तीन जना आइटीविद्ले ल्याए प्रविधिमैत्री ‘फेस्ट इआरपि केन्द्रीकृत शिक्षा व्यवस्थापन प्रणाली‘

काठमाडौं । यो विज्ञान र प्रविधिको युग हो। प्रविधिले संसारलाई एक गाउँ जस्तो बनाइदिएको छ । कामलाई छिटो छरितो पारिदिएको छ। सबै क्षेत्रमा प्रविधिको प्रयोग हुँदा शिक्षा क्षेत्र त्यसबाट अछुतो रहने कुरै भएन। अहिले त झनै प्रविधिमैत्री शिक्षाको आवाज चर्को रुपमा उठिरहेको छ। नेपालमा पनि थुप्रै शैक्षिक संस्थामा विभिन्न प्रविधिको प्रयोग गरेर अध्ययन/अध्यापन गराउन थालिएको छ। बाउ–बाजेको पालामा सहज र सुलभ रुपमा कापी–कलम पाउन मुस्किल हुने हुन्थ्यो । अहिले समय फेरिएको छ। नेपालमै पनि थुप्रै शैक्षिक प्रविधिमैत्री एपहरु निर्माण भइरहेका छन्। तीनै मध्येको एक हो फेस्ट इआरपी कम्प्लिट स्कुल म्यानेजमेन्ट सिस्टम।फ्युचर एजुकेसन अफ साइन्स एण्ड टेक्नोलोजी कम्पनीले उक्त शैक्षिक व्यवस्थापन प्रणाली बजारमा ल्याएको हो। प्रविधिमैत्री र समय सापेक्ष शिक्षामा जोड् दिँदै नवीन सोचका साथ यो एप निर्माण गरिएको कम्पनीका अध्यक्ष धिरेन्द्र चन्द सोडारी बताउँछन्। ‘विज्ञान र प्रविधि क्षेत्रमा रोजगारी सिर्जना गर्नुको लागि, विशेष गरी नेपालमा नै अध्ययन गरेर नेपालमै बसरे अन्तराष्ट्रिय स्तरको सफ्टवेयर सिस्टम बनाउनु सकिन्छ भनेर कलेज पढ्दा पढ्दै  हामीले २०७४ सालमा तीन जना साथिहरु मिलेर आइटि कम्पनी सञ्चालनमा ल्याएका हौं। इन्जिनियर विक्की महत, पावन प्रशाद भट्टले मिलेर शिक्षा क्षेत्रमा प्रविधिमैत्री क्रान्ति गर्ने सोचका साथ यो सिस्टम सञ्चालनमा ल्याइएको हो,’ सोडारी भन्छन्।

 

६ वर्षको अवधिमा सोडारीको टिमले शैक्षिक व्यवस्थापन प्रणाली कसरी निर्माण गर्नेु सकिन्छ भनेर विभिन्न विद्यालयमा अवलोकन गरेर, आफै अध्यायपन गराएर अनुसन्धान गरेर र शिक्षा क्षेत्रमा काम गर्ने शिक्षाविद्हरु लगायत सँग सुझाव सल्लाह लिएर काम गर्यो। अध्ययन पश्चात ठूलो सफलता पनि हासिल गरिसकेको छ। अहिले उनको टिमले निर्माण गरेको शैक्षिक प्रणाली सात वटै प्रदेशका विभिन्न शैक्षिक संस्थाहरूमा लागू भएको छ। स्कुल कलेज क्याम्पस र विश्वविद्यालयहरुको लागि अति उपयोगि क्लाउड पद्धतिमा आधारित नेपालमा तयार गरिएको अन्तराष्ट्रिय स्तरको शैक्षिक प्रवद्धन सुचना भरपर्दो तथा गुणस्तरीय वेब ऐप्लीकेशन हो । बौद्धिक प्रतिस्पर्धाको युगमा शिक्षाको विकासका निम्ति जोड्नु यो सिस्टम विकास गरिएको हो । यो प्रविधिले सिंगो राज्यको सबै शिक्षण प्रतिष्ठानहरु एउटै मंचमा ल्याएर अनुगमन, नियमन र नियन्त्रण गर्न सकिन्छ ।

 

