काठमाडौं। राष्ट्रिय सभा सदस्यको सिट बाँडफाँट टुंग्याएपछि दलहरु आन्तरिक छलफलमा व्यस्त रहेका छन् । गठबन्धनमा भागबन्डा मिलेपछि उम्मेदवार टुंग्याउन दलहरु आ–आफ्ना बैठकमाम जुटेका छन् । १९ पदका निम्ति गठबन्धनमा भागबन्डा भएको हो । जसअनुसार कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले दुई र जनता समाजवादी पार्टी (जसपा)ले एक सिट पाएका छन् । भागबन्डा मिलेसँगै उम्मेदवार हुने व्यक्तिको नाम टुंंग्याउन दलहरुले बैठक राखेका छन् । आगामी ११ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २३ पुसमा उम्मेदवारी मनोनयनको कार्यतालिका छ ।
काठमाडौँ, गोकर्णेश्वर उत्तर गया क्षेत्रमा पौषकृष्ण औँसीका अवसरमा श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि घुइँचो छ । गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्न आउने भक्तजनको घुइँचोका कारण जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकमा बिहानैदेखि जाम भएको छ । सो मार्गमा दुई घण्टा सवारी जाममा पर्दा समस्या भएको यात्रुको गुनासो छ । विभिन्न...























































































































































