भारतले २० करोड लगानी गर्न पाउने अधिकार दिदाँ राष्ट्रियता कमजोर हुन्छ: कमल थापा

सुर्खेत। राप्रपा नेपालका अध्यक्ष कमल थापाले भारतले नेपालका योजनाहरुमा राजदुतावास मार्फत सिधा २० करोडसम्म खर्च गर्ने प्रावधानले राष्ट्रियता कमजोर हुने बताएका छन्। वीरेन्द्रनगरमा पार्टी प्रशिक्षण कार्यक्रममा आएका अध्यक्ष थापाले पत्रकार भेटघाटनमा विगतमा ५ करोडसम्म आयोजनाहरुमा सिधा खर्च गर्दै आएको भारतिय दुतावासले अहिले २० करोड सिधा खर्च गर्नुले नेपालमा समानान्तर सरकार चलाएजस्तो भएको भन्दै विरोध गरेका हुन्।

 

उनले नेपाल सरकार मातहत भएर खर्च गर्नुपर्ने ठाउँमा सिधा योजनामा खर्च गर्ने भएपछि राप्रपा नेपालले आपत्तिजनक रुपमा खेद प्रकट गरेको बताए। ‘सिधा लगानी हेर्दा नेपालमा भारतले समनन्तर सरकार चलाएको झझल्को दिएको छ।’ अध्यक्ष थापाले भने, ‘नेपाल सरकार मार्फत विकास तथा अन्य योजनाहरुमा भारतले काम गर्नुपर्छ।’

 

नेपाल सरकारले ठुलो गल्ती गरेको भन्दै विकासमा भारतले सीधा हात हाल्नु गलत भएकाले तत्काल सच्चाईनुपर्ने आफ्नो पार्टीको माग भएको थापाको भनाइ छ।
थापाले भारतीय विदेशमन्त्री डा. एस जयशंकर नेपालमा आएर भएको १० हजार मेगावाट विद्युत ब्यापार सम्झौता सकारात्मक बताए। ‘भारतीय बजारमा नेपाली विद्युतको पहुँच हुनु राम्रो हो।’ थापाले भने, ‘विगतमा आफुले लगानी गरेको विद्युत आयोजनाबाट मात्र लिनेमा अहिले अन्य लगानीबाट उत्पादन भएको विद्युत भारतिय बजारमा लैजाने सम्झौता प्रंशसिय छ।’’

अर्को प्रंसगमा थापाले भारतिय विदेश मन्त्रीलाई कुटनितिक मर्यादाभन्दा बाहिर गएर नेपालका पूर्वप्रधानमन्त्रीदेखि मन्त्रीहरु भेट्न जाँनु दुःखद भएको बताए।  थापाले राप्रपाले दुई वटा ढुङ्गामा खुट्टा राख्न नहुने भन्दै सत्ता केन्द्रित नभई आन्दोलनको लागि अघि बढ्न आग्रह  गरे । उनले बृहत राष्ट्रिय मोर्चा निर्माण गरि निर्णायक आन्दोलन गर्नुपर्ने समय आएको भन्दै राष्ट्रबादी ,देशभक्त र प्रजातन्त्रबादी शक्तिहरु मिलेर अघि बढ्नुको बिकल्प नभएको समेत स्पष्ट पारे ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९