वाणिज्य बैंक शिवगन्जबाट एउटाको एटिएम अर्कैले लगेर पैसा निकालेपछि …

झापा  । राष्ट्रिय वाणिज्य बैंक शिवगन्ज झापामा एक जना ग्राहकले जम्मा गरेको रकम दोस्रो व्यक्तिले झिकेको विषयले अहिले बैंकका कर्मचारीलाई तनाव दिएको छ। दुबै पक्षबीच सहमति भइसकेको विषयमा पुन: प्रचार-प्रसार भएको भन्दै बैंकले स्पष्टोक्ति दिएको छ।शिवसताक्षी नगरपापलिका वडा नम्बर ६ की आशाकुमारी राजवंशीले जम्मा गरेको रकममध्ये ३ लाख ४३ हजार रकम गौरीगञ्ज-१ देवीगडाका दिपेन्द्रकुमार राजवंशीले झिकेका थिए। उनले झिकेको रकम पीडितको खातामा स्थानीय प्रशासन, राजनीतिक दलका नेता, जनप्रतिनिधि र समाजका अगुवाको रोहवरमा ब्याजसहित फिर्ता गरेका पनि थिए।रकम फिर्ता गर्दा दुबै पक्षबीच कुनै मनमुटाव नगर्ने भन्दै हात मिलाएर गएको राष्ट्रिय बाणिज्य बैंकका शिवगञ्ज शाखा प्रमुख घनश्याम निरौलाले बताए।उनका अनुसार छलफल वाणिज्य बैंकमै भएको थियो। प्रहरी, जनप्रतिनिधि, राजनीतिक दलका स्थानीय तहका नेतासमेत सहभागी छलफलमा पीडकले पीडित समक्ष माफ मागेर गएपछि पुन: सञ्चारमाध्यममार्फत् बैंकको विश्वसनीयतामाथि शंका उत्पन्न गराइएको निरौलाले बताए।दुबै पक्षबीच मेलमिलाप भएर गएपछि पीडितले सकिएको घटनालाई लिएर सञ्चारमाध्यममार्फत् पुन: प्रचार गरे,’ निरौलाले भने।

 

यसरी भएको थियो घटना

खातावाला आशाकुमारीका श्रीमान् कृष्णकुमार राजवंशी वैदेशिक रोजगारमा थिए। उनले विदेशबाट कमाएर पठाएको रकम श्रीमतीको खातामा जम्मा हुँदै आएको थियो। विदेशबाट घर आएका बेला आफ्नो खातामा कति रकम जम्मा भइसकेको रहेछ भनेर कृष्णकुमार बैंक गएका थिए। उनलाई नगद काउन्टरबाट एक लाख ५५ हजार छ भनियो।उनले ‘कहाँ हुन्छ यति मात्र? मेरो पैसा धेरै छ’ भनेका थिए। त्यसपछि काउन्टरका कर्मचारीले पटक-पटक गरेर एटिएमबाट नगद भुक्तानी भइसकको बताए। उनले फेरि थपे, ‘मैले एटिएम लगेकै छैन, कसरी निस्कियो पैसा?’यो दोहोरो संवादपछि काउन्टरका कर्मचारी झस्किए। कर्मचारीले शाखा प्रमुख निरौलाको कार्यकक्षमा उनलाई लिएर गए। घटनाका बारेमा शाखा प्रमुखले गम्भीर चासो लिए। बैंकमा सेवाग्राहीको भिड लागेको कारण शाखा प्रमुख निरौलाले ‘अपरान्ह ४ बजेपछि तपाईंको केस हेर्छु है’ भनेर कन्भिन्स गरे। पीडित पनि ‘हुन्छ’ भन्दै घरतिर लागे।

 

यसरी पत्ता लाग्यो

शाखा प्रमुखले एटिएम नै नचलाउने ग्राहकको रकम गायब भएको विषय करिब १५ मिनेटमै पत्ता लगाए र रकम निकाल्ने गौरीगञ्जका दिपेन्द्रकुमार राजवंशीलाई बैंकबाट पहिलो पटक फोन गरे। उनले एटिएम साटिएछ भन्दै तुरुन्त बैंकमा आउन आग्रह गरे। यतिबेला ४:१५ भएको थियो।फोनमा उनले पैसा निकालेको मिति र रकमबाहेक अरू कुरा भनेनन्। शाखा प्रमुखले सोधेको प्रश्नमा उनले सही जवाफ दिएका थिए। जुन कुरा बैंकको स्टेटमेन्टसँग मिल्थ्यो। शाखा प्रमुखले फोनमा भन्दा दिपेन्द्रले ५ बजेसम्ममा ‘म बैंकमा आउँछु’ भनेका थिए। तर उनी आएनन्। उनी बैंकमा नआएपछि शाखा प्रमुख झन् आत्तिए।

