टीकापुर समाजिक सद्भाव र एकताको थलो : उपप्रधानमन्त्री खड्का

कैलाली । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले टीकापुर समाजिक सद्भाव र एकताको थलो भएको बताएका छन् । । सुदूरपश्‍चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव उद्घाटन गर्दै उनले  २०७२ सालको घटनापछि केही समय अशान्त रहन पुगेको टीकापुर अहिले पूर्ववत् शान्त अवस्थामा फर्कन थालेको उल्लेख गरे ।“यस क्षेत्रमा विभिन्न जातजाति र समुदायबीच सदियौँदेखि कायम रहिआएको समाजिक एकता, पारस्परिक सद्भाव र सहिष्णुतालाई हामीले कदापि खल्बलिन दिनुहुँदैन । यसतर्फ म यहाँका सबै राजनीतिकर्मी, बुद्धिजीवी र सर्वसाधारणको ध्यान आकृष्ट गर्न चाहन्छु”, उनले भने ।

 

सोही अवसरमा उपप्रधानमन्त्री खड्काले सुदूरपश्‍चिम प्रदेशलाई पर्यटन तथा कृषिको विकासमार्फत  समृद्धि बनाउन सकिने बताए । उनले दुईतिर छिमेकी मुलुकसँग सिमाना जोडिएको यो प्रदेशमा पर्यटन प्रवर्द्धन, औद्योगिक वस्तुको उत्पादन र निकासी, कृषि र पशुपालन क्षेत्रको विस्तार, जडीबुटी उत्पादन र प्रशोधन तथा शैक्षिक विकासलाई प्रवर्द्धन गरी यस क्षेत्रलाई मुलुककै एउटा आर्थिक हबको रूपमा विकास गर्ने प्रशस्त सम्भावना रहेको धारणा राखे ।“यो नेपालको ठूलो सम्भाव्यता बोकेको क्षेत्र हो। खप्तड र रामारोशन जस्ता मनोरम पर्यटकीय स्थलदेखि तराईका सुन्दर हरिया फाँटहरू भएको यो प्रदेशमा पर्यटन तथा कृषिको विकास मार्फत आर्थिक समृद्धिलाई चाँडै मूर्त रूप दिन सकिने स्थिति छ। यसका लागि यस क्षेत्रको प्रदेश सरकार र स्थानीय तहले एक आपसमा समन्वयात्मक ढङ्गले काम गरी अगाडि बढ्न आवश्यक छ। कर्णाली प्रदेश सँगसँगै यस क्षेत्रको आर्थिक र पूर्वाधार विकासका लागि नेपाल सरकारको तर्फबाट उपलब्ध गराउनुपर्ने सहयोगका लागि म सदा प्रतिबद्ध छु”, उनले भने ।

 

 

 

टीकापुर सुदूर पश्‍चिमको  सुन्दर र ठूलो आर्थिक सम्भावना बोकेको सहक भएको र सदरमुकाम धनगढीपछिको प्रमुख आर्थिक व्यापारिक केन्द्रको रूपमा रहेको उनको भनाइ थियो । “यो क्षेत्र पर्यटन विकासको दृष्टिले पनि उत्तिकै महत्त्वपूर्ण क्षेत्रको रूपमा रहेको छ। टीकापुरमा आयोजना हुन गइरहेको यो महोत्सवले यस क्षेत्रका कृषक, उद्यमी, व्यवसायी, कलाकारहरू सबैलाई एकै ठाउँमा जुटाई आफ्नो उत्पादन र सिर्जनाहरू व्यवस्थित तवरले प्रस्तुत गर्न, एक आपसमा ज्ञान तथा अनुभवको आदान प्रदान गर्न र सहकार्यका क्षेत्रहरू पहिल्याउन ठुलो सहयोग पुग्ने कुरामा दुई मत छैन”, उपप्रधानमन्त्री खड्काले भने ।

 

 

