सुन्दर खवास र बिपना आङ्बुहाङको ‘जालहारी’ सार्वजनिक

काठमाडौं । गीतकार कल्पना आङ्बुहाङको ‘जालहारी’ बोलको गीत सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै आङ्बुहाङको ‘बाह्रमासे फूल’ गीति एल्बममा रहेको ‘जालहरी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।मनोज साङ्सोन राईको संगीत तथा राजु कार्कीको संगीत संयोजन रहेको गीतमा प्रवीण बेडवाल र रचना रिमालको स्वर रहेको छ । साथमा मन्माबी राई, लिला राई, तुरेम्पा हाङ, सुरेश राईको पनि आवाज रहेको छ ।‘जालहारी’को भिडियोलाई हाङ चेम्जोङले निर्देशन गरेका हुन् भने छायांकन तथा सम्पादन इशाक जबेगुले गरेका हुन् । यस भिडियोमा सुन्दर खवास र बिपना आङ्बुहाङ फिचर्ड छन् । भिडियो हेर्नुहोस…

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?