सरकार यति धेरै कमजोर भइसकेको छ कि कमजोरी चर्चा गर्ने ठाउँ नै छैन : शंकर पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई स्थिरता र विकास तर्फ लैजाने हो भने धेरै दल होइन बलियो राष्ट्रिय शक्ति आवश्यक पर्ने बताएका छन् । आइतबार प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले देशको स्वतन्त्रता, स्वाभिमान, सामाजिक न्याय, विकास र राष्ट्रिय हितको लागि काम गर्ने राष्ट्रिय शक्ति आज आवश्यक रहेको बताए ।नेकपा एमाले यी काम गर्न सक्ने पार्टी भएकोले एमालेलाई राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्नुपर्नेमा पोखरेलले जोड दिए ।  अहिलेको हङ पार्लियामेन्टमा समीकरणको जोड घटाउ गर्दा सरकामा पुग्न सक्ने स्थिति भएको भए पनि एमाले त्यसमा नलागेको उनले बताए ।

 

 

 

एमाले मुलुकमा स्थायित्व, स्थिरता र विकासको लागि नयाँ ढङ्गले जानुपर्छ भन्ने पक्षमा रहेको पोखरेलले प्रष्ट पारे । ‘नेकपा एमाले अस्थिरताको खेलमा सामेल हुन चाहँदैन’, पोखरेलले भने । अहिले गठबन्धन सरकारको कारण सर्वत्र निराशा छाएको भदै पोखरेलले चिन्ता व्यक्त गरे ।  युवाको विदेश पलायनको क्रम यस वर्ष इतिहासकै सबैभन्दा बढी भएको उनले बताए । रोजगारीका नाममा होस् वा शिक्षाको नाममा यति धरै युवा बिदेसिँदा देश बनाउन युवाको अभाव झेल्नु पर्ने स्थिति उत्पन्न भएको पोखरेलको निष्कर्ष छ । ‘यो सरकाले आफूले त गर्न सकेन सकेन, भविष्यलाई समेत अन्धकारमा पार्ने हिसाबले जनतामा निराशा पैदा गर्ने जुन काम गरेको छ त्यो कामलाई बदल्नु पर्दछ, नयाँ आशा जागृत गराउनु पर्दछ’, पोखरेलले भने, ‘नेपालीहरूले नै नेपाल बनाउने हो भन्ने मान्यतालाई स्थापित गर्नको लागि, भविष्यलाई सुरक्षित गर्नको लागि हामीले बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने संकल्प गर्ने तर्फ अगाडि बढ्नु पर्दछ ।’

 

 

वर्तमान गठबन्धन सरकारको कमी कमजोरी चर्चा गर्नु पर्ने विषय नै नभएको उहाँले बताउनुभयो । ‘सरकार यति धेरै कमजोर भइसकेको छ कि कमजोरी चर्चा गर्ने ठाउँ नै छैन’, उनले भने ।  सरकारकै कारण व्यवसायीहरू नेपालका लगानी गर्न तयार नरहेका उनले बताउनुभयो । सरकारको विकास विरोधी क्रियाकलाप, सरकारको अयोग्यता तथा नालायकीपनका कारण देशमा लगानीको वातावरण नभएको उनले पारे । सरकारको विकार विरोधी क्रियाकलाप र तस्कर तन्त्रको सामान्य आलोचना गरेर हुने स्थिति नरहेको पोखरेलको धारणा छ । यसको जबरजस्त प्रतिवाद गर्नुपर्ने बेला आएको उनले बताए । ‘अब सडक आन्दोलनमा जानु पर्ने स्थिति उत्पन्न भयो भन्ने खालको बुझाइमा छौँ, हामी निकट भविष्यमा सरकारको अकर्मण्यताको विरुद्ध जनपरिचालन गर्ने योजनाका साथ अघि बढ्दै छौँ’, उनले भने ।

 

 

 

अहिले नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थलको रूपमा नेपाललाई विकास गर्ने जोखिम बढ्दै गएको भन्दै पोखरेलले चिन्ता व्यक्त गरे । भारत र चीनलाई मिल्न नदिने त्यसको लागि नेपाली भूमि प्रयोग गर्ने षडयन्त्रमा केही शक्ति राष्ट्र लागेको पोखरेलको भनाइ छ । एसियालाई विश्व अर्थतन्त्रमा अघि बढ्न नदिन यस किसिमका षडयन्त्र भएका उनले बताए । विश्वका महाशक्तिहरू एसियाभित्र द्वन्द्व सिर्जना त्यसको लाग लिने योजना अनुसार लागेका पोखरेलले बताए ।‘भारत र चीनलाई मिल्न नदिने, नेपाल भूमिलाई त्यो रणनीति द्वन्द्वको क्रिडास्थलको रूपमा प्रयोग गर्ने योजना अन्तर्गत नेपालका बलियो राष्ट्रिय शक्ति बन्न नदिने, अस्थिरता सिर्जना गरिरहने खालका क्रियाकलाप पछिल्लो समय बढेर गएका छन्’, उनले भने ।

 

 

अहिलेका नेपालका प्रधानमन्त्री विदेश जाँदा मुलुकको हितका निम्ति के काम गर्छन् भन्दा पनि के गुमाउने हो भन्ने चिन्ताको स्थिति रहेको उनले बताए । जताको सरकार प्रति यति ठुलो अविश्वास बढ्नु दुखद् कुरा भएको पोखरेलले बताए ।विकास निर्माणका हिसाबले यति अयोग्य सरकार नेपालको इतिहासमा नै नरहेको उनले बताए । निर्माण व्यवसायीले गरेको कामको पैसा समेत नपाउने स्थिति रहेको पोखरेलले सुनाए । सरकारको गलत नीतिको कारण यस्तो अवस्था आएको पोखरेलको भनाइ छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दश वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

म्याग्दी,  बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालयले मङ्गलबार समिर र यास्मिनलाई आमा मनिरजा बेगमका नामबाट नागरिकता उपलब्ध गराएको हो । नागरिकताका लागि समीरले ११ वर्ष र यास्मिनले आठ वर्षअघि प्रशासनदेखि...