सुदूरपश्‍चिम प्रदेशको समग्र विकास र समृद्धिमा टेवा पुर्‍याउने उद्देश्यले पश्‍चिम सेती जलविद्युत आयोजना, पञ्‍चेश्वर बहुउद्देश्यीय आयोजना, रानीजमरा-कुलरिया सिँचाई आयोजना, चमेलिया जलविद्युत आयोजना, दोधारा-चाँदनी क्षेत्रमा सुख्खा बन्दरगाह निर्माण जस्ता ठुला परियोजनाका साथै अन्य मझौला तथा साना आयोजनाहरूको निर्माण र सञ्‍चालनका लागि सरकारले प्राथमिकताका साथ प्रक्रिया अगाडि बढाएको  उनले बताए । “भर्खरै मात्र गेटा मेडिकल कलेजलाई व्यवस्थित तवरमा सञ्‍चालनमा ल्याउन आवश्यक कार्यहरू प्रारम्भ गरिएको छ। उल्लिखित आयोजनाहरूको निर्माण सम्पन्न भएपछि यस क्षेत्रमा आर्थिक विकासका नयाँ क्षितिजहरू उद्‌घाटित हुने र रोजगारीका लागि हाम्रा भाइबहिनीहरू विदेशिनु पर्ने स्थितिको अन्त्य हुने कुरामा म विश्‍वस्त छु”, उनले भने ।

 

 

यस क्षेत्रको विकासका लागि विभिन्न पहलहरू गर्नुपर्ने खाँचो रहेको  उल्लेख गर्दै उपप्रधानमन्त्री खड्काले खासगरी २०७५ सालमा छोटी भन्सारबाट मूल भन्सारमा स्तरोन्नति भएको सत्ती भन्सार कार्यालया आवश्यक जनशक्ति, ल्याब सहितको क्वारेन्टाइन, सडकको सहज पहुँच लगायतका व्यवस्था मिलाउन जरुरी रहेको बताए । टीकापुर कृषि उत्पादनका लागि पनि ठुलो सम्भावना भएको क्षेत्र हो। यहाँ केराको पकेट क्षेत्र स्थापनाका लागि पहल हुन आवश्यक रहेको उनको धारणा थियो ।

 

 

कर्णाली नदीको सनकट्टी घाटमा पुल निर्माणका लागि ठेक्का भएकोमा यसका लागि आवश्यक बजेटको व्यवस्था गरी निर्माण कार्यलाई शीघ्रातिशीघ्र पूरा गर्न सके यसबाट कैलाली र बर्दिया दुवै तिरका जिल्लावासीलाई आवत-जावतमा ठुलो सहयोग पुग्नेछ भन्दै उनले  चिसापानी-कुइने हुँदै सुदूरपश्‍चिम र कर्णाली प्रदेशका पहाडी जिल्ला जोड्ने भरपर्दो सडक सञ्जालको निर्माण गर्न आवश्यक रहेको बताए । सुदूरपश्‍चिम प्रदेशको कृषि, उद्योग-व्यापार, शिक्षा, कला, संस्कृति र पर्यटनको प्रचार-प्रसार र प्रवर्द्धन गरी यस क्षेत्रको आर्थिक सामाजिक विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ टीकापुर उद्योग-वाणिज्य संघको आयोजनामा २०६५ सालदेखि  महोत्सव आयोजना हुँदै आएको छ ।

 

 

महोत्सवमा  प्रदर्शनीमा राखिने यस क्षेत्रका कृषि तथा औद्योगिक उत्पादनहरूले आम उपभोक्तामाझ ती वस्तुहरूलाई चिनाउन र तिनको आन्तरिक तथा बाह्य बजार विस्तार गर्न समेत मद्दत पुग्नेमा  उपप्रधानमन्त्री खड्काले विश्वास व्यक्त गरे । “महोत्सवले यस क्षेत्रमा उत्पादन भई अरू प्रदेशमा तथा देशबाहिरसमेत निकासी गर्न सकिने बहुमूल्य वस्तुहरूको पहिचान र प्रवर्द्धन गर्न तथा तिनको बजार विस्तार गर्न समेत मद्दत पुग्ने देखेको छु। महोत्सवको आयोजनाले  टीकापुरलाई शैक्षिक नगरीका रूपमा स्थापित गर्न समेत ठुलो सहयोग पुग्ने कुरामा कुनै शङ्का छैन”, उनले भने ।

 

 

