
काठमाडौँ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जारी ३४औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा एपीएफ र नेपाल पुलिस खेल्ने भएका छन् ।बुधबार सम्पन्न सेमिफाइनलमा नेपाल पुलिसले त्रिभुवन आर्मीलाई तीन सेटको सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो । यस खेलमा पुलिसले आर्मीलाई २५-२१, २५-२३ र २५-१९ ले पराजित गरेको हो ।
त्यसअघि आजै सम्पन्न पहिलो सेमिफाइनलमा एपीएफले गण्डकी प्रदेशलाई २५-२३, २५-२० र २५-१५ ले पराजित गरेर फाइनलमा पुगेको थियो ।यो जितसँगै अब पुलिसले बिहीबार हुने फाइनलमा डिफेन्डिङ च्याम्पियन एपीएफको सामना गर्ने भएको छ ।नेपाल भलिबल संघको आयोजना र कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको फाइनल खेल एपीएफ र पुलिसबीच बिहीबार हुने छ ।