काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक बस्दैछ ।पार्टीको आर्थिक र प्रशासनिक नियमावली, विभागीय नियमावली, विभागहरूको कार्यप्रगति विवरण लगायतका विषयमा छलफल गर्न सो बैठक बस्न लागेको हो । महामन्त्री मुकुल ढकालका अनुसार बैठकमा मुलुकका २१ ठुला विकास आयोजनामा पदयात्राका विषयमा पनि छलफल हुने र सो पदयात्रामा जाने नेताहरूको कार्यबिभाजन पनि गरिने छ ।
घोडाघोडी (कैलाली), यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उहाँका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन् । चुरे–४ स्थित मसुरी गाउँका घर्तीको परिवारलाई केही वर्ष पहिलेको भीषण पहिरोले विस्थापित बनाएपछि उनीहरुले जग्गा भाडामा लिएर घर बनाएका थिए । तर जग्गाधनीले बिचैमा...





















































































































































