Baigyanik Media

Advertisement

Skip Ad

बजेट विनियोजन नहुँदा शहीद हिरालाल रंगशाला निर्माण ठप्प

 

बारा । नियमित रूपमा खेलकुद गतिविधि भइरहने शहीद हिरालाल रंगशालामा लामो समय बजेट विनियोजन नहुँदा निर्माण हुन सकेको छैन ।जिल्लामा सानादेखि ठूला प्रतियोगिता हुने मैदान निकै कम भएका कारण तत्कालिन युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले निजगढमा निर्माण हुने भनिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौंलाई तराईसँग जोड्ने फास्ट ट्र्याकको निर्माणपछि निजगढमा खेल मैदान आवश्यक हुने भन्दै २०७२ सालमा शहीद हिरालाल रंगशालाको निर्माणको घोषणा गरेका थिए ।सोही अनुरुप निजगढ नगरपालिका ९ मा रहेको यस रंगशालाको निर्माण थालनी भएको थियो । जस अन्तर्गत चार किल्ला छुट्टाउने, तरबार गर्न, खेल मैदान बनाउने कार्य भएको थियो र यस रंगशालाको डिपिआर समेत तयार गरिएको थियो तर मन्त्री पौडेलले २०७२ मा मन्त्रालय छाडे पच्यात हाल सम्ममा आठ मन्त्री दुई राज्यमन्त्री र एक सहायकमन्त्री भईसकेका छन तर यस रंगशालामा युवा तथा खेलकुद मन्त्रालयबाट बजेट आउन सकेको छैन जस्का कारण निमार्ण कार्य रोकिएको छ ।ठूला प्रतियोगिता हुन सक्ने रंगशालाको अवस्था दिन प्रतिदिन बिग्रँदो अवस्थामा छ । रंगशालाको मर्मत सम्भार हुँदै गयो भने अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता यहाँ नियमित गर्न सकिन्छ । फुटबल विकासका लागि सम्बन्धित निकायले ध्यान नदिएकाले रंगशाला मैदान खेल्न अयोग्य हुँदै गएको छ । यहीँ मैदानमा खेल खेलेर अन्डर १९ को नेपाली फुटबल टोलीमा समाबेश भएको नेपाली टिमका फरवार्ड समीर तामाङले बताए ।सानादेखि ठूला प्रतियोगिता हुने मैदानमा दुबोसमेत उप्किएर खाल्डाखुल्डी बनेको छ । अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता हुने भनेर निमार्ण गर्ने भनिएको रंगशालाको अवस्था बिग्रिंदै गए पनि सम्बन्धित निकायको ध्यान भने पुग्न सकेको छैन । खेल पर्यटनको सम्भावना बढ्दै गएको मधेश प्रदेशकै केन्द्र मानिने भनिएको रंगशालाको अवस्था भने खस्कँदै गएको छ ।रंगशालाको बिजोग भएपछि स्थानिएहरुको पहलमा वृक्षरोपण देखी थोपा सिचाई गरी हरीत रंगशाला बनाउने प्रयास गरी रहेका छन । उनीहरुलाई स्थानीए उघोग संचालकहरुले समेत साथ दिदै आएको स्थानीए उघोग संचालक सुर्दशन दर्गालले बताए ।

रंगशालामा नियमित स्थानिए प्रतियोगिता र फुटबल लगायतको खेलको प्रशिक्षणका लागि मैदान प्रयोग हुँदै आएका छन् । नियमित प्रतियोगिता हुने फुटबल मैदान अहिले कुनै पनि ठूला प्रतियोगिता आयोजना हुने अवस्थामा छैन, रंगशालाको यो अवस्थाले खेलप्रेमीलाई समेत चिन्तित बनाएको छ ।स्थानीय, क्षेत्रीयस्तर र राष्ट्रिय प्रतियोगिताका निम्ती खेल मैदान अभाब भईरहेको बेलामा निजगढ उपयुक्त स्थान हो । काठमाडौंलाई तराईसँग जोड्ने फास्ट ट्र्याकको निमार्ण पछि यो राजधानी संग एक घण्टाको दुरीमा सहजै पुग्न समेत सकिने यस रंगशालको निमार्णमा अहिलेसम्म राष्ट्रिय खेलुकद परिषद्ले कुनै रकम छुट्टाएको छैन ।बेलाबेलामा हामीले आन्तरिक र स्थानिए सरकारको सहयोगबाट नै रंगशालाको मर्मत सम्भार गर्दै आएका छौं तर रंगशालाका लागि भनेर राखेपले त अहिलेसम्म कुनै रकम पठाएको छैन । उनले मैदानको तारबार र लेबलिङको काम आन्तरिक स्रोत जुटाएर गरिएको शहीद हिरालाल रंगशालाका अध्यक्ष तथा पुर्व जनप्रतिनिधि जगत बहादुर न्यौपाने गोकुलले बताए ।सम्बन्धित निकायको बेवास्ताका कारण रंगशाला दिन प्रतिदिन बिग्रँदै गएको हो । अहिले मूल आवश्यकता भने रंगशालाको डिपिआर अनुसार निमार्ण गर्ने भए पनि त्यसतर्फ भने कुनै रकम छुट्याइएको छैन । अहिले रंगशालाको मैदानसँगै प्यारापिट निमार्ण नहुँदा मैदान दिन प्रतिदिन जीर्ण बन्दै गएको छ ।झन्डै ३५ बिगाहमा फैलिएको रंगशाला अहिले धुलाम्मे र दुबो केही नहुँदा नियमित परिक्षण गर्ने खेलाडीलाई समेत सकस बनिरहेको छ । खेलकुद विकासका निम्ति रंगशाला निमार्ण हुन सके यस क्षेत्रमा समेत पचुर संम्भावना भएका खेलाडी उत्पादन गर्न सकिने देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कागती बिक्री गरेर तीन लाख आम्दानी