‘यो शैक्षिक प्रणाली निकै लाभदायक छ। यसको प्रयोग गरेर एकै पटकमा शैक्षिक संघ–संस्थाका गतिविधिहरु हेर्न सकिन्छ। स्थानीय, प्रदेश र केन्द्र सरकारले यो प्रणालीको प्रयोग गरेर आफ्ना मातहतका शैक्षिक संघ–संस्थाहरूको दैनिक, साप्ताहिक, मासिक वा वार्षिक गतिविधि आफू बसेकै ठाउँबाट हेर्न सक्छ,’ सोडारीले भने। शैक्षिक क्षेत्रमा भइरहेको यावत समस्याहरूको समाधान डिजिटल माध्यमबाट होस् भन्ने उद्देश्यका साथ यो प्रविधिको निर्माण गरिएको र यसको महत्व बुझ्न सके शैक्षिक संस्थाहरूले विभिन्न लाभ लिन सक्ने उनको दाबी छ। ‘हामीले निर्माण गरेको प्रविधिको प्रयोग गरेर एकै ठाउँबाट थुप्रै सेवा लिन सकिन्छ। विद्यार्थीको भर्ना रेकर्ड, नतिजा प्रकाशन तथा व्यवस्थापन, शुल्क व्यवस्थापन, पुस्तकालय व्यवस्थापन, भुक्तानी गर्नुका साथै बक्यौंता बारे जानकारी, मोबाइल एसएमएसका माध्यमबाट विभिन्न सूचनाको जानकारी प्रदान, सर्टिफिकेट/आइकार्ड निर्माण गर्न सकिने, शिक्षक, विद्यार्थी र कर्मचारीको अटोमेसनद्वारा हाजिर व्यवस्थापन, लर्निङ म्यानेजमेन्ट सिस्टम, मल्टि ब्रान्च सिस्टम, रिसेप्सन म्यानेजमेन्ट सिस्टम, विदा व्यवस्थापन प्रणाली, अनलाइन शुल्क व्यवस्थापन प्रणाली, कर्मचारीको तालिम व्यवस्थापन, ई–लाइब्रेरि म्यानेजमेन्ट, कर्मचारी तलब भुक्तानी, लेखा व्यवस्थापन प्रणाली, होस्टेल म्यानेजमेन्ट, क्यान्टिन म्यानेजमेन्ट, भेइकल ट्रयाकिङ सिस्टम, इन्भेन्ट्री म्यानेजमेन्ट सिस्टम अन्य विविध विवरणलगायत सेवा एकै ठाउँबाट लिन सकिन्छ,’ उनले भने। शिक्षकहरूले सहजरुपमै यस प्रविधिका माध्यमबाट होमर्क दिन सक्ने र जाच्न सक्ने सेवासमेत रहेको उनी बताउँछन्।

 

शिक्षक, विद्यार्थी, अभिभावक र विद्यालय सञ्चालकहरूको लगइन सिस्टम निर्माण गर्दै उनीहरू त्यसका माध्यमबाट आफूअन्र्तगतका जिम्मेवारी सहजै हेर्न सक्ने छन्। त्यसका अलावा उनीहरूले आफूले निर्वाह गर्नुपर्ने दायित्वको स्मरण गर्दै त्यसलाई पुरा गर्न सकिने सोडारीले बताए। यसका अलावा अन्य थुप्रै फिचरको प्रयोग गरेर सेवाहरू लिन सकिने उनको भनाइ छ। ‘आफ्नो बच्चाले समयमा गृहकार्य गरेको छ कि छैन। स्कुलमा पुग्यो कि पुगेन। कतै जाममा परेको त छैन। केही समस्यामा फसेको त छैन। शिक्षकले होमर्क दिएको छन् वा छैनन्। विद्यालयमा शिक्षा सिकाइ कस्तो छ। शुल्क बुझाउने समय र बुझाउनु पर्ने रकम कति छ? यी विविध विषयमा अभिभावकले एपको प्रयोग गरेर घरबाटै हेर्न सक्नु हुनेछ। र, शुल्क पनि घरबाटै बुझाउन सकिने छ। विद्यालयले पनि प्रत्येक अभिभावकलाई भेटेर बुझाइ राख्नु पदर्नै। यसले सबैको समय व्यवस्थापन हुन्छ,’ उनले भने।

 

