भक्तपुर । देशको पूर्वी क्षेत्रबाट बढी माग हुन थालेपछि नेपाल इको प्यानलले उदयपुरको गाईघाटमा थप नयाँं डिलशिप दिएको छ। स्थानीय लक्की ग्रिललाई आफ्नो उत्पादन बिक्रीवितरण गर्ने जिम्मेवारीसहित डिलरशिप दिइएको नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर कृष्णभक्त दुवालले बताए।नेपालको पूर्वी क्षेत्रबाट आफ्ना उत्पादनहरुको माग बढ्न थालेकोले डिलरशिप थपेको उनले बताए। यसबाट पूर्वी जिल्लाहरूमा आफ्ना उत्पादनहरू विक्रीवितरण गर्न सहज हुने उनको विश्वास छ।
नेपाल इको प्यानल स्थायी वा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रूपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो। यो भूकम्पप्रतिरोधी हुनुका साथै तीव्र निर्माण सम्भब हुने निर्माण सामाग्री हो।हलुका हुनुले भूकम्पप्रतिरोधी हुनुका साथै कारखानामा पहिला नै बनाएर निर्माणस्थलमा जोडेमात्रै पुग्ने भएकाले यसको प्रयोगबाट तीव्र निर्माण सम्भव भएको हो। यसको कर्पाेरेट कार्यालय भक्तपुरको सल्लाघारीमा छ भने कारखाना जिल्लाकै चाँंगुनारायण नगरपालिका झौखेलमा रहेको छ।






















































































































































