति मौलाउँदै जाँदा पुराना भैली गीत गाउने चलन हट्दै जान थालेको हो । आधुनिक साउण्ड सिस्टममा गीतहरू बजाएर नाच्ने कार्यले पुरानो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

मौन पीडामा मानसिक समस्या बढ्दै

विराटनगर,  गत भदौ २३ र २४ मा भएकोे ‘जेनजी’ प्रदर्शनले सत्ता परिवर्तनमात्र गरेन आम जनजीवनमा ‘अब के हुन्छ’ भन्ने प्रभाव छाड्यो । प्रदर्शनले गहिरो असर छाडेको छ । चाडपर्वका सम्मुखमा भएका प्रदर्शनले धेरैलाई तनावसमेत दियो । विराटनगरकी गृहिणी मञ्जु साह यस वर्षको दसँै पर्वभन्दा...

नेपालगन्जमा ‘नेशनल स्विमिङ च्याम्पिनसीप’ हुँदै

नेपालगञ्ज।आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पिनसीप-२०२५ आयोजना गरिने भएको छ । नेपालगन्ज स्वीमिङ क्लब बाँकेको आयोजनामा नेपालगन्जस्थित रङ्गशाला परिसरको पौडी पोखरीमा प्रतियोगिता हुनेछ । क्लबलका अध्यक्ष केशवराज न्यौपानेले प्रतियोगितामा देशभरबाट दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहने जानकारी दिनुभयो ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९