स्कुलमा कति शिक्षक आए, कति विद्यार्थी आए, कुन कक्षामा कुन विषयको पठाइ भइरहेको छ? विश्वमा कुन कलेजमा कुन कोर्ष पढाइरहेका छन  लगायत विषयको जानकारी पनि यस प्रणालीका माध्यमबाट लिन सकिन्छ। विद्यार्थीहरू कक्षामा अनुपस्थित भएमा तत्कालै अभिभावकलाई मोबाइलमा म्यासेज जाने सोडारीको भनाइ छ। यसरी शिक्षक र अभिभावकका बीचमा सहजरुपमा शैक्षिक गतिविधिबारे सम्वाद गर्न सकिने गरि प्रविधि निर्माण गरिएको छ। स्कुल वा कलेजले यो सिस्टम लिएर आफ्नै सिस्टम निर्माण गर्न सक्छन्। ‘सिस्टम निकै प्रभावकारी रहेको भन्दै मेचीदेखि महाकालीसम्मका शैक्षिक संस्थाले सन्तुष्टि जनाइरहेका छन्। हामीसँग जोडिएका कुनै पनि संस्था अहिलेसम्म बाहिरिनु भएको छैन,’ उनले भने, ‘स्कुलको चाहना अनुसार पनि हामीले यो सिस्टम अपडेट गरिदिन सक्छौं।’ यस सँगसँगै प्रविधिमैत्री शिक्षा प्रदानका लागि रि–डिफाइन स्टिम एजुकेसन आर्टिफिशियल इन्टेलिजेन्स, रोबटिक्स, स्याटेलाइट, टेलिस्कोप, थ्रीडि प्रिन्टरका साथै एआर र भिआर लगायतका तालिम पनि देशैभर यी कार्यक्रम सञ्चालन गरिरहेको उनी बताउँछन्।

 

सोडारीले शिक्षामा थप सुधारका लागि संस्कार, संस्कृति, सम्पदा, नैतिकता, कला, पर्यटन, मूर्तिकलामा पनि जोड् दिएर तालिम प्रदान गरिरहेको बताए। उनले विभिन्न भाषामा पनि प्रविधिको प्रयोगका लागि एप निर्माण गरिने जानकारी दिए। यतिबेला प्रविधिको विस्तार देशभित्रका साथै अन्तर्राष्ट्रिय स्तरमा पनि थालिएको उनी बताउँछन्। ‘फेस्टले बनाएको सिस्टम र एपको प्रयोग चीन, साउथ अफ्रिका, भारत र भुटानमा पनि प्रयोग भइरहेको छ। यसको विस्तार अन्य देशमा पनि गर्ने सोचमा हामी छौं,’ उनले भने। नेपालको मौलिक शिक्षा पद्धतिमा आधारित रहेर पनि यो सिस्टम निर्माण गरिएको छ । यो सिस्टम आधुनिक गुरुकुलिय प्रणाली अनुसार पनि तयार गरिएको छ ।

 

साथै फेस्ट इआरपि केन्द्रीकृत शिक्षा व्यवस्थापन प्रणाली संघ, प्रदेश र स्थानीय सरकार मातहतमा रहेको शिक्षा विभागले आफ्नो मातहतमा भएका सम्पूर्ण शैक्षिक संस्थामा हुने गतिविधिहरुलाई यस प्रविधिका माध्यमबाट अनुगमन, नियन्त्रण र मार्ग निर्देशन प्रदान गर्न सक्ने छन्। यसैका माध्यमबाट गुणस्तरीय शिक्षा प्रदानका तालिम पनि प्रदान गर्न सकिने छ। ‘सम्बन्धीत सरकारको शिक्षा शाखाकाद्वारा कार्यालयमै बसेर अनुगमन गर्न सकिने छ। विद्यालयको प्रधानाध्यपकले आफ्नो मातहतका शिक्षक तथा कर्मचारिलाई कार्यसम्पादन मुल्याङ्न गर्न सकिने छ। कार्यसम्पादन मूल्याङ्नको आधारमा शिक्षक तथा कर्मचारीहरुलाई दिइने सुविधा थपघट (पुरुस्कार/दण्ड) मा शैक्षिक शाखाद्वारा निति निर्माण गराइ आफ्नो विद्यालयको शैक्षिक सुधारका लागि गर्न सकिने क्रान्तिकारी एवम ऐतिहासिक पहलकदमीको ढाँचा हाम्रो प्रणालीमा छ’, सोडारीले भने। उनले यसको विस्तारमा गुणस्तरीयतामा सधैँ आफ्नो ध्यान केन्द्रित हुने बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

एउटै वडामा पाँच जलविद्युत् आयोजना निर्माण

म्याग्दी,  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन र १७३ दशमलव १४ मेगावाटका दुई वटा आयोजना निर्माणको प्रक्रियामा छन् ।   अन्नपूर्ण–४ का वडाध्यक्ष...

