ट्युनिसियामाथि नामिबियाको ऐतिहासिक जित

काठमाडौं। अफ्रिकन कपमा नामिबियाले ट्युनिसियामाथि ऐतिहासिक जित हासिल गरेको छ ।गएराती सम्पन्न समुह इ अन्तर्गतको खेलमा नामिबियाले पूर्वच्याम्पियन समेत रहेको ट्युनिसियालाई १-० गोल अन्तरले पराजित गरेको हो । यो नामिबियाको अफ्रिका कप अफ नेसन्समा अहिलेसम्मकै पहिलो जित हो ।यस खेलमा कहल्को ८८औ मिनेटमा डेओन काभेन्डजीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।समूह ई कै अर्को खेलमा मालीले दक्षिण अफ्रिकालाई २-० ले पराजित गरेको छ । समुहमा माली र नामिबिया ३-३ अंकसहित पहिलो र दोस्रो स्थानमा छन् भने ट्युनिसिया र दक्षिण अफ्रिका तेस्रो र चौथो स्थानमा रहेका छन् ।यस पटकको अफ्रिका कप अफ नेसन्समा आफ्नो पहिलो खेलमा ट्युनिसियासहित इजिप्ट, घाना, नाइजेरिया, क्यामरुन र अल्गेरिया जस्ता बलिया मानिएका देशले जित निकाल्न असफल भएका छन् ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१