महोत्सवले सुदूरपश्‍चिमको कला, संस्कृति, पर्यटनको प्रवर्द्धनमा योगदान पुग्नुका साथै यस क्षेत्रका विभिन्न समुदायका संस्कृति, परम्परा र साहित्यको जगेर्ना एवं विकास गर्न समेत ठुलो सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै भारतबाट आउने धार्मिक पर्यटकहरुलाई कैलाश मानसरोवर जोड्ने नाकाका रूपमा टीकापुरलाई विकास गर्न सके यसबाट यस क्षेत्रको पर्यटन उद्योगको विकासमा उल्लेख्य सहयोग पुग्ने उपप्रधानमन्त्री खड्काले उल्लेख गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

अन्तर्वार्ता : हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक

काठमाडौँ,  फ्रान्सका प्रसिद्ध फोटोग्राफर तथा चलचित्र निर्देशक एरिक भ्याली विशेषगरी नेपालको हिमाली क्षेत्रका समुदायहरूको जीवनशैली र प्रकृतिसँगको सम्बन्ध चित्रण गर्ने कार्यका लागि ख्यातिप्राप्त हुनुहुन्छ । सन् १९५२ मा फ्रान्समा जन्मिनुभएका उहाँले सन् १९८० को दशकदेखि दक्षिण एसियामा विशेष गरी नेपालमा निरन्तर काम गर्दै आउनुभएको...

माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा

काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न दश वामपन्थी पार्टीबीच एकता घोषणा भएको छ । भृकुटीमण्डपमा आज आयोजित विशेष समारोहमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी)लगायत...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ, स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा रू एक हजार एक सय र चाँदी तोलामा रू २५ ले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रू दुई लाख ३७ हजार २०० र चाँदी प्रतितोला रू दुई हजार...

चीनद्वारा अमेरिकी सामानमा थप शुल्क स्थगित

बेइजिङ, चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत हप्ताको भेटवार्तामा भएको सम्झौतालाई औपचारिक रूप दिँदै चीनले अमेरिकी सामानमा लगाइने अतिरिक्त शुल्क एक वर्षका लागि स्थगित गर्ने निर्णय गरेको छ । यससँगै विश्वका दुई ठूला अर्थतन्त्रबीचको नाजुक व्यापार युद्धविराम आगामी वर्षसम्म कायम...

सहकारीको रकम हिनामिना गरेको आरोपमा सात जना पक्राउ

गण्डकी, कास्कीस्थित पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिना गरेको आरोपमा प्रहरीले सहकारी सञ्चालक समितिका अध्यक्ष सुरेन्द्रबहादुर गोदारसहित सात जनालाई आज नियन्त्रणमा लिएको छ । अध्यक्ष गोदार, सचिव दिलबहादुर केसी, कोषाध्यक्ष हिरामणी दाहाल, सदस्य दोर्जे तामाङ, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, बजार प्रमुख वेदीप्रसाद...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ २५ पैसा र...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर),सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।     विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन...

पन्ध्र शय्याको बागलुङ नगर अस्पतालमा दुई मेडिकल अधिकृत

गलकोट (बागलुङ),  पन्ध्र शय्याको बागलुङ नगर अस्पतालले स्थापनाको तीन वर्षपछि दुई मेडिकल अधिकृतबाट आफ्नो सेवालाई थप विस्तार गरेको छ ।नगरपालिकाले २०७८ असोज ८ गते पैयुपाटा स्वास्थ्यचौकीलाई १५ शय्यामा स्तारोन्नति गरेको थियो । दरबन्दीअनुसारको चिकित्सक र उपकरणको अभाव खेप्दै आएको अस्पतालले हालै एक्सरे र भिडियो...

आइसिसी विश्वकप क्रिकेट लिग–२ : युएईविरुद्ध नेपालले ब्याटिङ गर्दै

काठमाडौँ,  आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध एकदिवसीय शृङ्खालको अन्तिम खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।दुबईस्थित आइसिसी एकेडेमीमा भर्खरै भएको टसमा युएईका कप्तान आलिशान शराफुले टस जितेर पहिला फिल्डिङ रोजेका छन् । यसँसगै नेपालले पहिला ब्याटिङको...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९