विश्व शान्ति प्रार्थना महोत्सव २०२५ भुटानको थिम्पूमा प्रधानमन्त्री सेरिङ तोब्गेको उपस्थितिमा सुरु

थिम्पू(भुटान), भुटानका प्रधानमन्त्री सेरिङ तोब्गेको उपस्थितीमा विश्वव्यापी शान्ति प्रार्थना महोउत्सव २०२५ मङ्गलबार भुटानको थिम्फु स्थित चाङ्लिमिथाङ स्टेडियममा सुरु भएको छ ।यस पर्वले नोभेम्बर ४–१७ सम्म विश्वभरका बौद्ध नेताहरू, र शान्ति समर्थकहरूलाई एकसाथ ल्याउने १३ दिने ऐतिहासिक आध्यात्मिक जमघटको सुरुवात गर्ने जनाइएको छ ।यसले द्वन्द्व...

नेप्से परिसूचकमा २७ अङ्कको गिरावट

काठमाडौँ,  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ६४ अङ्कले घटेर दुई हजार ५९५ दशमलव २४ को विन्दुमा कायम भएको छ । आज नेप्से परिसूचक एक दशमलव ०५ प्रतिशतले घटेको हो ।आज ३२२ कम्पनीको एक करोड तीन लाख ४३ हजार ८९८ कित्ता शेयर ४६...

दक्षिण कोरियाद्वारा एआई लगानी तीन गुणा र रक्षा बजेटमा ऐतिहासिक वृद्धि गर्ने घोषणा

सियोल, दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले आगामी वर्षका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा तीन गुणा लगानी र छ वर्षकै सबैभन्दा ठूलो रक्षा बजेट वृद्धि गर्ने योजना सार्वजनिक गर्नुभएको छ । उहाँले मङ्गलबार संसद्मा प्रस्तुत गर्नुभएको वार्षिक बजेट सम्बोधनमा राष्ट्रलाई ‘एआई युगको नेतृत्व गर्ने दिशातर्फ...

दक्षिण कोरियाद्वारा एआई लगानी तीन गुणा र रक्षा बजेटमा ऐतिहासिक वृद्धि गर्ने घोषणा

सियोल, दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले आगामी वर्षका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा तीन गुणा लगानी र छ वर्षकै सबैभन्दा ठूलो रक्षा बजेट वृद्धि गर्ने योजना सार्वजनिक गर्नुभएको छ । उहाँले मङ्गलबार संसद्मा प्रस्तुत गर्नुभएको वार्षिक बजेट सम्बोधनमा राष्ट्रलाई ‘एआई युगको नेतृत्व गर्ने दिशातर्फ...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ २५ पैसा र...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विपन्न वर्गका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

भोजपुर,  समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।यसअघि भूकम्पले जीर्ण भएको विद्यालय भवन निर्माणका निम्ति उहाँले आर्थिक सहयोग गर्नुभएको थियोभने जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि रु ११...

पन्ध्र शय्याको बागलुङ नगर अस्पतालमा दुई मेडिकल अधिकृत

गलकोट (बागलुङ),  पन्ध्र शय्याको बागलुङ नगर अस्पतालले स्थापनाको तीन वर्षपछि दुई मेडिकल अधिकृतबाट आफ्नो सेवालाई थप विस्तार गरेको छ ।नगरपालिकाले २०७८ असोज ८ गते पैयुपाटा स्वास्थ्यचौकीलाई १५ शय्यामा स्तारोन्नति गरेको थियो । दरबन्दीअनुसारको चिकित्सक र उपकरणको अभाव खेप्दै आएको अस्पतालले हालै एक्सरे र भिडियो...

बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढी बजारलाई  

कैलाली। कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।   निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९