 

 

तोकिएको समयमा नआएपछि पुन: फोन गरे। ‘सर मेरो आउने साधन छैन, म भोलि आउँछु’ भने। पहिलो पटक आउँछु र दोस्रोपटक आज आउन भ्याइनँ भनेपछि शाखा प्रमुखले इलाका प्रहरी कार्यालय शिवगञ्जमा खबर गरे। उनी प्रहरी लिएर गौरीगञ्जस्थित राजवंशीको घरतिर हुइँकिए।शिवगञ्जको प्रहरी टोलीले ‘पछि केही पर्न सक्छ’ भनेर प्रहरी चौकी कुन्जीबारीको टोलीलाई पनि तैनाथ रहन आग्रह गरेको थियो। उक्त टोली पनि साथैमा राजवंशीको घर गयो। राति करिब ८ बजे गाउँमा सोध्दै प्रहरीसहितको टोली राजवंशीको घरमा पुगेको थियो।

 

कहिलेदेखि निस्कियो रकम?

दिपेन्द्र राजवंशीले २०८० असोज ३ गतेदेखि २०८० कात्तिक १७ गतेसम्म पटक-पटक गरेर ३ लाख ४३ हजार रुपैयाँ निकालेका थिए। कुनै दिन त पाँच पटकसम्म रकम निकालेका थिए। एकै दिन धेरै पटक रकम निकाल्दा चाहिँ दिपेन्द्रलाई यो रकम आफ्नो होइन भन्ने कुराको हेक्का हुनुपर्ने थियो।दिपेन्द्रले अघिल्लो दिन र भोलिपल्ट पनि रकम निकालेका छन्। यसरी सरसर्ती हेर्दा छोराले पठाएको रकम हो/होइन भन्ने कुरा उनलाई राम्ररी थाहा भएको हुन सक्ने बैंकले जनाएको छ।

 

एउटाको एटिएम अर्कैलाई

आशाकुमारी राजवंशीको एटिएम दिपेन्द्रकुमार राजवंशीकोमा परेछ। दोस्रो व्यक्तिले एटिएम लगेको हुँदा रकम भुक्तानी भएको पाइएको निरौला बताउँछन्। यो घटनामा दिपेन्द्रकुमारले जानाजान रकम झिकेको हो वा होइन दैव जानुन्। तर, प्रहरी र बैंकका शाखा प्रमुख घनश्याम निरौलाका अगाडि उनले भूलवश रकम निकालेको बताए।‘मेरो छोरा वैदेशिक रोजगारका लागि रोमानियामा छ। उसैले रकम पठायो भन्ने भयो र आवश्यकता अनुसार रकम निकालें। पैसा पठाएको छ भन्थ्यो। तिरोबारोका लागि रकम निकालेको हो,’ दिपेन्द्रकुमारले बताए।‘बैंक कर्मचारीले एटिएमका लागि तयार गरेको नामावली एक्सल सिटमा तलमाथि परेको रहेछ। कपिपेष्ट गर्दा भूलवश एउटाको एटिएम अर्कोकोमा जान पुग्यो। हामीले त्यसबेलाको सिसीटिभी फुटेज हेर्‍यौं। त्यसबेला बैंकमा धेरै भिड भएकाले यो घटनालाई भूलवश भयो भन्ने हामीले ठहर गर्‍यौं। यो नियोजित पटक्कै होइन,’ शाखा प्रमुख निरौलाले भने।

 

