काठमाडौं । सत्ता गठबन्धनले राष्ट्रिय सभाको निर्वाचनमा नेकपा एमालेलाई नसमेट्ने निर्णय गरेको छ।आज बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले राष्ट्रिय सभाको निर्वाचनमा एमालेलाई नसमेट्ने निर्णय गरेको हो। गठबन्धनबीच भागबण्डा टुंग्याउन आजै फेरि बैठक बस्नेछ।यसअघि प्रधानमन्त्री प्रधानमन्त्री ‘प्रचण्ड’ले राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई पनि समेट्ने गरी जानुपर्ने प्रस्ताव राखेका थिए।


































































































































































