काठमाडौं । सरकार नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ ।बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पार्टीबाट हुने उम्मेदवारको नाम टुंगो लगाउने विषयमा छलफल भइरहेको छ । आगामी ११ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २३ पुसमा उम्मेदवारी मनोनयनको कार्यतालिका छ । गठबन्धनमा भएको सहमतिअनुसार माओवादीले ६ सिट पाउनेछ ।
काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४८ रुपैयाँ तीन पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ४१ पैसा र बिक्रीदर १७१...



























































































































