यसरी फिर्ता गरे

बैंकका शाखा प्रमुखले राजवंशीलाई २४ घन्टाभित्र यो रकम फिर्ता गर्न उर्दी गरे। उनले ‘सर यो अवधिमा सक्दिनँ’ भने। उसो भए तीन दिनमा फिर्ता गर्न अनुरोध गरे। उनले यो समय पनि छोटो भएकाले १५ दिनको समय मागे। जनप्रतिनिधि, राजनीतिककर्मी, प्रहरीसँग १५ दिनभित्रमा रकम जम्मा गर्ने उनले प्रतिवद्धता जनाए।उनले तीन पटकमा दोस्रो व्यक्तिको खाताबाट निकालेको रकम उनकै खाताबाट जम्मा गरे। कात्तिक २४ मा १ लाख, मंसिर ४ मा १ लाख ४० हजार र मंसिर ५ मा १ लाख ३ हजार फिर्ता गरेका थिए। यो रकम उनले चलाएबापत समाजले तोकेको ७ हजार ५ हर्जना पनि जम्मा गरिदिएका थिए।

 

बैंकलाई लागेको दुख

सञ्चारमाध्यममा आएको जस्तो बैंक कर्मचारीको यो घटनामा कुनै पनि कारणले संलग्नता नभएको निरौला बताउँछन्।जसले रकम झिकेर लग्यो उसैले फिर्ता गरेको छ। बैंकका कर्मचारी र बैंकको नामबाट जम्मा भएको होइन। यो घटनालाई जोडेर केही व्यक्तिले राजनीतिक स्वार्थपूर्तिका लागि प्रहरीमा निवेदन दिन पीडितलाई बाध्य पारिएको हाम्रो बैंकको बुझाई छ,’ निरौलाले भने, ‘पीडितले इलाका प्रहरी कार्यालय झिलझिले र राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा उजुरी गरेका थिए। बैंकलाई नै विपक्षी बनाई निवेदन दिनुअगाडि घटनाका बारेमा बैकसँग बुझिदिएको भए बैंकको पनि स्पष्टताको अधिकार सुरक्षित हुनका साथै बेलैमा कुनै दु:ख हुँदैनथ्यो।’

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४८ रुपैयाँ तीन पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ४१ पैसा र बिक्रीदर १७१...

कुनै पनि डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैनः वरिष्ठतम् न्यायाधीश मल्ल

काठमाडौँ,  सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कुनै पनि डर, त्रास र धम्कीबाट न्याय सम्पादन हुन नसक्ने बताउनुभएको छ ।सर्वोच्च अदालतले आज अन्तरराष्ट्रिय महिला दिवस तथा न्यायाधीश महिला दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा वरिष्ठतम् न्यायाधीश मल्लले न्याय सम्पादन डर र त्रासमा हुन नसक्ने...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४८, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५०, आलु रातो...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

तीन महिनापछि (पोखरा–जोमसोम) हवाई सेवा सञ्चालन

मुस्ताङ,   हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत तीन महिनादेखि बन्द रहेको (पोखरा–जोमसोम¬) हवाई सेवा सोमबारदेखि सञ्चालनमा आएको छ । तर, (पोखरा–जोमसोम) हवाई सेवा सञ्चालनका लागि सोमबार तारा एयरलाइन्सको उडान र मङ्गलबार तारा एयरलाइन्स र समिट एयरलाइन्सको उडान तालिका तय गरिएको भए पनि...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

सुर्खेत— १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

कर्णाली,  सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले उहाँ निर्वाचित हुनुभएको हो । यहाँ शाहीले...

कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित

दोधारा चाँदनी (कञ्चनपुर),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहरा विजयी हुनुभएको छ । उहाँले ३३ हजार ९५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी)ले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द

गलकोट (बागलुङ),  बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा सङ्क्रमण फैलिएपछि पालिकाभरका विद्यालय बन्द गरिएको छ । ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाका बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुरा फैलिएको छ ।   यस क्षेत्रका ५० जनामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिनुका साथै २२ जनाको बुर्तिबाङ अस्पताल उपचार...

कञ्चनपुर–२ बाट नवनिर्वाचित रास्वपा नेता बोहराद्वारा महाकाली अस्पतालको निरीक्षण

दोधारा चाँदनी (कञ्चनपुर),  कञ्चनपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपक बोहराले महाकाली प्रादेशिक अस्पताल निरीक्षण गरी सेवा–सुविधाबारे जानकारी लिनुभएको छ । आज निर्वाचित भएपछि उहाँ अस्पतालको सेवा सुविधाबारे जानकारी लिन अस्पताल पुग्नुभएको थियो । उहाँलाई...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९