भोजपुर,  यहाँको पौवादुङमा गाउँपालिका–४ बस्तिमका ४० वर्षीय नवराज घिमिरेले व्यावसायिक रूपमा कागतीखेती गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । घिमिरेले कागती बिक्रीबाट वार्षिक रु तीन लाखसम्म आम्दानी हुने बताउनुभयो । अहिले उहाँले करिब १० रोपनी क्षेत्रमा सानाठूला गरी ३५० बोट कागती रोप्नुभएको छ ।...

नेपाल सम्वत् हाम्रो स्वाभिमान, स्वतन्त्रता र राष्ट्रिय पहिचानको प्रतीक होः सभामुख घिमिरे

काठमाडौँ,  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाल सम्वत् ११४६ ले सबैलाई संवैधानिक उपलब्धिको रक्षा गर्दै समुन्नत, समावेशी र सुशासित नेपाल निर्माणतर्फ एकजुट भई अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । नेपाल सम्वत् ११४६ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर स्थिर रहँदा यूरोपियन यूरो, युके पाउण्ड स्ट्रलिङको भाउ घटेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ...

इजरायलद्वारा दक्षिण लेबनानमा हवाई आक्रमण

बेरुत, इजरायली लडाकु विमानहरूले सोमबार बिहान दक्षिण लेबनानका विभिन्न स्थानमा हवाई आक्रमण गरेको लेबनान राष्ट्रिय समाचार संस्था (एनएनए) ले जनाएको छ। प्राप्त जानकारी अनुसार, इजरायली ड्रोनहरू अल–जहरानी क्षेत्रका गाउँ, बेरुत सहर र त्यसका दक्षिणी उपत्यकामा निकै तल्लो उचाइमा व्यापक रूपमा उडान गरिरहेका थिए, जसले...

अलौकिक ‘पञ्चकुण्ड हिमताल’

म्याग्दी, उत्तर, पूर्व र पश्चिम तीनतिर उभिएका हिमाल । हिउँ नहुँदा वरपर सुक्खा र उजाड पहाड । हिमालका फेदीमा ताल । तालको रङ निलो । आकाश खुल्दा तालमा देखिने हिमालको नीलगिरि हिमालको छायाँ । सूर्याेदमा ‘सुन’ र रातमा जुन चम्किँदा ‘चाँदी’ झैँ टलक्क टल्कने...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौँ, सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच...

चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत

बागमती,  चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको करिब छ दशमलव १९ प्रतिशतमात्र खर्च गरेको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आव २०८२/८३ को साउनदेखि असोजसम्ममा तीन महिनामा कुल...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

गुञ्जिन छाडे पुराना भैली गीत

कञ्चनपुर, तिहारका बेला कञ्चनपुरसहित सुदूरपश्चिमका गाउँगाउँमा पुराना भैली (भैलो) गीत गुञ्जिन छाडेका छन् । आधुनिकताको प्रवेशसँगै घरघरमा पुगेर डिजेमा बजाइने देउसीभैली गीतमा नाच्ने प्रवृत्ति मौलाउँदै जाँदा पुराना भैली गीत गाउने चलन हट्दै जान थालेको हो । आधुनिक साउण्ड सिस्टममा गीतहरू बजाएर नाच्ने कार्यले पुरानो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

मौन पीडामा मानसिक समस्या बढ्दै

विराटनगर,  गत भदौ २३ र २४ मा भएकोे ‘जेनजी’ प्रदर्शनले सत्ता परिवर्तनमात्र गरेन आम जनजीवनमा ‘अब के हुन्छ’ भन्ने प्रभाव छाड्यो । प्रदर्शनले गहिरो असर छाडेको छ । चाडपर्वका सम्मुखमा भएका प्रदर्शनले धेरैलाई तनावसमेत दियो । विराटनगरकी गृहिणी मञ्जु साह यस वर्षको दसँै पर्वभन्दा...

नेपालगन्जमा ‘नेशनल स्विमिङ च्याम्पिनसीप’ हुँदै

नेपालगञ्ज।आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पिनसीप-२०२५ आयोजना गरिने भएको छ । नेपालगन्ज स्वीमिङ क्लब बाँकेको आयोजनामा नेपालगन्जस्थित रङ्गशाला परिसरको पौडी पोखरीमा प्रतियोगिता हुनेछ । क्लबलका अध्यक्ष केशवराज न्यौपानेले प्रतियोगितामा देशभरबाट दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहने जानकारी दिनुभयो ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९