
काठमाडौँ। आजदेखि शुरु भएको पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा राशिद खानले शतक प्रहार गरेका छन् ।नेपाल पुलिस क्लबबाट खेलिरहेका राशिदले बागमती प्रदेशविरुद्ध १०६ रन अविजित बनाउदै शानदार ब्याटिंग गरेका हुन् ।राशिदको शतक तथा आरिफ सेखको ५७ रनको मद्धतले पुलिसले बागमती प्रदेशलाई २८३ रनको लक्ष्य दिएको छ ।टस जितेर पहिला ब्याटिंग गरेको पुलिसले ५० ओभरमा ८ विकेट गुमाएर २८२ रन बनाएको हो ।