बर्दगोरिया–३ मा लागुऔषध दुर्व्यसन तथा आगलागी नियन्त्रणका लागि वडास्तरीय आमभेला सम्पन्न

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. ३ मा बढ्दो लागुऔषध दुर्व्यसन तथा यस वडामा पटक–पटक भइरहेका आगलागीका घटनालाई नियन्त्रण र न्यूनीकरण गर्ने उद्देश्यले सल्लाह–सुझाव संकलनका लागि आज बुधबार वडास्तरीय आमभेला सम्पन्न भएको छ।   वडा कार्यालयको प्राङ्गणमा आयोजित उक्त आमभेलाको सभाध्यक्षता वडा अध्यक्ष मनऋषी...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४७ रुपैयाँ २ पैसा निर्धारण गरिएको छ ।   यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ५१ पैसा र बिक्रीदर...

राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

न्युयोर्क, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणा माथि खेद जनाउदै चिन्ता व्यक्त गर्नु भएको छ । विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्तिरक्षा बजेटमा...

मुस्ताङमा असी प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

मुस्ताङ, आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन प्रहरी भर्ना आवेदन माग गरिएकामध्ये यहाँ ८० प्रतिशत जिल्ला बाहिरका रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार हिमाली क्षेत्रको प्रतिकूल मौसमका बाबजुद जिल्ला बाहिरबाट उल्लेख्य सङ्ख्यामा युवायुवती निर्वाचन प्रहरीमा भर्ना हुन आएका छन्...

देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, तराईमा हुस्सु लाग्ने

काठमाडौँ, हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ । हाल कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ भने देशका बाँकी भागमा मौसम...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

निसीखोलामा पुतली नाचको रौनक

ढोरपाटन (बागलुङ),  हरेक वर्ष माघ ३ गते नाच्ने गरिन्छ पुतली नाच । पुतली नाचका लागि माघ २ गते साँझदेखि नै भल्कोट गाउँमा स्थानीयको चहलपहल हुने गर्छ । बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोट गाउँमा प्रचलनमा रहेको यो नाच सयौँ वर्ष पुरानो मानिन्छ । बाइसेचौबीसे राजाको पालादेखि...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षितः दुई दर्जन योजना अलपत्र

काँक्रेविहार (सुर्खेत),  चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता आधारमा स्रोत सुनिश्चित गरेको जनाएको छ । चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १०९ वटा आयोजनाको स्रोत सुनिश्चितका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा बिल पठाए पनि हालसम्मा ८५ वटा...

बर्दगोरिया–३ मा नशाखोरी र आगलागीको जोखिम बढेपछि वडास्तरीय भेला

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा बढ्दो लागु पदार्थ दुव्र्यसन तथा पटक–पटक भइरहेका आगलागीका घटनालाई नियन्त्रण र न्यूनीकरण गर्ने उद्देश्यले वडास्तरीय भेला आयोजना गरिने भएको छ।   वडा क्षेत्रमा लागु पदार्थ सेवनका कारण सामाजिक समस्या बढ्दै जानुका साथै गाउँटोलमा आगलागीका घटना दोहोरिन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

भारतीय सहयोगमा विद्यालय भवन निर्माण

गाईघाट (उदयपुर), भारत सरकारको सहयोगमा त्रियुगा नगरपालिका–१० बोक्सेमा बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ । तीन तलको २४ कोठे उक्त भवन निर्माणका निम्ति नेपालस्थित भारतीय राजदूतावासले रु चार करोड ८७ लाख प्रदान गरेको विद्यालयका प्राचार्य जङ्गबहादुर खड्काले राससलाई जानकारी दिनुभयो । नवनिर्मित भवनमा...

वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

काठमाडौँ,  वीर अस्पतालमा आकस्मिक कक्ष (शय्या) विस्तार गरिएको  छ । अस्पतालका निर्देशक डा दिलीप शर्माले विरामीको चापलाई ध्यानमा राखेर २५ वटा आकस्मिक कक्ष विस्तार गरिएको जानकारी दिनुभयो । यसअघि तीस आकस्मिक कक्षबाट अस्पताल सञ्चालनमा  थियो । “अस्पतालमा एउटै कक्षमा दुई दुई बिरामी राखेर उपचार गर्नुपर्ने...

गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

कीर्तिपुर (काठमाडौँ), क्रिकेट सामग्री उत्पादनमा प्रख्यात भारतीय कम्पनी एस जीले नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एक वर्षका लागि सम्पूर्ण क्रिकेट सामग्री उपलब्ध गराउने भएको छ ।राजधानीलगायत देशका विभिन्न भागमा क्रिकेट सामग्री बिक्री वितरण गर्दै आएको हिमालयन विल्लोको सहजीकरणमा यो प्रायोजन भएको हो ।...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९