ईङल्याण्डविरुद्धको टेस्ट सिरिजको दुई खेलका लागि भारतीय टिमको घोषणा

काठमाडौँ । भारतले ईङल्याण्डविरुद्धको ५ टेस्ट सिरिजको पहिलो दुई खेलका लागि टिमको घोषणा गरेको छ ।बीसीसीआईले शुक्रबार राति नै टोली घोषणा गरेको हो ।टेस्ट टिममा ध्रुव जुरेल र फास्ट बलर आवेश खानलाई स्थान दिइएको छ ।२५ जनवरीबाट सुरु हुने यो सिरिज विश्व टेस्ट च्याम्पियनसिप २०२३-२५ को दृष्टिकोणले महत्त्वपूर्ण रहेको छ । भारतीय टोलीले यो सिजन आफ्नो पहिलो घरेलु सिरिज खेल्दैछ ।

 

यसअघि भारतले घरेलु मैदानमा वेस्ट इन्डिजलाई १–० ले हराएको थियो भने दक्षिण अफ्रिकासँगको दुई खेलको सिरिज १–१ को बराबरीमा सकिएको थियो  सिरिजको पहिलो खेल २५ जनवरीबाट हैदरावादमा हुनेछ । त्यसपछि दोस्रो टेस्ट फेब्रुअरी २ गते विशाखापट्टनममा, तेस्रो टेस्ट फेब्रुअरी १५ गते राजकोटमा, चौथो टेस्ट फेब्रुअरी २३ गते राँचीमा र पाँचौं टेस्ट मार्च ७ गते धर्मशालामा खेलिनेछ । ।

 

 

भारतीय टिम: रोहित शर्मा (कप्तान), शुभमन गिल, यशस्वी जैसवाल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), केएस भरत (विकेटकिपर), ध्रुव जुरेल (विकेटकिपर), रविचन्द्रन अश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, मोहम्मद यादव, मुकेश कुमार, जसप्रित बुमराह (उपकप्तान) र आवेश खान ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१