काठमाडौं । सरकार नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ ।बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पार्टीबाट हुने उम्मेदवारको नाम टुंगो लगाउने विषयमा छलफल भइरहेको छ । आगामी ११ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २३ पुसमा उम्मेदवारी मनोनयनको कार्यतालिका छ । गठबन्धनमा भएको सहमतिअनुसार माओवादीले ६ सिट पाउनेछ ।
काठमाडौँ, गोकर्णेश्वर उत्तर गया क्षेत्रमा पौषकृष्ण औँसीका अवसरमा श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि घुइँचो छ । गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्न आउने भक्तजनको घुइँचोका कारण जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकमा बिहानैदेखि जाम भएको छ । सो मार्गमा दुई घण्टा सवारी जाममा पर्दा समस्या भएको यात्रुको गुनासो छ । विभिन्न...























































































































































