इन्डोनेसियामाथि इराक ३-१ ले विजयी

काठमाडौँ । एशियन कप अन्तर्गत इराकले विजयी शुरुवात गरेको छ ।सोमबार राति सम्पन्न समुह डी अन्तर्गतको खेलमा इराकले इन्डोनेसियामाथि ३-१ को जित हासिल गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।इराकको जितमा मोहमद अली, ओसामा राशिद र आयमेन हुसैनले एक एक गोल गरेका थिए । त्यस्तै इन्डोनेसियाका लागि मार्सेलिनो फेरडिनानले एक गोल गरेका थिए ।यो जितपछि समुह डी मा इराकले महत्वपूर्ण ३ अंक हासिल गरेको छ । समुह डी मा जापान र इराकले आफ्नो पहिलो खेल जितेका छन् भने भियतनाम र इन्डोनेसियाले आफ्नो पहिलो खेलमा हार बेहोरेका छन् ।अब इराकले अर्को खेल शुक्रबार जापानको सामना गर्ने छ भने भियतनामले इन्डोनेसियासँग शुक्रबारनै खेल्ने तालिका रहेको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१