काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक बस्दैछ ।पार्टीको आर्थिक र प्रशासनिक नियमावली, विभागीय नियमावली, विभागहरूको कार्यप्रगति विवरण लगायतका विषयमा छलफल गर्न सो बैठक बस्न लागेको हो । महामन्त्री मुकुल ढकालका अनुसार बैठकमा मुलुकका २१ ठुला विकास आयोजनामा पदयात्राका विषयमा पनि छलफल हुने र सो पदयात्रामा जाने नेताहरूको कार्यबिभाजन पनि गरिने छ ।
काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४८ रुपैयाँ तीन पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ४१ पैसा र बिक्रीदर १७१...



























































































































































